NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

भारतविरुद्धको खेलमा साम्बासँग कति आशा राख्ने ?

शुक्रबार कार्तिक ९ , २०८१
Reading Time: 1 min read
A A
साम्बाको टिम फाइनल पुग्नबाट रोकियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ कार्तिक , काठमाण्डौ।

स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमा सातौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो । साफको इतिहासमै पहिलोपल्ट नेपालले भुटानसँग बराबरीको नतिजा आत्मसात् गरेको थियो ।

चाहेर पनि भुटानसँगको खेलमा उपस्थित हुन सकेकी थिइनन्, साम्बा । फ्रान्समा रहेर व्यवसायिक फुटबल खेलिरहेकी साम्बा नेपाल आइपुगेकी थिइनन् । इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्लब ड्युटीका कारण सो खेल गुमाएकी थिइन् ।

जुन, खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । भुटानविरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो । त्यसअघिका चार भेटमा नेपाल भुटानविरुद्ध एकपक्ष रूपमा हाबी रहँदै आएको थियो ।

नेपालले साफका चार भेटमा भुटानको पोस्टमा २३ गोल गरेको थियो । जसमा सावित्रा एक्लैले ९ गोल गरेकी थिइन् । त्यसैले पनि नेपाली टोलीले भुटानविरुद्ध सावित्राको अभाव महसुस गरेको थियो ।

समूह चरणको दोस्रो खेलअन्तर्गत माल्दिभ्समाथि फराकिलो जित निकाल्दा ‘गोल मेसिन’ का नामले परिचित फरवार्ड ‘साम्बा’बेञ्चमा बसिन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले उनलाई आराम दिएका थिए ।

सो खेलमा नेपालले माल्दिभ्समाथि ११–० गोलको फराकिलो जित आत्मसात् गरेको थियो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो । त्यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो।

माल्दिभ्सविरुद्ध नेपालकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरिन्। तेस्रो खेलमा भने साम्बा सुरुआती–११ मै थिइन् ।

श्रीलंकाविरुद्ध मैदान उत्रिएकी साम्बाले एक गोल पनि गरिन् ।सात हजार घरेलु समर्थकमाझ नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसि र सविता रानामगरले समान एक गोल थपेका थिए ।

श्रीलंकासँगको खेलमा समूह ‘बी’ को विजेता बन्न नेपाललाई ६–० ले जित्नै पर्ने दबाब थियो ।एकै समूहमा रहेको भुटानले दिनको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेसँगै नेपाललाई यो दबाब थपिएको थियो ।

तर, उक्त समीकरणअनुरुपको जित निकालेसँगै भुटानलाई गोलआधारमा पछि पार्दै नेपाल समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश ग¥यो । अब, आइतबार साँझ नेपालले सधैंभरि उपाधि यात्रामा बाधक बन्ने भारतको सामना गर्ने छ ।

जुन खेल साम्बाले पनि खेल्ने सम्भावना भएका कारण टोलीमा केही राहत थपिएको छ । यसअघि गत संस्करणमा पनि नेपालले सेमिफाइनमा भारत नै प्रतिद्वन्द्वी पाएको थियो । दशरथ रंगशालामै भएको उक्त खेलमा नेपालले भारतलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

त्यसबेला नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । नेपालले भारतलाई साफमा हराएको त्यो नै पहिलोपटक थियो भने समग्रमा दोस्रो पटक थियो ।

त्यसअघि भने ६ वर्ष पहिले हिरो गोल्ड कपमा नेपालले भारतलाई उसैको मैदानमा २–१ गोलले हराएको थियो, जसमा सावित्रा भण्डारी र अनिता बस्नेतले एक–एक गोल गरेका थिए ।

अहिले पनि भारतविरुद्ध मैदान उत्रिन तयार देखिएको नेपाल सावित्राको आगमनले गर्दा हौसिएको छ । युरोपियन लिगको अनुभव संगालेकी २७ वर्षीय सावित्राले टिममा हुँदा अन्य खेलाडीको आत्मविश्वासमा पनि उत्तिकै बढोत्तरी हुने आँकलन गरिन्छ ।

मुख्य प्रशिक्षक तामाङले सेमिफाइनलमा भारतविरुद्ध जित्नेगरी खेल्ने बताएका छन् । श्रीलंकाविरुद्ध सुरुमै गोल गर्न सफल भए पनि दोस्रो हाफमा रक्षात्मक खेल खेल्दै काउन्टर अट्याकमा दबाब दिने योजना फेल भएको उनको भनाइ छ ।

सावित्रालाई धेरै निगरानीमा राखिँदा उनलाई तल झारेर खेल्न लगाएका कारण गोलान्तर बढाउने नेपालको सपनाले आकार लिन सकेन । अब, भारतको पछिल्लो खेल हेरेर काम गर्ने रु जसरी पनि सेमिफाइनल जित्न खेल्ने नेपालको योजना छ ।

Tags: #भारतविरुद्धको खेल#साम्बाको आगमन#साम्बासँग कति आशा राख्ने ?#स्ट्राइकर सावित्रा भण्डारी

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.