×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

इन्स्पेक्टर नै ‘हनी ट्रयाप’मा फसाउने,एसपी पनि तानिए

२४ आश्विन २०८१

२४ असोज ,  एजेन्सी ।

ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको एक चर्चित घटना हो । यही घटनामा राष्ट्र सेवक प्रहरी अधिकृतकै संलग्नता देखिएपछि यसले सिंगो नेपाल प्रहरीप्रतिको विश्वासमा प्रश्न उठाएको छ भने निश्वार्थ देश र जनताको सुरक्षाको सपथ खाएका प्रहरीको पवित्र बर्दीमाथि नै दाग लागेको छ ।

युवती प्रयोग गरी विभिन्न ब्यक्तिहरुलाई फसाउने र उनीहरुबाट लाखौं असुल्ने धन्दामा प्रहरी निरिक्षक बिनुकुमारी शाहीको समेत सँलग्नता देखिएपछि अब उनीमाथि मुद्दा चल्ने भएको छ । ललितपुर घटनामा प्रहरी इस्पेक्टर नै कसरी जोडिइन् ? यो प्रकरणमा अन्य को को जोडिएका छन् ? उनीहरुले अहिलेसम्म कहाँ कहाँ कतिलाई फसाए?

प्रहरी निरीक्षकलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले तत्कालीन भैँसेपाटी प्रहरी प्रभागका प्रमुख समेत रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सोही सिफारिस गरेको हो ।

घटनामा शाहीको भूमिका शंकास्पद देखिएपछि समितिले यसअघि निलम्बन गर्न सिफारिस गरेको थियो । हाल उनी निलम्बित छन् । असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए ।

घटना लगत्तै बनेको समितिले मंगलबार प्रतिवेदन ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई बुझाएका थिए । ललितपुर प्रहरीले बुधबार प्रतिबेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको छ ।

कार्यालयका एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा देखिएका कुराको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाउने तयारी भएको बताएका छन् । प्रहरी थुनामा रहेका ताजसँग एसपी कमल थापाको समेत सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ ।

ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको समूहले उक्त शैली पटक–पटक अपनाएको पाइएको छ । त्यस्तै शैली अपनाएर उक्त समूहले अरू व्यवसायीबाट समेत मोटो रकम असुल गरेको तथ्य खुलेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर हाल अनुसन्धान गरिरहेका इटहरीका ताज स्लाम र इटहरीकै दर्शन पोखरेलले युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर रकम असुल गर्ने धन्दा चलाएको खुलेको छ । दर्शन फरार छन् । ताजलाई प्रहरीले यही असोज ९ गते पक्राउ गरेको थियो ।

ताज र दर्शनको समूहले इटहरीमा केही युवतीलाई अवैध यौनधन्दामा लगाउने र पछि उनीहरूलाई नै प्रयोग गरेर बलात्कारको उजुरी दिने भन्दै विभिन्न व्यक्तिबाट मोटो रकम असुल गर्ने गरेको खुलेको हो । व्यवसायीलाई हनी ट्रयापमा पार्न युवतीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने गरेको खुलेको छ ।

यही शैली अपनाएर उनीहरूले ललितपुरका व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेका थिए । जग्गा कारोबार गर्ने ती व्यवसायी गएको साउनमा इटहरी पुगेका थिए । इटहरीमा पोखरेलको समूहमार्फत त्यहाँकी सुष्मा विकसँग उनको भेट भएको थियो ।

पछि ती व्यवसायी र विक धरानको भेडेटारसहितका ठाउँमा एकसाथ घुमघाम गरेका थिए । असोज पहिलो साता ललितपुर फर्किएका उनलाई ताज, दर्शन र सुष्मासहितको समूह मिलेर बलात्कारको उजुरी दिने भन्दै प्रहरी नै प्रयोग गरी ३० लाख असुल गरिएको थियो ।

त्यसका निम्ति उनीहरूले सुरुमा इटहरीकै प्रहरी प्रयोग गर्ने योजना बनाएका थिए । तर, इटहरीका प्रहरीलाई प्रयोग गर्न सकेनन् । त्यसपछि ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई प्रयोग गरे । बलात्कार भएको भनिएको ठाउँ धरान थियो ।

तर, रकम असुल्ने नियतले इन्स्पेक्टर शाहीलाई समेत आर्थिक प्रलोभन देखाएर ती व्यवसायीलाई गैरकानुनी तरिकाले भैँसेपाटीमा बोलाएर ३० लाख रुपैयाँ तिराइएको थियो । असोज ६ गते छलफलका निम्ति भन्ने निवेदन दिन लगाएर बलात्कारजस्तो जघन्य अपराधमा फसाइदिने भन्दै ६० लाख रुपैयाँ मागिएको थियो ।

पछि बार्गेनिङ हुँदै प्रहरी प्रभागभित्रै ३० लाखमा सहमति गरिएको थियो । सोही दिन व्यवसायीले सात लाख दिएका थिए । अर्को दिन उनले आफ्नो गाडी बेचेर थप २३ लाख रुपैयाँ बुझाएका थिए । गाडी समेत भैँसेपाटी प्रभागभित्रै राखेर बिक्री गरिएको खुलेको छ ।

३० लाख रकम असुल गर्ने गिरोहमा आबद्ध आरोपमा एक अर्की महिलालाई पनि पक्राउ गरिएको छ । इटहरीकै २० वर्षीया भीमादेवी थापालाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । ललितपुरका व्यवसायीको ३० लाखमध्ये २० लाख थापाको बैंक खातामा जम्मा गरिएको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top