मेसी नै बने सर्वकालीन महान खेलाडी

१ कात्तिक ८१, शुक्रबार

२ कार्तिक , एजेन्सी ।
विश्व फुटबलका अहिलेका दुई महान खेलाडी अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा सर्वकालीन महान खेलाडी को भन्ने विवादकै बीच लियोनल मेसीले सर्वकालीन महान खेलाडीको रूपमा विशेष अवार्ड ग्रहण गरेका छन् ।

स्पेनिस मिडिया मार्काको अमेरिकी शाखाले ३७ वर्षीय मेसीलाई बिहीबार राति मार्का अमेरिका अवार्डबाट सम्मान गरेको हो । अमेरिकाको मियामी शहरमा विशेष समारोहको आयोजना गरेर मार्काले उक्त अवार्ड प्रदान गरेको हो ।

खेल करिअरको सर्वाधिक धेरै ४६औं उपाधि जितेका मेसीलाई सुनको प्रतिमाबाट सम्मान गरेको मार्काले उनी फुटबल इतिहासको सर्वकालीन महान् खेलाडी भएको घोषणासमेत गरेको थियो । अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका मेसी फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन् ।

Advertisement

गत सातामियामीका साथमा जितेको सपोटर्स सिल्ड मेसीका लागि करियरको कूल ४६औं उपाधि हो । फुटबलको इतिहासमा कुनै पनि खेलाडीले व्यक्तिगत रूपमा जितेको यो सर्वाधिक उपाधि संख्या हो । यसअघि यो रेकर्ड ब्राजिलका डिफेन्डर ड्यानी आल्भेसका नाममा थियो ।

उनको ४५ उपाधिको रेकर्ड भंग गर्दै मेस्सी अब कूल ४६ उपाधिका साथ फुटबलको इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमानी आफ्नो नाममा ‘नामसारी’ गरेका हुन् ।दक्षिण अमेरिकामा जन्मिएर युरोपियन फुटबलमा आफ्नो नाम कहलाएका मेसी ‘ट्रफी’ का धनी मानिन्छन् ।

Advertisement

सन् २००४ मा मेसीले डेब्यु गरेयता मेसीसँग अहिले ४६ वटा ट्रफी छन् । २० वर्षे फुबटल करिअरमा मेसीले कुल १०२ वटा ट्रफी जितेको भए पनि ४६ वटा मुख्य ट्रफीहरू हुन् । यस्तै, मार्काले साउदी अरेबियाको अल नासरका स्टार क्रिस्टियानो रोनाल्डो र ब्राजिलका हस्ती पेलेलाई पनि महान् खेलाडीको सूचिमा राखेको छ ।

मार्काले मेसीलाई ‘च्याम्पियनका पनि च्याम्पियन’ भन्दै शीर्ष स्थान राखेको छ भने पोर्चुगिज कप्तान रोनाल्डो दोस्रो र स्वर्गीय पेलेलाई तेस्रो स्थानमा सूचीकृत गरेको छ । बार्सिलोनाका पूर्वफरवार्ड मेसीले उक्त सम्मान ग्रहण गर्दै आफू अझै उपाधिको भोको रहेको सुनाएका छन् ।

परिवारको सहयोगका कारण पनि आत्मविश्वास बढेको जनाउँदै उनले भने, ’उमेर बढ्दै गए पनि म अझै पनि उपाधिको भोको छु, मेरो परिवारले उपाधि जित्ने मेरो इच्छाशक्तिलाई बढाउँदै छन्। उनीहरूको सहयोगले गर्दा पनि मलाई अरूले रोक्न असम्भव छ ।’

अर्जेन्टिनाबाट कुनै पनि उपलब्धि हासिल गर्न नसकेका बेला समय नै खराबजस्तो लागेको बताउँदै अहिले भने शान्ति मिलेको सुनाए । पारिवारिक सहयोगका कारण नै आफ्नो उपाधि यात्रामा सम्भव भएको उनको भनाइ छ ।

सर्वाधिक धेरै आठ पटक प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी‘अर जितेका मेसीले आफ्नो राष्ट्रका लागि एकपटक विश्वकप र दुई पटक कोपा अमेरिकाको उपाधि जितिसकेका छन् । यसैगरी उनले आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा हुने विश्वकपमा भेट हुने भन्दै आफ्नो खेल करिअरका बारे पनि मुख खोलेका छन् ।

उनले भनेका छन्, ’म खुसी छु, स्वस्थ छु । यही सक्षमताका आधारमा भन्नसक्छु कि २०२६ को विश्वकपमा अर्जेन्टिनासँगै हुन्छु ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top