×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

साहसिक चणिकलाललाई बागमती सरकारले सम्मान गर्ने

१४ आश्विन २०८१

१४ असोज , काठमाण्डौ ।

उर्लिदो भेलमा आफ्नो ज्यानको समेत प्रवाह नगरी नख्खु खोलाको बाढीमा बग्दै गरेका २ सर्वसाधारणलाई उद्धार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ।

Advertisement

यस्तै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सम्मान गरेका छन् । यस्तै उनलाईमहालक्ष्मी विकास बैंकले १ लाख नगदसहित सम्मान गरेको छ ।चणिकलाललाई डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा प्रदेश सरकारले गरेको छ ।

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको बताएका छन् । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए।

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागिएको बताएका छन् । यसैगरी कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् ।

सोमबार सहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन् । कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरूको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

यस्तै तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ । आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । उर्लिदो भेलमा आफ्नो ज्यानको समेत प्रवाह नगरी बाढीमा बग्दै गरेका सर्वसाधारणलाई उद्धार गरेका चणिकलालको चर्चा सर्वत्र छ ।

आइतबारै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तामाङलाई सम्मान गरेका छन्। आइतबार आफ्नै निवास खुमलटार बोलाएर प्रचण्डले चणिकलाललाई सम्मान गरेका हुन्।

चणिकलाललाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुईजनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद व्यक्त गरे। ‘संकटको वेला नै बहादुरहरूको जन्म हुन्छ,’ उनले भने, ‘तपाईंले आफू बहादुर भएको प्रमाणित गर्नुभएको छ।’

चणिकलालको चर्चा अहिले देश–विदेशमा भइरहेको भन्दै खुसी लागेको बताए। चणिकलालले शनिबार ललितपुर महानगरपालिका– २५ सुगमटोलस्थित नक्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चारजनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए। खोलाले बगाएर झन्डै तीन सय मिटर तल पु¥याएका वेला देखेपछि उर्लँदो भेलमा हामफालेर चणिकलालले दुईजनाको उद्धार गरेका थिए।

Advertisement

उद्धार गरिएका दुवैजनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ। सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर निस्किएका थिए भने उनकी चार वर्षीया छोरी सेर्तु बेपत्ता छिन्।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top