×

NEPAL TIMES UPDATES

Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026

दशैँमा पनि ब्यालेन्स डाइट आवस्यक छ ?

२४ आश्विन २०८१

२४ असोज , काठमाण्डौ।

यतिबेला दशैँको माहोल छ । मांसाहारीका लागि दशैंको विशेष परिकार मासु हो । यतिबेला घरघरमा आआफ्ना गक्षअनुसार खसी, बोका, रागा, कुखुराको काट्ने र खाने गरिन्छ । घरमा वा छरछिमेक तथा आफन्तकोमा जता गए पनि मासु नै खाने चलन हुन्छ ।

Advertisement
Advertisement

यसले गर्दा अन्य समयमा भन्दा दशैँको समयमा बढी नै मासु खाने गरिन्छ । यस्तै दशैंको समयमा कार्यलय बिदा हुने हुँदा अघिकांश मानिसहरु दशैँ मनाउन गाउँघरमा फर्किने गर्छन् । आफ्ना नियमित कार्यलाई छाडेर मानिसहरु गाउँघर तथा पारिवारिक रमाइलो वातावरणमा रम्ने गर्छन् ।

जसले गर्दा उनीहरुको शारीरिक व्यायाम तथा काम नियमित नहुने पनि हुनसक्छ । दशैँको महोलले शारीरिक व्यायाम नगर्ने र अन्य समयमा भन्दा अघिक मात्रामा खानेकुरा तथा मासु खाने बानीले मानिसहरुको स्वास्थ्यमा तत्कालिन तथा दीर्घकालिन समस्या निम्तिन सक्छ ।

त्यसैले दशैँ लगायत चाडपर्वको समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । दशैँको समयमा विशेषगरी उच्च रक्तचाप मुटु रोग भएका तथा दीर्घ रोगका बिरामीहरुले खानपानमा विशेष ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञहरु बताउँछन् ।

यस्तै मुटुरोगका बिरामीले धेरै मात्रामा बोसो भएको चिल्लो, अजिनामोटा प्रयोग गरिएका खानेकुरा तथा मासु खान नहुने उनीहरुको भनाइ छ । त्यसैले अब कुरा आयो, दशैँको समयमा मुटुको स्वास्थ्यमा कसरी ख्याल राख्ने ? कस्तो खानपानले मुटुमा असर पर्दैन ? कस्तो समस्या देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा जाने ?

अब यसबारे चिकित्सकहरुले सुझाएका कुराहरु यस्ता छन् । सबैभन्दा पहिला मुटुरोगीका लागि स्वस्थकर खाना के हो भन्ने विषयमा बुझ्न अति आवश्यक छ । स्वस्थकर खाना हुनका लागि हामीले खाने खानामा कार्बोहाइड्रेडको मात्रा, प्रोटिनको मात्रा र बोसोको मात्रा मिलेको हुनुपर्छ ।

नेपालीको बानी भात धेरै खाने तर तरकारी तथा गेडागुडी थोरै खाने छ । भातमा कार्बेहाइड्रेड हुने भएकाले भात मात्र खाँदा कार्बोहाइड्रेड बढी हुन्छ । मुटुलाई स्वस्थ राख्न शरीरमा कार्बोहाइड्रेडको मात्रा बढी हुनु हुँदैन । मुटुलाई स्वस्थ राख्न भातको मात्रा कम र सागसब्जी तथा फलफूल धेरै खाने र बोसोजन्य पदार्थ कम खानुपर्छ ।

बनस्पती घ्यूमा बनेको खानेकुरा खानु हुँदैन । मुटुलाई स्वस्थ राख्न बोसोयुक्त मासु खानु हुँदैन । दसैँमा मासु खाने चलन हुन्छ । त्यतिबेला बोसोयुक्त मासु नखानु नै उपयुक्त हुन्छ । मासु पकाउँदा सकेसम्म तोरीको तेल प्रयोग गर्न सकिन्छ । घ्यूमा पकाएको खानेकुरा समेसम्म खानु हुँदैन ।

खानामा कार्बोहाइड्रेड, बोसो, प्रोटिनको मात्रा बराबर मात्रामा खानु उपयुक्त हुन्छ । कस्तो खाना खाने भन्ने कुरा रोग अनुसार फरक हुनसक्छ । जस्तो उच्च रक्तचापको समस्या भएका व्यक्तिले धेरै अचार, पापड, मसला, धेरै नुनिलो, बट्टामा प्याक गरेर राखेका खानेकुरा, अचार तथा अजिनामोटो प्रयोग गरिएको खानेकुरा खानु हुँदैन ।

बट्टामा राखिएको खानेकुरामा धेरै सोडियम हुन्छ। सोडियम भएका खानेकुरा धेरै खानुहुँदैन । पोटासियम धेरै भएका खानेकुराहरु फलफुल, सागसब्जी धेरै मात्रामा खानुपर्छ ।यस्तै मधुमेहका बिरामीले पनि गुलियो पदार्थ कम खानुपर्छ । जनमानसमा चिल्लो खान हुने तर गुलियो खानेकुरा खाँदा केही फरक पर्दैन भन्ने भ्रम छ ।

तर, यस्तो होइन । चिनी भएको खानेकुरा शरीरमा गएर बोसोमा परिणत हुन्छ । त्यसैले चियामा खाने चिया देखि कोल्डडिङ्क, मिठाइ कम खानुपर्छ । यस्तै जीवनशैलीलाई स्वस्थ राख्न दैनिक शारीरिक व्यायाम गर्नुपर्छ । धुम्रपान गर्नु हँुदैन ।

यस्ता बानी अपनाउने हो भने मुटुलाई स्वस्थ राख्न सकिन्छ । दिनमा यति नै मासु खानुपर्छ भन्ने हुँदैन । महत्वपूर्ण कुरा के छ भने सानो उमेरका व्यक्तिहरुको शारीरिक क्रियाकलाप बढी हुन्छ । उनीहरुले खाएको खानेकुरा सहजै पचाउन सक्छन् ।

तर जति उमेर बढ्दै गयो, त्यति नै जीवनशैली पनि निस्क्रिय हुँदै जान्छ । उमेर बढ्दै गएपछि कामको लोड र अन्य पारिवारिक जिम्मेवारीका कारण पनि मान्छेले आफूलाई समय दिन शारीरिक व्यायाम गर्न सकिरहेको हुँदैन ।

मासु वा कुनैपनि खानेकुरा कति मात्रामा कसरी खाने भन्ने कुरा उसको जीवनशैली र सक्रियतामा पनि भर पर्छ । दशैँको समयमा नेपालीहरु घरमै खसी, बोका, रागाँ काट्ने गर्छन् । बिहान देखि बेलुकासम्म मासुमात्र खाने बानी हुन्छ ।

यो बानी खासमा स्वास्थ्यका हिसाबले राम्रो होइन । यो बानी मुटुरोग भएका बिरामीलाई मात्रा होइन, स्वस्थ मानिसका लागि पनि हानिकारक छ । धेरै मात्रामा मासुमात्र खाने बानीले विस्तारै मुटुरोग लाग्ने सम्भावना पनि बढ्नसक्छ ।

विशेषगरी उच्च रक्तचापका बिरामीहरुले सकेसम्म औषधि खान नपाए हुन्थ्यो भन्ने चाहान्छन् । अनि यसका लागि उनीहरुले एकसातासम्म करेला खाने, नुन नखाने, एलोभेराको जुस पिउने गर्छन् । यसरी रक्तचाप कम गराउछन् र फेरी एकैपटक मासु, भात खाने बानी हुन्छ ।

तर चिकित्सकहरुका अनुसार डाइट भनेको जहिले पनि ब्यालेन्समा हुनुपर्छ । र डाइट ब्यालेन्स नियमित हुनुपर्छ । एकदिन एककिलो नुन खाने अनि एकदिन नुन नै नखाने गर्दा त शरीरको ब्यालेन्स झनै बिग्रन्छ । यो दशैँको समयमा पनि ब्यालेन्स डाइट गर्नु नै उपयुक्त हुन्छ । हेल्दी लाइभस्टाइल र हेल्टी न्युट्रिसन हुन आवश्यक छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top