NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

सचिनले बनाएका कीर्तिमान, जुन तोड्न गाह्रो छ

सोमवार अशोज २८ , २०८१
Reading Time: 1 min read
A A
सचिनले बनाएका कीर्तिमान, जुन तोड्न गाह्रो छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ असोज,एजेन्सी ।

विश्व क्रिकेटमा एकपछि अर्काे कीर्तिमान बनाएर भारतीय क्रिकेटका समर्थकमाझ भगवानरुपी मानवको छवि बनाएका विश्व क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकर क्रिकेटसँगसँगै जोडिएर आउने नाम हो ।

उनले विश्व क्रिकेटमा यस्ता थुप्रै कीर्तिमानहरु बनाएका छन् जसलाई तोड्न निकै समय खर्चिनु पर्नेछ । अहिलेपनि यस्ता थुप्रै क्रिकेटरहरु छन् जसले तेन्दुलकरले बनाएका कीर्तिमानहरु पछ्याइरहेका छन् ।

सन् २०१२ मा ‘वान डे’बाट र सन् २०१३ मा टेस्टबाट संन्यास लिएका सचिनको एक कीर्तिमान भने पछिल्लो समय तोडिएको छ । सचिनको एक कीर्तिमान भने हालै तोडिएको छ । यो कीर्तिमान हो, वान डेको सर्वाधिक ४९ शतक ।

सचिनले सन् २०१२ मार्चमा बंगलादेशविरुद्ध ४९ औं शतक प्रहार गरेका थिए । त्यसको ११ वर्षपछि विराटले ५० औं शतक प्रहार गरेर सचिनको यो कीर्तिमान तोडेका हुन् । अहिले विराट वान डेमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नुका साथै वान डेमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

तर, वान डेमा वेस्ट इन्डिजका डेसमेन्ड हायन्सले बनाएको १७ शतक सर्वाधिक संख्या भएकाबेला सचिनले सन् १९९८ मा यो कीर्तिमान तोडेका थिए । विराटले नतोडुन्जेल सचिनको वान डेमा सर्वाधिक शतक प्रहारको कीर्तिमान झण्डै २५ वर्षसम्म सुरक्षित रहेको थियो ।

सचिनले बनाएका मुख्य कीर्तिमानमा पहिलो छ :

सबैभन्दा बढी रन बनाएको

—टेस्ट क्रिकेटमा उनले १५ हजार ९ सय २१ रन बनाएका छन् । सन् २०१३ मा संन्यास लिएका सचिनले यो कीर्तिमान राखेको ११ वर्ष बितिसकेको छ र अझै पनि यो कीर्तिमान तोडिने सम्भावना देखिएको छैन । उनीपछाडि रहेका रिकी पोन्टिङ (१३ हजार ३ सय ७८ रन), ज्याक कालिस (१३ हजार २ सय ८९ रन), राहुल द्रविड (१३ हजार २ सय ८८ रन) र एलेस्टर कुक (१२ हजार ४ सय ७२ रन) ले संन्यास लिइसकेका छन् ।

— हाल क्रिकेटमा सक्रिय इंग्ल्यान्डका जोए रुट १२ हजार ४ सय २ रन बनाएर छैठौं स्थानमा छन् । उनले सचिनको कीर्तिमान तोड्नका लागि थप ३५ सय २० रन बनाउनुपर्नेछ । उनी हाल ३४ वर्षका भएकाले सचिनको कीर्तिमान तोड्न अझै केही वर्ष खेल्नका लागि फिट रहनु जरुरी छ ।

— इंग्ल्यान्डका जोए रुटपछाडि रहेका १२ खेलाडी पनि संन्यास लिइसकेका छन् । रुटपछाडि रहेका १३औं खेलाडी विराट कोहली हाल खेलिरहेका छन् । उनले आठ हजार आठ सय ७१ रन बनाएका छन् । हाल उनको उमेर करिब ३५ वर्ष पुगिसकेको हुँदा उनले सचिनको कीर्तिमान तोड्नसक्ने संभावना देखिएको छैन ।

यस्तै सबैभन्दा बढी खेलेको कीर्तिमान

—सचिनले सबैभन्दा बढी अर्थात् २०० टेस्ट खेलेका छन् । सचिनपछाडि रहेका जेम्स एन्डरसन (१८८ टेस्ट) ले पनि हालै संन्यास लिइसकेका छन् । सर्वाधिक टेस्ट खेलेको सूचीमा उनीपछि रहेका १० जना खेलाडीले संन्यास लिइसके । यसैले यो कीर्तिमान पनि ११ वर्षदेखि सुरक्षित छ । ११ औं खेलाडीमा इंग्ल्यान्डका जोए रुट छन् । १४६ टेस्ट खेलेका उनी सचिनभन्दा ५४ टेस्टले पछाडि छन् । यस्तै, हाल सक्रिय रहेका विराट कोहलीले ११४ टेस्ट खेलेका छन् । सचिनको रेकर्ड तोड्न उनलाई ८७ टेस्ट खेल्नुपर्ने हुन्छ । उनलाई पनि उमेरकै कारण सचिनलाई उछिन्न गाह्रो पर्ने पक्का छ ।

सर्वाधिक सेन्चुरी (शतक)को कीर्तिमान

—उनले टेस्टमा ५१ सेन्चुरी प्रहार गरेर राखेको कीर्तिमानलाई उनीपछि सर्वाधिक सेन्चुरी प्रहार गर्ने दक्षिण अफ्रिकाका ज्याक कालिसले तोड्न सम्भावना देखिएको थियो । तर, उनले पनि ४५ सेन्चुरी बनाएर संन्यास लिइसके । कालिसपछिका धेरैजसो खेलाडीले पनि संन्यास लिइसकेका छन् । हाल सक्रिय रहेका खेलाडीमा रुटले ३४ र विराटले २९ शतक प्रहार गरेका छन् । लगातार शतक प्रहार गर्नसके मात्रै यी दुईमध्ये एकले सचिनको कीर्तिमान तोड्न सक्छन् ।तर, त्यो सम्भावना पनि कमै देखिन्छ ।

‘वान डे’मा सर्वाधिक रनको कीर्तिमान

टेस्टमा जस्तै वान डेमा पनि सचिन अगाडि छन् । सन् २०१२ मा संन्यास लिएका उनले वान डेमा १८ हजार चार सय २६ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका श्रीलंकाका कुमार सांगकाराले १४ हजार दुई सय ३४ रन बनाएर संन्यास लिइसकेका छन् ।

तेस्रो स्थानमा रहेका विराटले १३ हजार ९ सय ६ रन बनाएर सचिनको रेकर्ड तोड्ने संभावना देखाएका छन् । तर, सचिन अझै उनीभन्दा चार हजार पाँच सय २० रनले अगाडि छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ११ वर्ष भइसक्यो तर आज पनि उनको ब्याटिङ हेर्नको लागि क्रिकेटप्रेमीहरु त्यति नै उत्सुक छन् ।

उनले आफ्ना फ्यानहरुको चाहना पूरा गर्न पनि कुनै कसर बाँकी राख्दैनन् । अब इन्डियन प्रिमियर लिग जस्तै क्रिकेट विश्वमा अर्को नयाँ प्रतियोगिता सुरु हुन लागेको छ । जसमा भारतका दिग्गज क्रिकेटर सचिन तेन्दुलकर र सुनिल गावस्करसहितका क्रिकेटरले ६ टोलीको अन्तर्राष्ट्रिय मास्टर्स लिग (आईएमएल) सुरु गर्ने घोषणा गरेका छन् ।

यस वर्ष यसको पहिलो सिजन खेलिनेछ, जसमा भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, इंग्ल्याण्ड र श्रीलंकाका क्रिकेट स्टारहरू सहभागी हुनेछन्। सुनिल गावस्करलाई लिग आयुक्त नियुक्त गरिएको छ।

यस लिगको बारेमा सचिन तेन्दुलकरले भनेका छन्– क्रिकेटको लोकप्रियता भारतमा मात्रै होइन विश्वभर बढिरहेको छ । पछिल्लो दशकमा टी–२० क्रिकेटले फ्यानहरु माझ द्रुत रुपमा आफ्नो स्थान बनाएको छ र यस खेलका नयाँ फ्यानहरु निर्माण भएका छन् ।

अब सबै उमेरका फ्यानहरू पुरानो लडाइहरू नयाँ ढाँचाहरूमा पुनः लागू भएको हेर्न चाहन्छन्। उनले थप भनेका छन् , ‘खेलाडी कहिल्यै पनि हृदयबाट सन्यास लिदैनन् र उनीहरुभित्र एउटा आत्मा हुन्छ जो मैदानमा फर्कने अवसरको पर्खाइमा हुन्छ ।

हामीले भावुक फ्यानहरू र प्रतिस्पर्धी क्रिकेटरहरूलाई क्रिकेटको आनन्द लिनको लागि नयाँ प्लेटफर्म पाएका छौं। म विश्वस्त छु कि सहभागी सबै खेलाडी लयमा फर्किनेछन् र कडा मेहनत गर्नेछन्।

Tags: #विश्व क्रिकेट#सचिन तेन्दुलकर#सचिनले बनाएका कीर्तिमान

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.