१० खेलाडीमा सीमित फ्रान्सले बेल्जियमलाई उसैको घरमा हरायो

२८ असोज ८१, मंगलबार

२९ असोज, एजेन्सी ।

Advertisement

युरोपियन नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलहरूमा युरोपका शक्तिशाली मानिने इटाली, जर्मनी तथा फ्रान्सले जित निकालेका छन् ।सन् २०१८ को विश्वविजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सोमबार बेल्जियममाथि रोमाञ्चक जित निकालेको छ ।

रान्डल कोलो मुनिको दुई गोलको मद्दतले फ्रान्सले बेल्जियममाथि २–१ गोलको जित निकालेको हो ।कुनै बेलाको फिफा वरीयतामा शीर्ष स्थान कब्जा गरेको बेल्जियमलाई उसैको मैदानमा हराउनफ्रान्सका कोलो मुनिले दुई गोल गर्दा बेल्जियमका लागि लेस ओपेन्डाले एक गोल गरे ।

Advertisement

खेलको अन्तिम १४ मिनेट फ्रान्सले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । अरेलिन चोमेनी दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । त्यसअघि खेलको ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोलो मुनिले फ्रान्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा ओपेन्डाले बराबरी गोल गरे ।

निर्णायक गोल भने ६२ औं मिनेटमा सम्भव भएको थियो । जितसँगै लिग ए ग्रुप टुको दोस्रो स्थानमा रहेको फ्रान्सले चार खेलमा ९ अंक जोडेको छ । बेल्जियम चार अंकसहित तेस्रो स्थानमा छ ।गए राति नै भएको अर्को खेलमा इटालीले इजरायललाई सजिलै ४–१ ले पराजित ग¥यो ।

Advertisement

इटालीको मैदानमाभएको खेलमा ४–१ गोलान्तरको जित निकाल्दा घरेलु टोलीका लागि जियोभानी डी लोरेन्जोले दुई गोल गरे भने माटेयो रेटेगुई र डेभिडे फ्राटेसीले १–१ गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानीले एक मात्र सान्त्वना गोल गरे ।

यसै खेलबाट इटालीका लागि मान्दिनी परिवारको तेस्रो पुस्ताले डेब्यू गरे । उनको डेब्यू खेलमा इटालीका लागि १२६ खेल खेलेका पिता पाओली र १४ खेल खेलेका हजुरबुवा सिजेर पनि दर्शकका रूपमा उपस्थित थिए। २३ वर्षीय मिडफिल्डर उनका पिता र हजुरबुबा जस्तै मिलानका लागि खेल्छन् ।

खेल सकिन १६ मिनेट बाँकी छँदा उनी जियाकोमो रास्पाडोरीको स्थानमा मैदान प्रवेश गरेका थिए । इटालीको राष्ट्रिय टोलीका लागि हजुरबुवा, बुवा र छोराले खेलेको यो पहिलो अवसर हो ।लिगको समूह ए–२ मा इटाली ४ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

इजरायल भने हालसम्म अंकविहीन रहेको छ । यता, गए राति नै भएको अर्को खेलमा जर्मनीले नेदरल्यान्ड्सलाई १–० गोलले हरायो । घरेलु मैदानमा भएको खेलको ६४औं मिनेटमा जेमी लवलिङले गरेको गोल नै जर्मनीलाई जितमा निर्णायक बन्यो ।

गएराति नै भएका अन्य खेलहरूमा टर्किले आइसल्याण्डलाई ४–२ ले हराउँदा स्विडेनले स्टोनियालाई ३–० ले पराजित गर्न सफल बन्यो ।वेल्सले मोन्टिनिग्रोलाई १–० ले हरायो भने बोस्नियालाई हङ्गेरीले २–० ले हराउँदा युक्रेन र चेक रिपब्लिक १–१ को बराबरीमा रोकिए ।

नेसन्स लिगअन्तर्ग भोलि पोर्चुुगल र स्कटल्यान्डले खेल्ने तालिका छ भने स्पेनले सर्बियासँग खेल्दा क्रोएसियाले पोल्यान्डको सामना गर्ने छ । चौथो संस्करणको नेसन्स लिगमा युरोपका ५४ राष्ट्रहरूको सहभागिता छ ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो ।

इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top