×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

नेपालको विपद्मा पाकिस्तानको साथ, एनआरएनएले १ करोड दिने

१४ आश्विन २०८१

१४ असोज , काठमाण्डौ ।

गएको बिहीबार रातिदेखिको भारी वर्षासँगै बाढीपहिरो र डुबानका कारण भएको जनधनको क्षतिमा सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको हो ।

सोमबार सिहंदरबारमा बसेको कार्यकारी समितिको बैठकले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद् प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौसमजन्य विपक्ष प्रभावितहरूका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले विपद्मा घरवास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने पनि निर्णय भएको उनले जानकारी दिए ।

राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने, बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानीलगायतका पूर्वाधार यथाशीघ्र सञ्चालन गरी सेवा प्रवाह सूचारु गर्न सम्बन्धित निकायले छिटो प्रक्रियाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने पनि निर्णय भएको छ ।

यता विपद्को अवस्थामा पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका हुन् ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

भारतीय सरकार र भारतीय दुतावासले भने अहिलेसम्म विपद्का विषयमा कुनै प्रतिक्रिया जनाएको छैन् । यस्तै लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, आइतबार भएको भर्चुअल बैठकमा एनआरएनए पदाधिकारीले पहिलो चरणमा तत्काल बाढीपीडितका निम्ति एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकबाट गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । समितिमा संघका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् ।

पदाधिकारीको बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपत्कालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने जनाइएको छ । अध्यक्ष डा. केसीका अनुसार, एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाप्रति बैठकबाट श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि हिजो बसेको सर्वदइि बैठकले विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णय गरेको थियो । राहत कोषमा नेपाली काग्रेसले ५० लाख दिने निर्णय गरेको छ भने सिटिजन्स बैठकले २५ लाख दिने निर्णय गरेको छ ।

भर्खरको समाचार

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top