भारतविरुद्धको खेलमा साम्बासँग कति आशा राख्ने ?

९ कात्तिक ८१, शुक्रबार
Share this
660shares

९ कार्तिक , काठमाण्डौ।

Advertisement

स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमा सातौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो । साफको इतिहासमै पहिलोपल्ट नेपालले भुटानसँग बराबरीको नतिजा आत्मसात् गरेको थियो ।

चाहेर पनि भुटानसँगको खेलमा उपस्थित हुन सकेकी थिइनन्, साम्बा । फ्रान्समा रहेर व्यवसायिक फुटबल खेलिरहेकी साम्बा नेपाल आइपुगेकी थिइनन् । इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्लब ड्युटीका कारण सो खेल गुमाएकी थिइन् ।

Advertisement

जुन, खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । भुटानविरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो । त्यसअघिका चार भेटमा नेपाल भुटानविरुद्ध एकपक्ष रूपमा हाबी रहँदै आएको थियो ।

नेपालले साफका चार भेटमा भुटानको पोस्टमा २३ गोल गरेको थियो । जसमा सावित्रा एक्लैले ९ गोल गरेकी थिइन् । त्यसैले पनि नेपाली टोलीले भुटानविरुद्ध सावित्राको अभाव महसुस गरेको थियो ।

Advertisement

समूह चरणको दोस्रो खेलअन्तर्गत माल्दिभ्समाथि फराकिलो जित निकाल्दा ‘गोल मेसिन’ का नामले परिचित फरवार्ड ‘साम्बा’बेञ्चमा बसिन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले उनलाई आराम दिएका थिए ।

सो खेलमा नेपालले माल्दिभ्समाथि ११–० गोलको फराकिलो जित आत्मसात् गरेको थियो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो । त्यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो।

माल्दिभ्सविरुद्ध नेपालकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरिन्। तेस्रो खेलमा भने साम्बा सुरुआती–११ मै थिइन् ।

श्रीलंकाविरुद्ध मैदान उत्रिएकी साम्बाले एक गोल पनि गरिन् ।सात हजार घरेलु समर्थकमाझ नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसि र सविता रानामगरले समान एक गोल थपेका थिए ।

श्रीलंकासँगको खेलमा समूह ‘बी’ को विजेता बन्न नेपाललाई ६–० ले जित्नै पर्ने दबाब थियो ।एकै समूहमा रहेको भुटानले दिनको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेसँगै नेपाललाई यो दबाब थपिएको थियो ।

तर, उक्त समीकरणअनुरुपको जित निकालेसँगै भुटानलाई गोलआधारमा पछि पार्दै नेपाल समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश ग¥यो । अब, आइतबार साँझ नेपालले सधैंभरि उपाधि यात्रामा बाधक बन्ने भारतको सामना गर्ने छ ।

जुन खेल साम्बाले पनि खेल्ने सम्भावना भएका कारण टोलीमा केही राहत थपिएको छ । यसअघि गत संस्करणमा पनि नेपालले सेमिफाइनमा भारत नै प्रतिद्वन्द्वी पाएको थियो । दशरथ रंगशालामै भएको उक्त खेलमा नेपालले भारतलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

त्यसबेला नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । नेपालले भारतलाई साफमा हराएको त्यो नै पहिलोपटक थियो भने समग्रमा दोस्रो पटक थियो ।

त्यसअघि भने ६ वर्ष पहिले हिरो गोल्ड कपमा नेपालले भारतलाई उसैको मैदानमा २–१ गोलले हराएको थियो, जसमा सावित्रा भण्डारी र अनिता बस्नेतले एक–एक गोल गरेका थिए ।

अहिले पनि भारतविरुद्ध मैदान उत्रिन तयार देखिएको नेपाल सावित्राको आगमनले गर्दा हौसिएको छ । युरोपियन लिगको अनुभव संगालेकी २७ वर्षीय सावित्राले टिममा हुँदा अन्य खेलाडीको आत्मविश्वासमा पनि उत्तिकै बढोत्तरी हुने आँकलन गरिन्छ ।

मुख्य प्रशिक्षक तामाङले सेमिफाइनलमा भारतविरुद्ध जित्नेगरी खेल्ने बताएका छन् । श्रीलंकाविरुद्ध सुरुमै गोल गर्न सफल भए पनि दोस्रो हाफमा रक्षात्मक खेल खेल्दै काउन्टर अट्याकमा दबाब दिने योजना फेल भएको उनको भनाइ छ ।

सावित्रालाई धेरै निगरानीमा राखिँदा उनलाई तल झारेर खेल्न लगाएका कारण गोलान्तर बढाउने नेपालको सपनाले आकार लिन सकेन । अब, भारतको पछिल्लो खेल हेरेर काम गर्ने रु जसरी पनि सेमिफाइनल जित्न खेल्ने नेपालको योजना छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top