×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले त्ज्ब्ब्म् हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026

विकासोन्मुख राष्ट्रहरुको बीमा सम्मेलन मंगलबारदेखि, खर्च जुटाउँदा बीमा कम्पनीहरूमा असन्तुष्टि

८ आश्विन २०७५

काठमाडौं,असोज ८
विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ । दुई दिन चल्ने सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहनेछ । प्राकृतिक विपत्तिमा बीमा क्षेत्रका लागि अवसरको खोजी गर्न २१ औं सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा विकासोन्मुख २० देशबाट १५० भन्दा बढि सहभागीहरु काठमाडौं आईपुगेका छन् ।विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज(एआईआरडीसी)को २१ औं सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए ।
५०० नेपाली र १५० विदेशी गरि ६५० जना बीमा क्षेत्र सम्वद्ध व्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागिता जनाउनेछन् ।

एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ । यसपालिको सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । सम्मेलनपछि हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजय बहादुर शाहले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन् ।

खर्चमा असन्तुष्टि

सम्मेलन आयोजना गर्न लाग्ने अनुमानित २ करोड रूपैयाँ बीमा कम्पनीहरूबाट संकलन गरिएको छ । सम्मेलनका लागि प्रत्येक बीमा कम्पनीहरुले ४ लाख रकम उपलब्ध गराएका छन् । बीमा समितिले ३० लाख रुपैंयाँ उपलब्ध गराएको छ भने नेपाल पुनर्बीमा कम्पनले पनि ३० लाख नै उपलब्ध गराएको छ ।

सम्मेलनका लागि ३८ बीमा कम्पनीहरुबाटै १ करोड ५२ लाख संकलन हुन्छ । त्यस्तै बीमा समिति र पुनर्बीमा कम्पनीहरुको रकम समेत जोड्दा २ करोड १२ लाख रुपैंयाँ संकलन हुन्छ ।

एउटा बीमा कम्पनीले चार लाख रुपैंयाँ तिरे वापत कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र पाँच जना कर्मचारीले सम्मेलनमा सहभागिता जनाउन सक्नेछन् । अन्य कर्मचारी सहभागी हुन चाहेमा भने प्रति व्यक्ति १५ सय रुपैंयाँ तिर्नुपर्नेछ । विदेशबाट सम्मेलनमा सहभागी हुन आउनेहरुले प्रति व्यक्ति ५ सय अमेरिकी डलर तिर्नुपर्छ ।

सम्मेलन आयोजनाका लागि बीमा कम्पनीहरुबाट शुल्क असुलिएकोमा केही बीमा कम्पनीले असन्तुष्टि प्रकट भएको छ । बार्षिक करोडौं रुपैंयाँ आम्दानी गर्ने बीमा समितिले सम्मेलनका लागि भनेर बीमा कम्पनीहरुसँग समेत रकम उठाएको भन्दै असन्तुष्ठि जनाएका छन् ।

गत आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७३ अर्ब प्रिमियम संकलन गरेका थिए । सो प्रिमियमको एक प्रतिशतका दरले ७३ करोड रुपैंयाँ बीमा समितिको कोषमा गएको छ ।

‘समितिको कोषमा अर्बौं रकम छ, तैपनि सम्मेलनका लागि कम्पनीहरुसँग चाररचार लाखका दरले रकम असुलियो, त्यसो नगरेको भए राम्रो हुन्थ्यो’, एक इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

यस्ता कार्यक्रम आयोजना गर्न पुर्नबीमा कम्पनीका ब्रोकरहरू खर्च गर्न तयार भए पनि नेपाली आफैले यस्तो कार्यक्रम गर्ने निर्णयमा पुगिएको र यसले नेपाली बीमा कम्पनीहरूको छवि अन्तर्राष्ट्रिय जगतमा राम्रो देखिने आयोजकले जनाएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top