८ कार्तिक , एजेन्सी ।
एलोन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट संसारभर धेरै लोकप्रिय छ । यसले विश्वभर इन्टरनेट कभरेज प्रदान गर्दछ । यसका लागि स्टारलिङ्कले कुनै पनि तार भूमिगत राख्नुपर्दैन ।
न त स्टारलिङ्कद्वारा कुनै पनि मोबाइल टावरहरू स्थापना गरिएको छ ।यो एक स्याटेलाइट इन्टरनेट सेवा हो, जसको सहयोगमा तार, केबल र मोबाइल टावरविना देशका दुर्गम क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट र कलिङ सुविधा उपलब्ध गराइन्छ ।
स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा स्पेसएक्स कम्पनी अन्तर्गत काम गर्दछ ।स्टारलिङ्क एक विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क हो, जसले कम–पृथ्वी कक्षामा आधारित उपग्रह प्रणालीमा काम गर्छ ।
यसले उच्च गतिको इन्टरनेट सेवामा काम गर्छ । एलोन मस्कको कम्पनी स्पेसएक्स सन् २००२ मा स्थापना भएको थियो । स्टारलिङ्क सेवा खराब मौसमलाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।
यसले वर्षा, कुहिरो र गर्मीजस्ता खराब मौसममा पनि विना अवरोध काम गर्छ । यो सेवा किटको रूपमा आउँछ । यसमा स्याटेलाइट डिस, डिस माउन्ट, वाइफाइ राउटर र वाइफाइ बूस्टर आधार एकाइ हुन्छ ।
यसमा ७५ फिट केबल जडान उपलब्ध छ । जसबाट सङ्केत प्राप्त हुन्छ । स्टारलिङ्कको इन्टनरेट कभरेज हाल ३६ देशमा विस्तार भइसकेको छ । जसमा अमेरिकाको नाम प्रमुख रूपमा रहेको छ ।
कम्पनीले सन् २०२५ सम्ममा सकेसम्म धेरै देशहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । स्टारलिङ्कले साना उपग्रहहरूको श्रृङ्खलामार्फत् उच्च गतिको डेटा प्रदान गर्दछ । १५० मेगाबिट÷सेकेन्ड (एमबीपीयस) इन्टरनेट प्रवाह गर्छ ।
यसले अमेरिकामा ९१ एमबीपीएस, क्यानाडामा ९७ एमबीपीएस र अस्ट्रेलियामा १२४ एमबीपीएस डाउनलोड गति प्रदान गर्दछ ।