×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

इजरेलको विपक्षमा उभियो नेपाल,शान्ति सेनामाथिको आक्रमणको निन्दा

२९ आश्विन २०८१

२९ असोज , काठमाण्डौ।
इजरेलले हिजबुल्लामाथिको आक्रमण भन्दै लगातार लेबनानमा आक्रमण गर्दै आएको छ । उसले लेबनानमा जमिनी आक्रमणपनि सुरु गर्दै त्याहा रहेका संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध समेत आक्रमण गरेपछि यसको विश्वब्यापी रुपमा निन्दा भइरहेको छ ।

शान्ति सैनिकमाथि इजरेलको यो आक्रमणको नेपालले समेत घोर निन्दा गरेको छ । युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो ।

Advertisement
Advertisement

जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ । सो घटनाविरुद्ध परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालका तर्फबाट निन्दा गरेको हो। ‘नेपाल हालै युनिफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र, संघर्षरत् दुवै पक्षलाई उनीहरू (शान्ति सैनिक) को सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ ।’

हाल करिब ५० देशका झन्डै १०,००० यूएन शान्ति सैनिक लेबनानमा तैनाथ छन्, जसमा ८७६ नेपाली रहेको युनिफिलको वेबसाइटमा उल्लेख छ । १९७८ देखि यी सैनिकहरूले लितानी नदी र ‘ब्लु लाइन’ (नीलो रेखा) बीच गस्ती गरिरहेका छन् ।

लेबनान र इजरायलबीच संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सीमालाई ब्लु लाइन भनिन्छ । यसबीच इजरायलले भने लेबनानमा हिजबुल्लाहलक्षित हमला गरिरहेको छ । इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले दक्षिणी लेबनान र मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षरकर्ता देशहरुले संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेका छन् । यस्तो आह्वान गर्नेहरुमा नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड छन् ।

यसैगरी इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानिया छन् । यसैबीच लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानमा इजरायली हवाई हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको र आठ जना घाइते भएको दाबी गरेको छ ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायलले हवाई हमला गरेको हो । जहाँ अधिकांश क्रिस्चियन बसोबास गर्छन् । इजरायलले हिजबुल्लाहलक्षित आक्रमण गर्ने क्षेत्रबाट अयोटो टाढा छ । स्थानीयका अनुसार यस ग्रामीण इलाकामा द्वन्द्वका कारण विस्थापित एक परिवार बस्थ्यो ।

इजरायली सेनाले यस आक्रमणबारे अहिलेसम्म केही बताएको छैन । तर यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेरुतसहित हिजबुल्लाहका अड्डा भएका सबै क्षेत्रमा क्रूर हमला गरिने बताएका थिए ।

Advertisement

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा हालसम्म १७ सय जना मारिइसकेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top