अमेरिकामा दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ

२७ असोज ८१, सोमबार

२८ असोज, एजेन्सी ।

Advertisement

अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पको ¥यालीनजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् । शनिबार क्यालिफोर्नियाको कोचेलामा ट्रम्पको ¥यालीनजिकै ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

ती व्यक्तिका साथबाट एउटा सटगन र लोड गरिएको ह्यान्डगन र नक्कली राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ । ४९ वर्षीय वेम मिलरलाई पक्राउ गरिएको हो । कालो रङको एसयूभी कार चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा जाँचचौकी नजिकै रोकेका थिए ।

Advertisement

रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ । गोली भरिएको बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको मिलरमाथि आरोप लगाइएको छ । अमेरिकी गुप्तचर सेवाले ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको जनाएको छ ।

स्थानीय प्रहरीले पक्राउ परेका आरोपित ‘मानसिक रूपमा असन्तुलित’ रहेको जनाएको छ । प्रहरी कार्यालयका अनुसार, यो घटनाले ट्रम्पको सुरक्षा वा ¥यालीमा उनको उपस्थितिमा कुनै फरक परेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top