गोविन्दालाई आफ्नै बन्दुकले गोली लाग्यो

१५ असोज ,काठमाण्डौ।

भारतीय चर्चित अभिनेता गोविन्दालाई गोली लागेको छ । उनलाई आफ्नै घरमा आफ्नै बन्दुकबाट गोली लागेको यो खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । उनलाई खुट्टामा गोली लागेपछि अस्पताल भर्ना गरिएको छ ।

आज आफ्नै निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको थियो । यो जानाजान नभएर दुर्घटनावस भएको दाबी गरिएको छ । गोविन्दा एउटा शोका लागि कोलकत्ता जान लाग्दै थिए ।

गोविन्दाकी म्यानेजर शशी सिन्हाले भनेकी छन्, ‘उहाँको लाइसेन्सहितको बन्दुक दराजमा थियो । अचानक बन्दुक भूईंमा खसेर पड्कियो । उहाँको खुट्टामा गोली लाग्यो ।’ डाक्टरहरुले गोली शरीरबाट निकालिसकेको र अहिले उनी खतरामुक्त रहेको सिन्हाले बताएकी छन् ।

मुम्बई पुलिसका अनुसार अभिनेतालाई आफ्नै लाइसेन्स प्राप्त रिभल्भरले घुँडामा गोली लागेको थियो। रिभल्भरको लक खुलेका कारण दुर्घटना भएको हो । उनले सफा गरिरहेको अवस्थामा अचानक गोली चलेको र उनको खुट्टामा लागेको प्रहरीले बताएको छ ।

त्यसपछि उनलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो । त्यहाँ उनलाई आईसीयूमा भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसका एक वरिष्ठ अधिकारीले भनेका छन् कि ६० वर्षीय अभिनेता तथा शिव सेना नेता गोविन्दालाई अक्टोबर १ मङ्गलबार बिहान ४ः४५ बजे आफ्नै रिभल्भरले खुट्टामा गोली लागेको थियो।

मिडिया रिपोर्टका अनुसार गोविन्दा आफ्नो घरबाट कोलकातामा एक कार्यक्रममा जान लागेका थिए । स्थानीय क्रिटि केयर अस्पतालमा शल्यक्रियापछि उनको खुट्टाबाट गोली निकालिएको थियो । अहिले गोविन्दाको अवस्था स्थिर रहेको बताइएको छ ।

गोविन्दाको गोली प्रकरणमा प्रहरीले घरमा उपस्थित सदस्यहरुको बयान लिने मिडिया रिपोर्टमा बताइएको छ । उनको बन्दुक पनि आफ्नो कब्जामा लिएको र, यस प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top