NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

कमाइमा पनि मेसीलाई रोनाल्डोले उछिने,सर्वाधिक कमाउने १० फुटबलर

सोमवार कार्तिक ५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
मेस्सीले भने– ‘रोनाल्डो र मेरो प्रतिस्पर्धा सधैं रहिरहन्छ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ कार्तिक ,एजेन्सी ।

साउदी अरेबियाबाट व्यवसायिक फुटबल खेल्दै आएका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । वर्षभरि सर्वाधिक रकम आर्जन गरेका १० खेलाडीको सूची सार्वजनिक गर्दै फोर्ब्सले शीर्ष स्थानमा ३९ वर्षीय रोनाल्डोलाई राखेको हो ।

फोर्ब्सले खेलाडीले क्लबसँग गरेको सम्झौताअनुसार पाउने तलब, बोनस, इमेज राइट्स, स्पोन्सरलगायतबाट जोडेर वार्षिक आम्दानी गणना गरेको छ । जसमा पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो रहेका छन् ।

फोर्ब्सका अनुसार रोनाल्डोले यस वर्ष कुल २८५ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । पछिल्लो तीन सिजन अल नासरमा रहेका रोनाल्डोले मैदानभित्रको सम्झौताबाट २२० मिलियन र स्पोन्सरबाट ६५ मिलियन कमाइ गरेका छन् ।

सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडीमा पर्छन्, रोनाल्डो । ठूला–ठूला क्लबका भन्दा बढी सोसल मिडिया फलोअर्स उनका रहेका छन् । रोनाल्डोले गत अगस्टमा मात्रै युट्युब लन्च गरेका थिए । जसमा ९० मिनेटमै एक मिलियन सब्स्क्राइब पुगे ।

रोनाल्डो विश्वचर्चित स्पोर्टस् कम्पनीहरू नाइक, हर्बालाइफ र हुपसँग जोडिएका छन् जसबाट उनले ठूलो धन आर्जन गर्छन् । रोनाल्डोका प्रतिद्वन्द्वी मानिने लियोनल मेसी सर्वाधिक धेरै कमाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।

सर्वाधिक धेरै पाँच पटकका बालोन डी‘ओर विजेता मेसीको कमाइ १३५ मिलियन डलर छ । ३७ वर्षीय मेसी हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन् । सर्वाधिक धेरै ४६ वटा ट्रफी जितेका मेसीले यसै सिजन अर्जेन्टिनाका लागि १६औँ कोपा अमेरिकाको उपाधि जिताएका थिए ।

स्पेनिस क्लब बार्सिलोनाबाट युरोपका अधिकांश चर्चित उपाधि उचालेका छन्, मेसीले । मेसीको मैदानभित्रको कमाइ ६० मिलियन डलर छ । स्पोन्सरबाट ७५ मिलियन डलर कमाउँछन् । मेसी एडिडास, एप्पल टिभी र कोनामीजस्ता विश्वचर्चित ब्रान्डसँग आबद्ध छन् ।

तेस्रो स्थानमा साउदी अरेबियाबाटै व्यवसायिक फुटबल खेलिरहेका ब्राजिलियन स्टार नेयमार रहेका छन् । सन् २०२३ को सिजनमा फ्रेन्च लिग पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर नेयमार साउदी प्रो लिग खेल्न अल हिलाल पुगेका छन् ।

तर, चोटका कारण ३२ वर्षीय उनले खासै खेल खेल्न पाएका छैनन् । झन्डै दुई वर्षको अवधिमा नेयमारले मात्र पाँच खेल खेलेका छन् । घुँडामा लागेको चोटले गर्दा एक वर्ष थलिएका नेयमार हालै मैदान फर्किएका छन् । नेयमारका लागि अल हिलालले ठूलो लगानी गरेको छ ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आउँदा उनको मूल्य २६३ मिलियन डलर थियो । अहिले नेमारको मैदानभित्रको कमाइ ८० मिलियन तथा मैदानबाहिरको कमाइ ३० मिलियन डलर रहेको छ । नेमार पुमा, रेड बुल, स्किम्स, कोनामीजस्ता ब्रान्डसँग जोडिएका छन् ।

चौथो स्थानमा आउँछन्, ३६ वर्षीय करिम बेन्जेमा । साउदीकै अल इत्तिहादबाट खेलिरहेका उनको कमाई १०४ मिलियन डलर छ । बालोन ‘डी’ ओर विजेता बेन्जेमा अहिले भने लयमा छन् । यो सिजन ६ खेलमा सात गोल गर्न सफल भइसकेका छन्, उनी ।उनका लागि साउदीको अल इत्तिहादले एक सय मिलियन डलर खर्च गरेको छ ।

फ्रान्स र रियल मड्रिडका पूर्वखेलाडीले स्पोन्सरबाट ४ मिलियन डलर कमाउँदै आएका छन् । उनी फ्रान्सले सन् २०१८ को फिफा विश्वकप र सन् २०२१ मा नेसन्स लिग उपाधि जित्दाका मुख्य खेलाडी हुन् ।पाँचौं स्थानमा हालै रियल मड्रिडमा अनुबन्धित फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे छन् ।

उनले ९० मिलियन डलर कमाउँछन् । सन् २०१७ मा मोनाकोबाट पिएसजी अनुबन्ध भएका एम्बाप्पेले च्याम्पियन्स लिग उपाधि जित्न सकेका छैनन् । सपना पूरा नभएपछि उनी यसै सिजन स्पेनको राजधानी पुगेका हुन् ।  २५ वर्षीय यी खेलाडीले फ्रान्सका लागि फिफा विश्वकप जितिसकेका छन्  ।

बाल्यकालदेखि नै रियलमा खेल्ने सपना देखेका एम्बाप्पेलाई क्लबले ८० हजार समर्थकमाझ सार्वजनिक गरेको थियो । हाल उनी नाइक, हुब्लट, फिफा ई–स्पोर्टस्सँग आबद्ध छन्  । उनी सन् २०१८ मा १९ वर्ष हुँदा डेब्यु गर्दै पेलेपछि विश्वकप खेल्ने कम उमेरको खेलाडी बनेका थिए ।

छैटौं स्थानमा रहेका म्यानचेस्टर सिटीका इयर्लिङ हालान्डको जम्मा कमाइ ६० मिलियन डलर छ भने रियल मड्रिडका भिनिसियस जुनियरले ५५ मिलियन डलर कमाइ गर्छन् । लिभरपुलका मोहम्मद सालाह, अल नासरका साडियो माने र म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन क्रमशः आठौं, नवौं र दसौं स्थानमा छन् ।

सालाहले ५३ मिलियन डलर कमाउँदा मानेले ५२ तथा ब्रुयनले ३९ मिलियन डलर कमाउने गरेको फोर्ब्सले जनाएको छ । यस्तै सातौ स्थानमा ब्राजिलियन स्टार तथा रियल म्याड्रिडका खेलाडी भिनिसियस जूनियर रहेका छन् । उनको कमाइ ५५ मिलियन डलर रहेको छ ।

आठौं स्थानमा लिभरपुलमा आवद्ध इजिप्टका ३२ वर्षे खेलाडी मोहम्मद सलाह रहेका छन् । उनको कमाइ ५३ मिलियन डलर रहेको छ। यस्तै नवौ र दशौंमा क्रमशः सेनेगलमा साडियो माने र बेल्जियमका केभिन डे ब्रुइन रहेका छन् । अल नासरमा आवद्ध मानेको कमाइ ५२ मिलियन रहेको छ भने म्यानचेस्टर सिटिका केभिन डे को कमाइ ३९ मिलियन डलर रहेको छ।

Tags: # रोनाल्डो सर्वाधिक धेरै कमाउने खेलाडी#कप्तान क्रिस्टियानो रोनाल्डो

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.