ब्राजिलका राष्ट्रपतिद्धारा आगामी रुस भ्रमण रद्द

५ कार्तिक , एजेन्सी ।

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै थिए ।

तर शनिबार सिल्भा आफ्नै घरमा दुर्घटनामा परेका छन् ,उनको टाउकोमा चोट लागेको थियो । सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्नेवाला थिए ।

‘हामीले राष्ट्रपतिलाई तत्कालका लागि लामो दुरीको हवाई यात्रा नगर्न सल्लाह दिएका छौँ । अब उनले भिडियो कन्फरेन्स मार्फत यो सम्मेलनमा भाग लिनेछन’ ब्राजिलको राजधानी ब्रासिलियाको एक प्रमुख अस्पतालले भनेको छ ।

स्थानीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको बताएका छन् ।

यसअघि रुसी राष्ट्रपति पुटिनले शुक्रबार ब्राजिलमा आगामी महिना हुने जी–२० सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

रुसको अध्यक्षतामा काजानमा १६ औँ ब्रिक्स सम्मेलन हुँदैछ ।

रुसमा हुन लागेको यस सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ भन्ने रहेको छ ।

ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समेत पाँच विकासोन्मुख राष्ट्रहरूको समूह हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top