×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोशी र बागमतीमा भारी वर्षा, कीर्तिपुरमा फेरि मान्छे बगायो

१७ आश्विन २०८१

१७ असोज , काठमाण्डौ ।

मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौँ ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement
Advertisement

वर्षासँगैको बाढीले बगाउँदा आज कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ । वर्षासँगै त्यहाँ ढलको पानी बाहिर आउन थालेको थियो ।

त्यसपछि ढल मिलाउन जाँदा बाढीले उनलाई बगाएको थियो । बाढीले बगाएर उनलाई ढलभित्र पु¥याएको थियो । उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो । कीर्तिपुरकै कीर्तिबिहारनजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् ।

प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ । महाशाखाले आज बिहान ९ बजेतिर जनाएअनुसार पछिल्लो २४ घण्टामा इलाम, मोरङ, सुनसरी जिल्लाका थोरै स्थान तथा सिन्धुपाल्चोक जिल्लाका एक÷दुई स्थानमा भारी वर्षासमेत भएको छ ।

पछिल्लो ६ घण्टामा इलामका कन्याम टी–स्टेट र सोक्तिम टी–स्टेट, झापाको दमक, मोरङका केराबारी र हरैँचा र सुनसरीको तरहरा आसपास मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौमस विज्ञान विभागले जानकारी गराएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना छ ।

नदीतटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । महाशाखाले सचेत गराउँदै अगाडि भनेको छ– आगामी २४ घण्टाका लागि गरिएको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको साथै कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

भोलि शुक्रबार पनि दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेशको पहाडी भू–भागका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै शनिबार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ ।

विमानस्थल नखुलेपछि विमानले आकाशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो ।

एयरपोर्ट खुलेपछि श्री एयरको जहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभाष झाले बताएका छन् । विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै पूर्व र मध्य क्षेत्रमा रातिदेखि नै पानी परेकाले केही नदी र खोलाहरुमा बाढी आएको छ । सुनसरीको तरहरा र मोरङको केराबारी आसपास मध्यम वर्षा भएको र थप हुने देखिएकाले सुनसरी खोला, केशलिया खोला लगायत अरु स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षासँगै देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यस दिन पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ ।

यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । उदयपुर, रामेछाप, सिन्धुली, मकवनपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।

कोशी, नारायणी, कमला, वाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै अघिल्लो हप्ताजस्तो घनघोर र अविरल वर्षाको सम्भावना नभएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् । उनकाअनुसार एकैठाउँमा लगातार पानी पर्ने सम्भावना छैन ।

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् । पर्सिदेखि भने मौसममा सुधार हुने मौसमविद् अधिकारीको भनाइ छ ।

यसैबीच गएको बिहीबारदेखि परेको अविरल वर्षापछिको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको तिवारीले बताएका छन् ।

उता लगातारको वर्षापछि अबरुद्ध सडकहरु क्रमश सुचारु हुन् थालेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा सडकमार्गका विभिन्न नाका हुँदै १० हजार ३७० सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् ।

ती सवारीसाधनमार्फत ५२ हजार २५४ यात्रु काठमाडौं उपत्यका भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ । बिहीबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको विवरणानुसार,उक्त अवधिमा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारीसाधन बाहिरिएका छन् ।

Advertisement

ती सवारीसाधनमार्फत ६१ हजार २८५ यात्रु उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top