पोखरा अशान्त, प्रहरीले हान्यो अश्रुग्यास, रविका लागि सोविता लड्दै

७ कात्तिक ८१, बिहीबार

८ कार्तिक , काठमाण्डौ।

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न कास्की जिल्ला अदालतले अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ ।

सोक्रममा २ सेल अश्रुग्यास हानिएको छ । रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

आज मात्रै प्रमुख सत्तारुढ दल नेकपा एमालेले राष्ट्र सेवकलाई कानुन बमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालन गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढी भेला गर्नु गराउने आफैंमा कसुर भएको बताएको थियो ।

यस्तो कसुरमा संघीय संसदको उपस्थिति गैरकानुनी भएको भन्दै एमालेले भनेको छ, ‘यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सबै पक्ष सचेत हुनु पर्दछ ।’ उता लामिछानेले आफूमाथि राज्यपक्षले ज्यादतिपूर्ण व्यवहार गरेको गुनासो गरेका छन् ।

आज म्याद थपका लागि अदालत प्रस्तुत गरिँदा न्यायाधिससामु उनले सो गुनासो गरेका हुन् । उनले ‘माथि’ को निर्देशनमा प्रहरीले आफूलाई राम्रो व्यवहार नगरेको र मानसिक यातना दिएको दाबी गरेका थिए । रविका वकिल वरिष्ठ अधिवक्ता नारायण घिमिरेले सुरूमा रविले केही बोल्न चाहेको बताएका थिए ।

त्यसपश्चात प्रहरी उपरीक्षकले प्रश्न गरे, ‘तपाईँले कुन कागजमा हस्ताक्षर गर्नुभएको छ ?’ प्रहरीको यस्तो प्रश्नले रवि उत्तेजित बनेका थिए । उनले भने, ‘ममाथि तपाईंहरूबाट अन्यायपूर्ण व्यवहार भएको छ । राजनीतिक प्रतिशोध साँध्न खोजियो । मलाई हिरासतभित्र मानसिकरूपमा ह्यारेसमेन्ट गर्न खोजिएको छ । मैले सबैतिर बयान दिएको छु । सबै परीक्षामा पास भएको छु । मेरो कतै पनि सहभागिता नरहेको प्रष्ट भइसकेको छ । तर, राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो ।’

रविले आफ्नो स्वर चर्को हुन गएको र यो आक्रोशको अभिव्यक्ति भएको बताए । उनले आफूलाई न्यायालयप्रति विश्वास रहेको समेत उल्लेख गरेका छन् । अदालतले रविलाई थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । तर लामिछानेलाई थप २५ दिन थुनामा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

रविका वकिलहरुले थुनामा राखिरहनु नपर्ने वहस गरेका थिए । सहकारी ठगीमा रविको कुनै संलग्नता नरहेको प्रष्ट भइसकेकाले म्याद थप्नु नहुनेमा जोड दिएका थिए । सहकारी ठगीबारे छानविन गर्न बनेको संसदीय समितिले पनि रविको संलग्नता औंल्याउन नसकेको उनीहरुले बताएका थिए ।

जिल्ला अदालतमा ४ घन्टा लामो बहस भएको थियो । रविका तर्फबाट ६ जना वकिलहरुले बहसमा भाग लिए । रास्वपा सांसद समेत रहेकी अधिवक्ता सोबिता गौतमले रविको पक्षबाट बहस गरेकी थिइन् । सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् ।

नेपाल टेलिभिजनमा काम गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेकी हुन् । यस्तै विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ । २०५२ सालमा दोलखामा जन्मिएकी उनी कानुनमा स्नातक हुन् ।

यस्तै अन्य वकिलहरुमा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुबेदी, अधिवक्ता पदमराज शर्मा, अविक्ता मधुकुमार चौंलागाईं र अधिवक्ता डा.नारायण कँडेल रहेका छन् । जाहेरीकर्ताको तर्फबाट अधिवक्ता युवराज पराजुली र अधिवक्ता कृष्णप्रसाद जैसीले बहस गरे । यसैगरी तीनजना सरकारी वकिलले बहस गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top