NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

कोशी र बागमतीमा भारी वर्षा, कीर्तिपुरमा फेरि मान्छे बगायो

बिहिबार अशोज १७ , २०८१
Reading Time: 1 min read
A A
चक्रवातको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असोज , काठमाण्डौ ।

मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौँ ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षासँगैको बाढीले बगाउँदा आज कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ । वर्षासँगै त्यहाँ ढलको पानी बाहिर आउन थालेको थियो ।

Advertisement

त्यसपछि ढल मिलाउन जाँदा बाढीले उनलाई बगाएको थियो । बाढीले बगाएर उनलाई ढलभित्र पु¥याएको थियो । उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो । कीर्तिपुरकै कीर्तिबिहारनजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् ।

प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ । महाशाखाले आज बिहान ९ बजेतिर जनाएअनुसार पछिल्लो २४ घण्टामा इलाम, मोरङ, सुनसरी जिल्लाका थोरै स्थान तथा सिन्धुपाल्चोक जिल्लाका एक÷दुई स्थानमा भारी वर्षासमेत भएको छ ।

पछिल्लो ६ घण्टामा इलामका कन्याम टी–स्टेट र सोक्तिम टी–स्टेट, झापाको दमक, मोरङका केराबारी र हरैँचा र सुनसरीको तरहरा आसपास मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौमस विज्ञान विभागले जानकारी गराएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना छ ।

नदीतटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । महाशाखाले सचेत गराउँदै अगाडि भनेको छ– आगामी २४ घण्टाका लागि गरिएको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको साथै कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

भोलि शुक्रबार पनि दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेशको पहाडी भू–भागका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै शनिबार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ ।

विमानस्थल नखुलेपछि विमानले आकाशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो ।

एयरपोर्ट खुलेपछि श्री एयरको जहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभाष झाले बताएका छन् । विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै पूर्व र मध्य क्षेत्रमा रातिदेखि नै पानी परेकाले केही नदी र खोलाहरुमा बाढी आएको छ । सुनसरीको तरहरा र मोरङको केराबारी आसपास मध्यम वर्षा भएको र थप हुने देखिएकाले सुनसरी खोला, केशलिया खोला लगायत अरु स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षासँगै देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यस दिन पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ ।

यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । उदयपुर, रामेछाप, सिन्धुली, मकवनपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।

कोशी, नारायणी, कमला, वाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै अघिल्लो हप्ताजस्तो घनघोर र अविरल वर्षाको सम्भावना नभएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् । उनकाअनुसार एकैठाउँमा लगातार पानी पर्ने सम्भावना छैन ।

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् । पर्सिदेखि भने मौसममा सुधार हुने मौसमविद् अधिकारीको भनाइ छ ।

यसैबीच गएको बिहीबारदेखि परेको अविरल वर्षापछिको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको तिवारीले बताएका छन् ।

उता लगातारको वर्षापछि अबरुद्ध सडकहरु क्रमश सुचारु हुन् थालेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा सडकमार्गका विभिन्न नाका हुँदै १० हजार ३७० सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् ।

ती सवारीसाधनमार्फत ५२ हजार २५४ यात्रु काठमाडौं उपत्यका भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ । बिहीबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको विवरणानुसार,उक्त अवधिमा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारीसाधन बाहिरिएका छन् ।

ती सवारीसाधनमार्फत ६१ हजार २८५ यात्रु उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

Tags: # जहाज होल्ड#कोशी र बागमतीमा भारी वर्षा#मौसम पूर्वानुमान महाशाखा

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.