NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म मङ्लबार पुस २९ , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके मङ्लबार पुस २९ , २०८२
तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी मङ्लबार पुस २९ , २०८२
निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता मङ्लबार पुस २९ , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके मङ्लबार पुस २९ , २०८२
Next
Prev

समाचार

नेपालको विपद्मा पाकिस्तानको साथ, एनआरएनएले १ करोड दिने

सोमवार अशोज १४ , २०८१
Reading Time: 1 min read
A A
नेपालको विपद्मा पाकिस्तानको साथ, एनआरएनएले १ करोड दिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ असोज , काठमाण्डौ ।

गएको बिहीबार रातिदेखिको भारी वर्षासँगै बाढीपहिरो र डुबानका कारण भएको जनधनको क्षतिमा सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको हो ।

सोमबार सिहंदरबारमा बसेको कार्यकारी समितिको बैठकले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद् प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौसमजन्य विपक्ष प्रभावितहरूका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले विपद्मा घरवास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने पनि निर्णय भएको उनले जानकारी दिए ।

राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने, बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानीलगायतका पूर्वाधार यथाशीघ्र सञ्चालन गरी सेवा प्रवाह सूचारु गर्न सम्बन्धित निकायले छिटो प्रक्रियाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने पनि निर्णय भएको छ ।

यता विपद्को अवस्थामा पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका हुन् ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

भारतीय सरकार र भारतीय दुतावासले भने अहिलेसम्म विपद्का विषयमा कुनै प्रतिक्रिया जनाएको छैन् । यस्तै लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, आइतबार भएको भर्चुअल बैठकमा एनआरएनए पदाधिकारीले पहिलो चरणमा तत्काल बाढीपीडितका निम्ति एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकबाट गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । समितिमा संघका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् ।

पदाधिकारीको बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपत्कालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने जनाइएको छ । अध्यक्ष डा. केसीका अनुसार, एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाप्रति बैठकबाट श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि हिजो बसेको सर्वदइि बैठकले विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णय गरेको थियो । राहत कोषमा नेपाली काग्रेसले ५० लाख दिने निर्णय गरेको छ भने सिटिजन्स बैठकले २५ लाख दिने निर्णय गरेको छ ।

Tags: #नेपालको विपद्मा पाकिस्तानको साथ#विपद्मा पाकिस्तानको साथ#बाढी पीडित

लोकप्रीय

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म

मङ्लबार पुस २९ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी

मङ्लबार पुस २९ , २०८२

विचार

थप समाचार

अन्तर्राष्ट्रिय

तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी

मङ्लबार पुस २९ , २०८२
७० हजार जेनजी मतदाता थपिए
निर्वाचन

निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता

मङ्लबार पुस २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म

मङ्लबार पुस २९ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी

मङ्लबार पुस २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.