×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

विपद्पछिको पीडामा मलम लगाउँदै स्थानीयदेखि संघसंस्थासम्म

१८ आश्विन २०८१

१८ असोज , विराटनगर ।

असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । कतिपयको बासस्थान नै बगाएको÷डुबानमा परेको छ । जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ ।

काठमाडौं उपत्यका भित्रै वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरुको ज्यान गएको छ । विपद्को यो अवस्थामा निजी क्षेत्र लगायत, विभिन्न संघ संस्था र दातृ निकायहरुबाट समेत सहयोग गर्दै आएका छन् ।

पीडितहरुलाई स्थानीयले समेत त्यतिनै सहयोग गर्दै आएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलहरुलाई बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराएको छ।

कुल १ करोड ९० लाख ७० हजार रुपैयाँबराबरको सामग्री विभागले उपलब्ध गराएको छ। ७५औँ चिनियाँ राष्ट्रिय दिसको अवसरमा विभागले काठमाडौंको एक विद्यालयमा एक कार्यक्रममाझ सहयोग उपलब्ध गराएको हो।

कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिन, नेपालका मुख्य राजनीतिक दलका प्रतिनिधि, ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसनको नेपालस्थित कार्यालयका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा नै अत्यावश्यक वस्तु र खाद्यान्न प्याकेजहरु ६० घरलाई उपलब्ध गराइएको थियो। बाढीपीडितका लागि १ हजार २ सय ४२ सेट राहत सामग्री परिचालनमा सहयोग गरेको विभागले जनाएको छ। यसमा ब्रस, मञ्जन, गम्छा, साबुन, स्यानिटरी प्याड, प्रेसर कुकर, ब्ल्यांकेट, झुल, स्लिपिङ म्याट, पानीका जार डिस्पेन्सर र मग, चामल ,तेल, दलहन लगायतका अत्यावश्यकी सामग्री उपलब्ध गराइएको विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै यूएई रेड क्रिसेन्टले बाढी र डुबानबाट प्रभावित विभिन्न ९ जिल्लाका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ। संयुक्त अरब इमिरेट्स यूएई दूताबासको सहयोग तथा नेपाल सरकारसँगको समन्वयनमा कैलाली, कंचनपुर, बाँके, बर्दिया, कपिलबस्तु, मोरङ, सुनसरी, सप्तरी र महोत्तरीका विभिन्न गाउँमा प्रभावित परिवारलाई राहत वितरण गरिएको रेड क्रिसेन्टले विज्ञप्ति मार्फत जनाएको छ ।

सेक्टेम्बर महिना भरी पीडित बनेका परिवारका लागि २० हजार थोक खाद्यान्न, ७ हजार ३ सय मेडिकल किट, ४ हजार २ सय ३६ त्रिपाल वितरण गरिएको संस्थाले जनाएको छ । विपद्मा परेकाहरुका लागि दोस्रो चरणको राहत समेत चाडै वितरण गर्ने क्रिसेन्टले उल्लेख गरेको छ ।

यस्तै नख्खु खोलाले घरवास बगाएर खान र बस्नका लागि भौँतारिरहेका पीडित नागरिकहरुका लागि गाँसवासको टुंगो नहुँदा स्थानीयहरु मिलेर उनीहरुलाई खान र बस्नको व्यवस्था गरिरहेका छन् ।

गत आईतवारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरुलाई स्थानीहरु मिलेर दुई छाक नै खाना खुवाइरहेका छन् । २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्रीले सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेको र सोही सहयोगबाट पीडितहरुलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताएका छन् ।

सो वडामा २५० जना जतिको गासवास बाढीका कारण खोसिएको छ भने २ जनाको मृत्यु भएको उनले बताएका छन् । अविरल वर्षाका कारण देशभर नै ठूलो जनधनको क्षति भएको छ । हजारौँ मानिसहरु बिस्थापित भएका छन् । अझै पनि मनसुन सफा भइसकेको छैन । त्यसैले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिइरहेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top