भोलि र पर्सी लगातार झरी, कहाँ छ जोखिम ?

१४ असोज ८१, मंगलबार

१५ असोज ,काठमाण्डौ।

केही दिनअघिको मनसुनी प्रकोपले निम्त्याएको विपद्बाट भएका क्षतिको पूर्ण विवरण आइनसक्दै फेरि देशका केही स्थानमा लगातारको झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसोबाटै पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन् ।

मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने बताउँछन् ।

Advertisement

उनकाअनुसार आज अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो । ‘नेपालमा अर्को केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने छ। हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ,’ उनले भनेका छन् ।

उनका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ ।

Advertisement

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

वर्षा पूर्वानुमानमा प्रयोग हुने विभिन्न मोडेलहरु छन् । बुधबारदेखि सुरु हुने वर्षाबारे युरोपियन, चाइनिज र इण्डिन मोडेलले फरक–फरक सम्भावना देखाएका छन् । ती तीनवटै मोडेलबाट हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने साझा निष्कर्ष निकाल्न सकिन्छ ।

चाइनाको मोडेलले हल्का खालको वर्षा हुने सम्भावना देखाएको छ । युरोपियन मोडेलले भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखाएको छ । भारत मौसम विज्ञान विभागले आसाम, मेघालयतिर भारी वर्षा भइरहेको देखाएको छ ।

इण्डियन स्याटेलाइट तस्वीरमा कोशी प्रदेशमा बादलको ठूलो ढिक्का आइसकेको देखिन्छ । यसको अर्थ कोशी प्रदेशमा आजैदेखि वर्षाको प्रभाव देखिन थालिसकेको छ । यसको प्रभाव काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि पनि देखिनसक्ने सम्भावना छ ।

मौसमविद्ले यो वर्षाले बुधबारदेखि कोशीदेखि गण्डकीसम्म प्रभाव पर्नसक्ने बताउँछन् । उनीहरुका अनुसार कोशी प्रदेशसहित पूर्वी नेपालमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशमा भने पानी पर्दै रोकिँदै गर्ने सम्भावना रहेको छ । यसपटक मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ । स्थानीय वायुको समेत प्रभावले केही स्थानमा भारी वर्षा पनि गराउने सम्भावना रहेको छ ।

हावापानीका अध्यता एवम् विपदविद डा. धर्मराज उप्रेतीले बुधबार यो प्रणालीको प्रभाव बढी देखिने बताए । उनका अनुसार काठमाडौं उपत्यकामा आजै अपराह्नपछि यसको असर देखिन सुरु हुने छ ।

तर सबैभन्दा बढी असर बुधबारको दिन पर्ने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यसैगरी बुधबार दिउँसो कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुधबार राति भने कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

त्यसैले महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ ।

त्यसैले सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो ।

उक्त प्रणालीले देशका २५ स्थानमा यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको थियो । बाहिरिने बेलामा मनसुन पुनः सक्रिय हुने भएको छ । नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो ।

जुन १० अर्थात् जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो । गत विहीबार देखिको बाढी÷पहिरो र डुबानका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय १७ जना पुगेको छ । पछिल्लो विवरण अनुसार अझै २८ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्माका कारण एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृहका प्रवक्ता तिवारीले जानकारी दिए ।

यस्तै सरकारले बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको बैठकले आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको सम्बन्धित निकायले जनाएका छन् । यस्तै सरकारले बाढीपहिरोबाट प्रभावितको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।

यसैगरी विपद्बाट भएको क्षतिको सम्बन्धित मन्त्रालयले आँकलन गरी तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयमा पेस गर्ने, महत्त्वपूर्ण संरचना जस्तैः खानेपानी, पुल, सडक, दूरसञ्चार, विद्युत् मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउन व्यवस्था मिलाउने सरकारको निर्णय छ ।

विपद् प्रभावित क्षेत्रमा रोग फैलिने नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामको आवश्यक उपाय अवलम्बन गर्ने र प्रभावितको उद्धार र राहतमा सहयोग समन्वय गर्न प्रदेश तथा स्थानीय सरकारका साथै निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय भएको उनले बताए ।

नदी खोला किनारमा बसोबास गरिरहेका घरपरिवार बढी प्रभावित भएकाले त्यस्ता परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न सम्बन्धित प्रदेश र स्थानीय सरकारको सहयोगमा सङ्घका सम्बन्धित मन्त्रायलले समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै सरकारले मुख्य चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सहज र व्यवस्थित रुपमा सञ्चालन गर्ने, चाडपर्वका बेला कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल राहत र उद्धारका लागि मन्त्रिपरिषद्को सदस्यको एक महिना बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top