×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

राजनीतिका चतुर खेलाडी कमल थापाको खेल जीवन

९ कार्तिक २०८१

९ कार्तिक , काठमाण्डौ।

उमेरले ७० पुग्न लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा खेल र राजनीति दुवैतर्फ सक्रिय छन् । खेलाडी हुँदै राजनीतितिर हानिएका थापा उपप्रधान तथा गृहमन्त्रीसम्म बन्न सफल भए ।

Advertisement
Advertisement

नेपाली फुटबल टिमको कप्तानीसमेत गरेका थापा टेबल टेनिसका पनि कुशल खेलाडी हुन् । २६ वर्षकै उमेरमा एन्फाको नेतृत्व गरेका थापाले दशरथ रंगशालामा भएको दुर्घटनापछि भने राजीनामा दिएका थिए ।

२०४४ सालमा रंगशालामा भएको भागदौडमा ९३ जनाको मृत्यु भएपछि एन्फा अध्यक्षको पदबाट राजीनामा दिएका थापाले खेलकुदका अरू संघ–संस्थामा सहभागी भए । राखेपदेखि एफएसीसम्मका सदस्य भएर खेलकुदको विकासमा तल्लीन बनेका उनी दलीय राजनीतिमा भने सधैं सत्ताकेन्द्रित बनिरहे ।

विचार मिल्ने–नमिल्ने सबै दलबाट मन्त्री भएका छन्, थापा । २०५२ सालयता नौ पटक मन्त्री बनेका थापाले खेलकुद भने अझै छोड्न सकेका छैनन् । यो उनको सकारात्मक पक्ष हो ।

अहिले पनि राजनीतिमा सक्रिय रहेका थापाले ललितपुरको सातदोबाटोमा जारी चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता थापाले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जितेका हुन् ।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिङ्गल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे ।

फुटबल, स्क्वास हुँदै अहिले लनटेनिसका खेलाडी रहेका थापा पञ्चायतदेखि गणतन्त्रसम्म जसरी राजनीतिमा छन्, त्योभन्दा पहिलेदेखि खेलकुदमा छन् । लनटेनिसका भेट्रान खेलाडी थापाको खेलकुदको सुरुवात फुटबलबाट भएको हो।

नेपाली घरेलु फुटबलमा सक्रिय रहँदै एन्फाको अध्यक्षसमेत बनेका थापा नेपाली राजनीतिमा अहिले उस्तै सक्रिय छन्। थापाले एक सिजनसहिद स्मारक लिग प्रतियोगिताको बी डिभिजनमा खेलेका थिए ।

त्यो बेला विद्यार्थी खेल मण्डल भन्ने टिम बी डिभिजन क्लबलाई ए डिभिजनमा उकाल्न थापाको महत्त्वपूर्ण योगदान थियो । १७ वर्षको उमेरदेखि उनले ए डिभिजनबाट फुटबल खेलेका थिए ।

२०३५ सालसम्म संकटाबाट घरेलु लिग खेलेका उनले त्यसबेलाको प्रतिष्ठित त्रिभुवन च्यालेन्ज सिल्ड पनि जितेका थिए । २०३५ को अन्त्यतिर फुटबल संघको अध्यक्ष भएपछि युवा अवस्थामा नै फुटबलबाट सन्यास लिएका थिए, उनले  त्यसबीचमा थापाले केही समय स्क्वास पनि खेले ।

तर, विस्तारै राजनीतितिर समय बढी दिन थालेपछि खेलकुदमा उनको समय कम भयो।तथापि, खेलप्रति उनको प्रेम औधी नै छ । उनी नेपाली राष्ट्रिय टिमको खेल हेर्न समय छुट्याउँछन्।

उमेर ढल्किए पनि अझै केही खेलका प्रतिस्पर्धामा उत्रिन्छन्। प्रतियोगितामा भाग लिन देश–विदेश पुग्छन्।उमेर बढ्दै गए पनि थापाको जोश घटेको छैन। खानपिनमा अनुशासित उनी दैनिक व्यायाम गर्छन्।

पटक–पटक सत्तामा बसेका थापाले राप्रपा त्यागेर राप्रपा नेपालको नेृतृत्व गरिरहेका छन् । राप्रपाको अध्यक्षका लागि भएको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा पूर्वराजा ज्ञानेन्द्र शाहर निर्मल निवासप्रति असन्तुष्ट बनेका थिए ।

Advertisement

त्यसपछि उनले पार्टी परित्याग गरी राप्रपा नेपालको घोषणा गरेका थिए।पञ्चायतकालमा विद्यार्थी मण्डलबाट राजनीतिमा छिरेका उनी आफूलाई गणतन्त्रवादी नेता देखाउने प्रयास समेत नगरेका होइनन्।पछिल्लो पटक भने उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top