×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

विपद्पछिको दशैं, विदेशीनेको दशैं

२६ आश्विन २०८१

२६ असोज ,काठमाण्डौ ।

बडादशैं २०८१ को अवसरमा देश तथा विदेशमा रहनुभएका यहाँहरु सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उच्च प्रगतिको हार्दिक मंगलमय शुभकामना । आज विहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइएको छ ।

Advertisement
Advertisement

तर शुभ साइत पर्खिन नसक्ने र नभ्याउनेले भने आआफ्नो अनुकुलको समयमा टीका लगाएका छन् । र आउँदो पूर्णिमासम्मै यो क्रम चलिरहने छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट टीका ग्रहण गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

यस्तै राष्ट्रपति र उपराष्ट्रपतिले सर्वसाधारण तथा विशिष्ट ब्यक्तिहरुलाई पनि टीका लगाइदिए । यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निर्मल निवासमा सर्वसाधारण तथा शुवेच्छुकहरुलाई टीका लगाइदिएका छन् । तर प्रधानमन्त्रीले भने यसपटक सर्वसाधारणलाई टीका लगाइदिएनन् ।

देश विपद्को घडीमा रहेकाले यतिबेला आफ्नो मन भारी रहेको र टीका उल्लासपूर्ण हुन नसकेको पनि उनले जिकिर गरेका छन् ।बास्तवमै दशैं उल्लासमय पर्व भएपनि यसपटक ठूलो राष्ट्रिय विपद्पछि आएको छ । दशैंअघिको मनसुनी विनाशले अझै पनि सडकहरु राम्रोसंग सुचारु भएका छैनन् ।

जसका कारण एकातिर यात्रा जोखिमपूर्ण नै छ भने अर्कातिर धेरै मानिसहरुले सडक अवरुद्ध हुँदा, टिकट नपाउँदा र हवाई टिकटको जोहो गर्न नसक्दा यो दशैंमा परिवारको साथमा रहन पाएनन् । यस वर्ष पोहोर परारभन्दा दसैंमा घर फर्कनेहरूले बढी नै सास्ती भोग्नु प¥यो ।

यस्तै विपद्बाट प्रभावितहरुको अवस्था झनै गाहे छ । कति शोकमा छन् भने, कति घरको छाना र खाना अब कसरी जुटाउने भन्नेमा छन् । आउँदै गरेको जाडो कसरी कटाउँने, केटाकेटी, बाआमा, विरामीलाई कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

सयौं परिवारले त आफन्तजन, घरवार, श्रीसम्पत्ति गुमाएका छन् । यस्तोमा दशैं आएरपनि उनीहरुका अनुहारमा खुसी छाएन । हामी कामना गर्छौ उनीहरूलाई दुःख सहने शक्ति प्राप्त होस् । यद्यपि केहीले आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन् ।

अर्कातर्फ दशैंको टीकाको दिनमा पनि आज विदेशीनेको लर्को देखियो । टीकाकै दिन कतिपय अविभावक अमिलो मन बनाएर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा छोराछोरीलाई बिदाइका हात हल्लाउन पुगे । कतिपयले टीका घरबाट नै लगाएर विदेश जान आएका थिए । भने कतिपयले विमानस्थल बाहिर नै टीका लगाएका थिए ।

आज पनि विदेशीने कोही विद्यार्थी थिए, कोही श्रमिक । अनि उनीहरुको अभिवावको मुहारमा छोराछोरीसँग टाढिनु परेको वेदना थियो । कोही जीवनसाथी भक्कानिदै थिए । दुवैतर्फका आखाँबाट आँसु झारिहेका थिए । उल्लासमय हुनुपर्ने यो दशैं उनीहरुका लागि भने आज खल्लो खल्लो भयो ।

दशैं नेपालीहरुको महान चाड हो । यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ । तर वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने दशैंमा पनि परिवारबाट छुटने क्रम बढदो छ ।

विजया दशमीको दिनमा पनि त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ । देशमा रोजगारीको अवसर नभएपछि नेपालमा विदेशिनेहरुको संख्या प्रतिदिन बढदै गएको छ । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरु विदेशिने गरेको पाइएको छ ।

सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्यो क्रम निश्चय नै रोकिने थियो ।अर्कातिर भने विश्वभर छरिएर रहेका नेपाली डायस्पोराले विभिन्न कार्यक्रम गरी दशैं मनाएको पनि सामाजिक संजाल देखियो ।

चाहे प्रवासी हुन् वा पढ्न, काम गर्न गएकाहरु एकजुट भएर विदेशमा पनि धुमधामले दसैँ मनाएका छन् । यद्यपि, उनीहरुलाई पनि आज नेपाल, आफ्नो गाउँठाउँ, परिवारको अभाव अवस्य नै खट्किएको छ ।

अर्कातिर आज दशैंका दिन हामीले सम्झनै पर्ने हाम्रा राष्ट्र सेवकहरुलाई हो जो यस्ता चाडवाडमा पनि आफ्नो ड्युटीमा खटिएका छन् । हाम्रा सुरक्षाकर्मीहरु, स्वास्थकर्मीहरु, संचारकर्मीहरु लगायतले पनि आज दशैं आफ्नो पेशामै मनाएका छन् । देश र जनताको सेवामै आज पनि रमाएका छन् ।

यस्तै दसैं नमनाउनेहरू पनि छन् । तर उनीहरु पनि यस अवसरलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाउँछन् । परिवार छाडेका परदेशी घर फर्खन दसैं नै पर्खन्छन् भने यही बेला आफन्तहरू परदेशीका बाटो हेरेर बस्छन् ।

मीठो खाने र राम्रो लगाउने रहर मेट्न दसैं पर्खने चलन पनि अझै हराएको छैन । अहिले त बिरानो थलोमा जन्मेहुर्केका कतिपय केटाकेटीका दसैं पुर्ख्यौली थलोमा फर्केर आफ्नो जरा चिन्ने र माटोसँग माया गास्ने मौका पनि बनेको छ ।

तपाइँ चाँही यो दशैंलाई कुनरुपमा लिनुहुन्छ । कसरी मनाउँदै हुनुहुन्छ ? आफ्ना भनाइ पनि हामीसंग साट्नु होला है । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top