×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

यात्रु आपत्कालीन ढोका खोल्ने, एयरलाइन्स लगेज छाडिदिने

२४ आश्विन २०८१

२४ असोज , विराटनगर।

नेपालमा हवाई दुर्घटनाका कारणहरुमा खराब मौसम सबैभन्दा प्रमुख कारण हो भने त्योसंगै एयरलाइन्स, पाइलट वा अनुगमन गर्ने नियामक निकायहरुका कमजोरी पनि धेरै दुर्घटनाहरुमा कारण रहेको पाइन्छ । अनि कहिलेकाँही यात्रुले पनि जानीनजानी दुर्घटना निम्त्याउने काम गरिरहेका हुन्छन् ।

Advertisement
Advertisement

आज एक यात्रुले यस्तै जोखिमपूर्ण काम गरेका छन् ।आज बिहान विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको आपत्कालीन ढोका एक यात्रुले खोलिदिएका छन् । बुद्ध एयरले दिएको जानकारीअनुसार बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरेको थियो ।

यस क्रममा यात्रुले विराटनगर विमानस्थलमा विमानको आपत्कालीन ढोका खोलिदिएका हुन् । यात्रुले आपत्कालीन ढोका खोल्दा उडान प्रक्रिया नै अवरुद्ध भई उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ ।

योसमेत ९ दिनभित्र बुद्धका विमानमा यात्रुले आपत्कालीन ढोका खोलिदिएका ३ घटना भइसकेका छन् । बुद्ध एयरले दिएको जानकारीअनुसार अक्टोबार २ मा विराटनगरबाट काठमाडौँ, अक्टोबर ७ मा नेपालगन्जबाट काठमाडौँ र आज (अक्टोबर १०) फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयर विमानको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन् ।

त्यसरी आपत्कालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरिएको बुद्ध एयरले जनाएको छ । हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

त्यसबाहेक उडान सुरक्षामा खलल पु¥याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् । आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै यात्रुलाई जानकारी गराएका हुन्छन् ।

आपत्कालीन ढोका अत्यावश्यक अवस्थाबाहेक खोल्न मिल्दैन, यसले उडान सुरक्षामै असर पार्छ । अर्काेतर्फ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान उत्रिएको कुवेत एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका छन् ।

कुवेत एयलाइन्सको उडान नम्बर केयू ३९१ विमान आज बिहान साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । तर यात्रुहरुले आफ्ना लगेज पाएनन् । सोही विमान चढेर काठमाडौं आएका एक यात्रुले दशैं मनाउन आउँदा लगेज नै छुटेपछि खल्लो लागेको बताए ।

करिब ८० प्रतिशत यात्रुको लगेज छुटेको छ । यात्रुहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कुवेत एयरलाइन्सको कार्यालयमा लगेज दाबी गर्दै निवेदनसमेत दिएका छन् । त्यस्तो निवेदनलाई ‘प्रपर्टि इरेगुलारिटी रिपोर्ट –पी.आई.आर’ भनिन्छ ।

कुवेत एयरलाइन्सका कर्मचारीहरुले आगामी सोमबारसम्म सुरक्षित रुपमा लगेज उपलब्ध गराउने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top