इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफ

१ कात्तिक ८१, शुक्रबार

२ कार्तिक ,एजेन्सी ।

Advertisement

प्रतिबन्धित उत्तेजक पदार्थको बढ्दो व्यापारसँग जुधिरहेको इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफत गरिएको इराकी अधिकारीहरूले घोषणा गरेका छन् ।

इराक एम्फेटामाइन प्रकारको लागूपदार्थको प्रमुख मार्गका रूपमा रहेको छ र मुलुकका अधिकारीहरूले नियमित रूपमा क्याप्टागनको ठूलो मात्रा जफत गरेको घोषणा गर्छन् ।

Advertisement

यसमा अधिकांश तस्करी युद्धग्रस्त सिरियासँगको छ सय किलोमिटर खुला सीमा पार गरेर गरिन्छ ।

“छिमेकी मुलुकबाट आएको तरकारीको खेपमा ढुवानी गरिएका पाँच लाखभन्दा बढी क्याप्टागन गोली जफत गरिएको छ”, इराकको राष्ट्रिय सुरक्षा सेवाले विज्ञप्तिमा भनेको छ, “इराकको पश्चिमी अनबर प्रान्तमा केही दिनसम्म ढुकेर बसेपछि सिरियासँग जोडिएको क्षेत्रबाट यो खेप जफत गरिएको हो ।”

Advertisement

मूल रूपमा ‘ट्रान्जिट’ मुलुक भए पनि विशेषगरी क्याप्टागन र क्रिस्टल मेथाम्फेटामाइन जस्ता लागूपदार्थको प्रयोगमा इराकले हालैका वर्षहरूमा ठूलो तस्करीको सामना गरिरहेको छ ।

इराकी अधिकारीहरूले सन् २०२३ मा मात्र हालसम्मकै सबैभन्दा बढी दुई करोड ४० लाख क्याप्टागन गोली जफत गरेको संयुक्त राष्ट्रसङ्घको जुलाईको प्रतिवेदनमा उल्लेख छ ।

यो करिब चार दशमलव एक टन बराबर हो र यसको अनुमानित खुद्रा मूल्य आठ करोड ४० लाख डलरदेखि १४ करोड४० लाख डलरको बीचमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top