NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा सोमवार कार्तिक ३ , २०८२
सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो.. सोमवार कार्तिक ३ , २०८२
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए सोमवार कार्तिक ३ , २०८२
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

मेसीको पूर्व क्लबसँग अल नासर,रोनाल्डो र एम्बाप्पे एकै मैदानमा

शुक्रबार कार्तिक २ , २०८१
Reading Time: 1 min read
A A
मेसीको पूर्व क्लबसँग अल नासर,रोनाल्डो र एम्बाप्पे एकै मैदानमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ कार्तिक ,एजेन्सी ।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २००९ देखि २०१८ सम्म स्पेनिस क्लब रियल मड्रिडका लागि व्यवसायिक फुटबल खेले । त्यो नौ वर्षको अवधिमा उनले पाँच वर्षको अवधिमा चार पटक च्याम्पियन्स लिगमात्र जितेनन्, व्यक्तिगत अवार्डतर्फ चारवटा बालोन डी‘ओर पनि उचाले ।

स्पेन आउनुअघि नै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडबाट उनले एउटा च्याम्पियन्स लिग र एउटा बालोन डी‘ओर जितिसकेका थिए । युनाइटेडबाट सर्वाधिक महँगो बन्दै रियलमा अनुबन्धित भएपछि उनी आफ्ना प्रतिद्वन्द्वी लियोनल मेसीलाई उछिन्दै तीन पटक गोल्डेन बुट जित्न सफल भए ।

LS Auto

रियलमै छँदा रोनाल्डोले युरोपमा उत्कृष्ट खेलाडीका रूपमा चार वटा अवार्ड पनि चुमे । रियलबाट सबैखाले प्रतियोगिता गरी ४३८ खेल खेल्दा रोनाल्डोले ४५० गोल र १३१ गोलमा आफ्नो योगदान दिए ।

रियलमा छँदा रोनाल्डो विश्वफुटबलमा हरेको दिनजस्तो समाचारको हेडलाइन बन्नेगरेका थिए । रियलबाट कुल १६ वटा उपाधि जितेका रोनाल्डोले स्पेनमा देखाएको जस्तो उत्कृष्टता अरू क्लबमा देखाउन सकेनन् ।

अनि, स्पेनमा जत्तिको अरू देशमा अडिन पनि सकेनन् । पारिश्रमिक विवादलगायत थुप्रै समस्याका कारण १० जुलाई २०१८ मा रियल छोडेर इटालियन क्लब युभेन्टस पुगेका थिए, रोनाल्डो । ३३ वर्षको उमेरमा पनि खारिलो प्रदर्शन गर्न सक्ने भएका कारण युभेन्टसले रोनाल्डोलाई ११७ मिलियन युरो खर्चिएर क्लबमा भित्र्याएको थियो ।

तर, तीन वर्ष इटालीमा बसेर पुनः युनाइटेडमा फर्किए, रोनाल्डो । युनाइटेडमा पनि प्रशिक्षकसँग टकराव हुने भएपछि उनी साउदी अरेबियन क्लब अल नासर पुगे । सन् २०२३ यता साउदी प्रो–लिग खेलिरहेका रोनाल्डो स्पेन फर्किँदै छन् ।

तर, कुनै क्लबमा अनुबन्धित हुन होइन, मैत्रीपूर्ण खेल खेल्न । रोनाल्डोआबद्ध अल नासर र स्पेनिस महारथी रियलबीच चालू सिजनको अन्त्यमा मैत्रीपूर्ण फुटबल हुन लागेको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ ।

आगामी रियाद सिजनमा मैत्रीपूर्ण खेल खेल्नका लागि क्रिस्टियानो रोनाल्डोको अल–नासरसँग छलफल हुने सम्भावना रहेको छ। साउदी प्रो लिग टोलीविरुद्ध खेल्नका लागि रियल म्याड्रिड एक प्रस्तावित क्लब हो। २०२४ को रियाद सिजन अक्टोबर १२ देखि सुरु भई २०२५ सम्म चल्नेछ ।

पत्रकार अब्दुलअजिज अल–ओसैमीका अनुसार, साउदी अरबको जनरल इन्टरटेनमेन्ट अथोरिटीका अध्यक्ष तुर्की अल–शेखले आगामी रियाद सिजनमा सम्भावित मैत्रीपूर्ण खेलबारे अल–नासरसँग छलफल गर्नेछन्।

उनले रियल मड्रिडलाई विपक्षी क्लबको रूपमा प्रस्ताव गरेको रिपोर्टमा जनाइएको छ । यसै वर्षको सुरुमा, स्पेनिस मिडिया मार्काले रोनाल्डोआबद्ध अल–नारस र रियल मड्रिडबीचको सम्भावित खेल नयाँ स्यान्टियागो बर्नाबेउ स्टेडियममा हुने जनाएको छ ।

उक्त स्टेडियमको उद्घाटन चालु सिजनको अन्त्य र २०२५ बीचमा हुने अपेक्षा गरिएको छ। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नासरसँगको खेल गराउन उत्सुक थिए। तथापि, रियल र नासरबीचको मैत्रीपूर्ण खेलबारे दुवै टोलीबाट आधिकारिक रूपमा जानकारी आएको छैन ।

तर, अब उक्त खेल भएमा रोनाल्डो पूर्वक्लब रियलविरुद्ध मैदान उत्रिने छन् भने रोनाल्डोका फ्यानसमेत रहेका किलियन एम्बाप्पेले उनीविरुद्ध खेल्नु पर्ने छ । रोनाल्डो पुगेपछि नै अल नासरले गत वर्ष फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा ब्राजिलियन स्ट्राइकर नेयमार र फ्रेन्च स्टार एम्बाप्पे रोनाल्डोको क्लबविरुद्ध मैदान उत्रिँदा मेसी भने टोलीमा थिएनन् । अल नासर र रियल मड्रिडबीच एकमात्र खेल भएको छ, जसमा साउदी क्लबले जित निकालेको छ ।

सन् २००८ मा भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली नासरले रियललाई ४–१ गोलले हराएको थियो । ७० हजार दर्शकबीच खेलाइएको खेलमा रियलका रामोस, मार्सेलो, क्यासिलास जस्ता चर्चित खेलाडी सामेल थिए । तथापि, अहिले भने रियलको टोली बलियो अवस्थामा रहेका कारण नासरमाथि हाबी हुन सक्ने आँकलन गरिएको छ ।

Tags: #पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो#रियल मड्रिड

लोकप्रीय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

विचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

थप समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
अन्तर्राष्ट्रिय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..
अन्तर्राष्ट्रिय

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

सोमवार कार्तिक ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.