×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

१५ दिनमै गल्यो हिज्बुल्लाह, माग्यो युद्धविराम

२४ आश्विन २०८१

२४ असोज , विराटनगर।

गाजामा एक वर्षदेखि चलिरहेको भीषण रक्तपातका बीच आफ्नो सबै कुरा गुमाइसक्दा पनि हमास समूहले इजरायलसंग अझै हार मानेको छैन । यता १५ दिनभित्रै लेबनानमा रहेको हिज्बुल्लाहले भने इजरायलसामु घुँडा टेक्ने देखिएको छ ।

Advertisement
Advertisement

इजरायली सेना लेबनान प्रवेश गरेको केही दिनभित्रै हिज्बुल्लाहका उपनेता नईम कासिमले इजरायलसंग युद्धविरामको अपिल गरेका छन् । हिज्बुल्लाह इजरायलका अगाडि गाजाको शर्त पनि छाड्नका लागि राजी भएको छ ।

इजरायली सेनाले केही दिनमा नै हिज्बुल्लाहका कयौं टप लिडरहरुलाई मारिसकेको छ । हसन नसरल्लापछि उनका उत्तराधिकारी सफिद्यिनलाई पनि मार्यो । सफिद्यिनपछिका एक सम्भावित उत्तराधिकारीलाई पनि मारेको दाबी गरेको छ ।

यसका साथै हतियारहरुको भण्डार, सैंयौं कमाण्डरहरुको पनि इजरायलले सफाया गरेको छ । इजरायलले साउथ लेबनानमा निकै पकड बनाएको छ । जमिनी लडाइँका बीच इजरायली सेनाले लेबनानका कयौं क्षेत्रहरुमा कब्जा जमाएको छ ।

कतिपय त्यहाँका स्थानीय मिडियाहरुको रिपोर्टलाई सही मान्ने हो भने स्वयं लेबनानी सेनाले इजरायलका लागि बाटो खाली गरिदिएका छन् । यस्तोमा एकातर्फ इजरायलले लेबनानी सिमामा जमिनी आक्रमणका लागि आफ्ना सेनाहरु पठाएर अर्कातिर हवाई आक्रमण गरेर बेरुत र अन्य क्षेत्रहरुमा बिनास मच्चाएका बेला हिज्बुल्लाह युद्धविरामका लागि राजी भएको हो ।

उसले लेबनानमा युद्धविरामका लागि पहिला गाजामा युद्धविराम हुनुपर्छ भन्ने शर्त पनि छाडेको हो । हिज्बुल्लाहका उपनेता नईम कासिमले भने, हामी युद्धविरामका लागि भइरहेको प्रयासहरुको समर्थन गर्छौ ।

एक पटक युद्धविराम बलियो गरि स्थापित भयो भने अन्य कुराहरुमा पनि कुटनीतिक वार्ताद्वारा सहमति पुरा गरिनेछ । यो बेला हाम्रा लागि लेबनानवासीहरुको ज्यानभन्दा ठूलो केही पनि छैन । कासिमले यो कुरा आफ्नो टेलिभिजन भाषणमा भनेका हुन् ।

यसबीच द टाइम्स अफ इजरायलले हिजो इजरायली टेलिभिजन च्यानल १२ को रिपोर्टलाई उदृत गर्दै लेखेको छ, संयुक्त राज्य अमेरिका र अरब देशहरुले मध्यपूर्वमा चलिरहेको सबै युद्ध रोक्नका लागि इरानका साथमा गोप्य वार्ता सुरु गरेका छन् ।

यता एक्सियोसले तीन अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै भनेको छ कि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार विहान इजरायली प्रधानमन्त्रीसंग फोनमा कुरा गरेका छन् । दुई नेताबीच इरानमा चलिरहेको संघर्षका बारेमा कुराकानी भयो ।

समाचार आउटलेटले अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै भनेको छ कि बाइडेन र नेतन्याहुले लेबनान र गाजा युद्धबारेमा पनि चर्चा गरे । दुई नेताबीचको फोनवार्ता झण्डै आधा घण्टा चलेको थियो । केही मिडिया रिपोर्टका अनुसार यो वार्तापछि इजरायलले अमेरिकाबाट हिजबुल्लाहविरुद्ध आफ्नो हमला जारी राख्न खुला छुट पाएको छ ।

इरानले इजरायलमा ब्यालेस्टिक मिसाइल हानेपछि यो पहिलो पटक हो बाइडेन र नेतन्याहुबीच कुराकानी भएको । दुई महिनाअघि भने दुवैले वार्ता गरेका थिए । इजरायलले अहिले लेबनानमा पसेर ग्राउंड अपरेशनलाई अगाडि बढाएको छ ।

साथै आकाशबाट पनि बेरुतसहित अन्य शहरहरुमा लगातार बमबारी गरिरहेको छ । कतिपय क्षेत्रहरुमा लेबनानी सेनाहरुले नै इजरायली सेनाको बाटो खाली गरिरहेको भन्ने खबरहरु पनि आइरहेका छन् । इजरायलले गाजामा युद्ध चलिरहेकै बेला लेबनानमा हिज्बुल्लाहविरुद्ध पनि सिधा युद्धको घोषणा गरेको थियो ।

त्यसैअनुसार इजरायल अगाडि बढीरहेको छ । यसबीच अब इजरायलले कुनै पनि बेला इरानमा हमला गर्न सक्ने आनुमान लगाइएको छ । हिजोमात्रै इजरेली रक्षामन्त्रीले अब इरानविरुद्ध इजरायलको हमला घातक, सटिक र हैरान पार्ने खालको हुने बताएका थिए ।

उनले भनेका छन्, दुश्मनले थाहा पनि पाउँने छैन कि के भयो, कसरी भयो । मात्रै उनीहरुले बिनाश देख्नेछन् । नेतन्याहुले पनि इरानले मिसाइल हमलाको मूल्य चुकाउने बाचा गरेका छन् । इरानले पनि जस्तोसुकै कारबाहीका लागि तयार रहेको र कडा मुकाबला गर्ने चेतावनी दिएको छ ।

इता अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोन वार्ता भएको छ । बाइडेन र नेतन्याहूबीचमा ३० मिनेट लामो फोन वार्ता भएको हो । अगस्टयता उनीहरूबीच भएको यो पहिलो सम्पर्क भएको अनुमान गरिएको छ ।

वार्तामा इजरायलको इरानको मिसाइल आक्रमणको प्रतिकार गर्ने योजना बारे छलफल भएको थियो । ह्वाइट हाउसले यसलाई प्रत्यक्ष र उत्पादक संवाद भनेको छ । बाइडेन र नेतन्याहूले आगामी दिनहरूमा नजिकबाट सम्पर्कमा रहने सहमति गरेको जनाइएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि फोनमा सहभागी भएकी थिइन् ।

यसबीच बुधबार विहान भएको वार्तामा बाइडेनले नेतन्याहूलाई इरानलाई जवाफ दिने क्रममा इजरायलको रिस्पोन्स संतुलित हुनुपर्ने पनि बताएका छन् । यसअघि व्हाइट हाउसले प्रेस नोटमा इरानी मिसाइल हमलाको निन्दा गर्दै इजरायललाई पनि इरानको परमाणु साइटमा हमला नगर्न भनेको थियो ।

यसअघि बीचमा लामो समय बाइडेन र नेतन्याहुबीच कुराकानी नहुनुमा नेतन्याहुसंग बाइडेन रिसाएको भनिएको थियो । किनभने पछिल्लो पटक नेतन्याहुले बाइडेनको कुरा मान्न छाडेका थिए। नेतन्याहूले मिडिल ईस्टमा तनाव कम गर्न बाइडेनको प्रयासहरुलाई सार्वजनिक रूपले नै अस्वीकार गरेका थिए ।

यस्तो पनि चर्चा थियो कि इजरायली नेताले नोभेम्बरको अमेरिकी चुनावअघिका साताहरुमा रिपब्लिकन राष्ट्रपति पदका उमेद्वार डोनाल्ड ट्रम्पलाई महत्व दिन थालेका थिए । गाजामा इजरायलको आक्रमणमा कम्तीमा ४२ हजार मानिसको ज्यान गएको छ । जसमध्ये अधिकांश सर्वसाधारण छन ।

हमासको विनाश र बन्धकहरूको उद्धार गर्ने प्रधानमन्त्री नेतन्याहूका दुई युद्धका उद्देश्यहरू पुरा भएका छैनन । हमास अझै लडिरहेको छ । अझै पनि उसले करिब १०० बन्धकहरू राखेको छ। हिजबुल्लाह र हमासलाई पुर्याएको क्षतिले केही इजरायलीहरूलाई इरानमाथि प्रत्यक्ष आक्रमण गर्ने संभावनालाई पनि बढाएको छ ।

धेरै इजरायलीहरूको लक्ष्य सूचीको शीर्षमा इरानका परमाणु स्थलहरू छन् । जुन गहिरो पहाडहरूमा निर्माण गरिएको छ । यस्तो अवस्थामा बाइडेन, आगामी राष्ट्रपतिकी उम्मेदवार ह्यारिस र नेतन्याहुबीचको संवादलाई थप महत्वका साथ हेरिएको छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top