×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

५ कार्तिक २०८१

५ कार्तिक , काठमाण्डौ।

सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले यति धेरै व्यापकता पायो कि यो केवल सूचना आदानप्रदानको माध्यम मात्र नभएर अनेकन कामका लागि आकर्षक माध्यमसमेत हुन थाल्यो ।आम नागरिकदेखि विश्वका शक्तिशाली भनिएका व्यक्तिसमेत यसको प्रयोग र प्रभावबाट टाढा हुन सकिरहेका छैनन्।

Advertisement
Advertisement

अझ पश्चिमा राष्ट्रहरुका आधिकारिक निर्णयहरु,निर्वाचनको प्रचारदेखि आन्दोलनको आँधीबेहरी समेत सामाजिक सञ्जालकै माध्यमहरुबाट सृजना भएका यथेष्ट उदाहरणहरु छन् । यो क्रम नेपालमा समेत पछिल्लो समय ह्वातै बढेको छ ।

सामाजिक सञ्जालको ब्यापक प्रभावकै कारण कतिपय देशले यसलाई नियन्त्रणमा राख्ने प्रयास समेत गरेका छन् । नेपालमा समेत पछिल्लो समय ब्यापक फड्को मारेको क्षेत्र हो , सूचना र प्रविधि । यसको विकासले नै ठूलो संख्यामा नेपालीहरुले सामाजिक सञ्जालमा पहुँच पाएका छन् ।

सामाजिक संजाल नै सूचना, मनोरन्जन तथा ज्ञानसिप हालिस गर्नेदेखि यसको दूरुपयोग गरी अपराधिक घटनाहरु निम्त्याउने सम्मका लागि एक प्रमुख कारक बनेको छ । यसको प्रयोग हरेक दिन ब्यापक हुँदै गएको छ । हरेक तह र तप्काका ब्यक्तिहरुले यसलाई आफ्नो अभिब्यक्ति र दिनचर्याको उपयुक्त थलो बनाएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै फेसबुक प्रोफाइललाई हेर्ने हो भने हरेक दिन उनले आफ्नो प्रोफाइलबाट केही न केही पोस्ट गरिरहेका हुन्छन्, सार्वजनिक अभिब्यक्ति दिइरहेका हुन्छन् ।

उनले सामाजिक संजालबाटै आफूलाई सुझाव दिन भन्दै सुझाव अनुशार आफूले काम गर्ने समेत बताएका छन् । यसरी एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले सामाजिक संजालबाट सुझाव माग गरिरहदा त्यही सामाजिक संजालमा आमसर्वसाधारणले दिएको सुझावलाई एमालेकै महासचिवले भने तिरस्कार गरेका छन् ।

एमालेले पाएको १० रोपनी जग्गा दानका विषयमा सामाजिक संजालमार्फत आएका सुझावलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले वेवास्ता गरेका छन् । उनले अन्य पार्टीका नेता–कार्यकर्तालाई एमालेको चिन्ता नलिन भनेका छन् ।

सामाजिक सञ्जालमा एमालेविरुद्ध भइरहेको विरोधलाई लक्षित गर्दै उनले पार्टीको परीक्षक चुनावले गर्ने र त्यसका लागि तयार रहेको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि !’

एमालेलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिन उनको आग्रह छ । ‘जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले) ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ’, पोखरेलको भनाइ छ ।

जनताका बीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित भएको भन्दै उनले समृद्ध नेपाल सुखी नेपालीको जन आकांक्षा पूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको जनाएका छन् ।

‘तसर्थ कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ’, महासचिव पोखरेलको भनाइ छ । पछिल्लो समय व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माण गर्नका लागि १० रोपनी जग्गा र त्यसमा भवन समेत उनैले बनाइदिने भएपछि एमालेको ब्यापक आलोचना भइरहेको छ।

मीनबहादुरबाट जग्गा दान लिने निर्णयको सत्तापक्ष नेपाली काग्रेसका नेतासहित आम सर्वसाधारणले सामाजिक संजालबाट आलोचनासहित जग्गा फिर्ता गर्न र आफ्नै कार्यकर्ताको सहयोगबाट पार्टी कार्यालय बनाउन सुझाव दिएका छन् । एमालेको करोडौंको जग्गा दान लिने निर्णयको पार्टी भित्र्रै पनि आलोचना भइरहेको छ ।

यसरी आलोचना गर्नेहरुको भने एमालेले मुख थुन्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ । आइतबार बसेको अध्यक्ष ओलीसहितको बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top