NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

खामेनीका अघि एकातिर कुवा अर्कातिर खाडल

आइतवार कार्तिक ११ , २०८१
Reading Time: 1 min read
A A
खामेनीका अघि एकातिर कुवा अर्कातिर खाडल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ कार्तिक , विराटनगर।

इरानमा इजरायली हमलाले मध्य पूर्वमा युद्ध थप फराकिलो हुँदै गएको छ । अहिलेसम्म चलिरहेको प्रोक्सी वारमा अब इजरायल र इरान सिधै आमनेसामने आएका छन् । शनिबारको हमलाले अब दुई देशबीचको युद्ध तन्किदै जाने विश्लेषण भइरहेका छन् ।

यद्यपि शनिबारको आक्रमण पछि आफ्नो बदला पुरा भएको र हाललाई थप हमला नगर्ने पनि इजरायलले बताएको छ । तर यता इरानले भने इजरायलले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ र ठूलो जवाफी कारबाहीको तयारी गरिरहेको छ ।

LS Auto

रुससहित अरब देशहरुले इजारयली आक्रमणको निन्दा गरेका छन् । यता अमेरिकासहित पश्चिमा देशहरुले भने अब इरानलाई जवाफ नफर्काउन सचेत गराएका छन् । यसबीच इरानका सर्वोच्च नेता खामेनेईका अगाडि कयौं प्रश्नहरु छन् ।

खामेनेई र उनका प्रमुख सल्लाहकारहरुद्वारा लिने निर्णयहरु थप खराब स्थितिबाट जोगिने वा जोखिम मोल्ने भन्नेमा केन्द्रित हुनेछन् । अब खामेनेईले कठिन विकल्पहरु मध्येमा सबैभन्दा कम खराब विकल्पको निर्णय लिनु पर्ने विश्लेषकहरुको बुझाई छ ।

अर्को शब्दमा भन्ने हो भने खामेनेईका अघि एकातर्फ कुवा छ, अर्कोतर्फ खाडल । अर्थात एकातर्फ युद्धबाट पछाडी हटे डरपोकको ट्याग लाग्नेछ । उसले विश्वसामू झुकेको महशुस गर्नेछ । यतिमात्रै होइन आफ्नै नागरिकलाई जवाफ दिन गारो हुनेछ ।

किनभने यसअघि झण्डै २०० मिसाइलहरु इजरायलमा हान्दा इरानीहरुमा बेग्लै उत्साह र गर्व देखिएको थियो । अर्कातर्फ देशलाई युद्धमा धकेल्ने हो भने कठोर नोक्सानी उठाउनु पर्छ, जुन पहिलादेखि नै उठाइरहेको छ ।

यस्तोमा अब फेरि जवाफ दिनेभन्दै मिसाइलहरुको लहर इजरायलमा ताक्ने हो भने इजरायल पनि सहेर बस्नेवाला छैन । जुन उसले शनिबार नै जनाइसकेको छ । अर्कोतर्फ आफ्नो आफ्नो क्षेत्रहरुमा प्रत्यक्ष हमलाहरुको विनाशकारी आदान–प्रदान अन्तर्गत एक रेखा खिच्ने निर्णय पनि खामेनिईले लिनुपर्नेछ ।

यदी इरानले आफ्नो आगोलाई रोक्छ भने उसका लागि अर्को जोखिम हुनेछ । त्यो हो, उ संयुक्त राज्य अमेरिकाद्वारा समर्थित इजरायलको सैन्य शक्ति र राजनीतिक दृढ संकल्पबाट कमजोर, भयवित र डराएको देखिने छ । यस्तोमा खामेनीको पहिलो प्रतिक्रिया आएको छ

उनले इजरेली आक्रमणमा मारिएका चार सैनिकका परिवारलाई भेटेपछि इजरायलको आक्रमणलाई बढाइचढाइ र कम आँकलन गर्न नहुने बताएका छन् ।यद्यपि, उनले यसको प्रतिक्रियाका सम्बन्धमा सावधानी देखाएका छन् र इरानले स्थितिलाई गम्भीर रूपमा मूल्याङ्कन गरिरहेको बताएका छन् ।

खामेनीको टिप्पणीले इरानले आक्रमणको प्रतिक्रियालाई सावधानीपूर्वक विचार गरिरहेको संकेत गर्दछ। खामेनीले भनेका छन्, ’दुई रात अघि इजरायली शासनले गरेको कुकर्मलाई बढाइचढाइ र न्यूनीकरण गर्नु हुँदैन।’ “इरानी जनताको इच्छाशक्ति र शक्तिको बारेमा इजरायली शासनलाई कसरी विश्वस्त पार्ने र यस राष्ट्रको हितमा के कदम चाल्ने भन्ने निर्णय गर्नु अधिकारी र सेनाको काम हो,“ ।

इजरायली हमलाको अगाडि नै र पछि पनि इरानको आधिकारिक मिडियाले एक यस्तोे विद्रोही बयान दिएको थियो जसले पहिलो नजरमै जवाफ दिने निर्णय पहिला नै लिइसकेको दर्शाएको थियो । यसको भाषा इजरायलसंग मिल्दोजुल्दो थियो ।

जसमा हमलाविरुद्ध स्वयंको रक्षा गर्ने आफ्नो अधिकारलाई हवाला दिइएको थियो । तर अबको कदम यति भयंकर हुनसक्छ, र आफैलाई ब्याकफायर हुनसक्ने देखिदा भने इरानले आफ्नो चेतावनीहरुलाई फिर्ता लिने निर्णय पनि गर्न सक्छ, कम्तिमा पनि अहिलेलाई ।

एक साताअघि, इरानका विदेश मंत्री अब्बास अराघचीले टर्कीको एनटीभी नेटवर्कसंग भनेका थिए, “इरानमा कुनैपनि हमला हाम्रालागि रेड लाइन पार गर्नुजस्तो मानिने छ” । इजरायली हमलाको केही घण्टा पहिला, इरानी विदेश मंत्रालयका प्रवक्ता इस्माइल बाकईले पनि भनेका थिए, “इरानविरुद्ध इजरायली शासनद्वारा कुनै पनि आक्रमणको सम्पूर्ण शक्तिका साथ जवाफ दिइनेछ” ।

उनले भनेका थिए, यो सुझाव दिनु “निकै भ्रामक र निराधार” छ कि इरान सिमित इजरायली हमलाको जवाफ दिदैन । पछिल्लो समय इजरायलले आफ्नो हमला तिब्र पार्दै लगेको छ । चाहे त्यो गाजामा होस, लेबनानमा वा सिरिया लगायतमा ।

अहिले इरानमा गरेको हमलालाई उसले जवाफी कारबाही मात्रै भनेको छ जुन हाललाई पूरा भएको जनाएको छ । तर इरानलाई उसले हमासको आक्रमणका लागि महत्वपूर्ण समर्थक मान्दछ र हिज्बुल्लाह पनि इरानसमर्थित नै संगठन हो ।

यसकारण कुनै न कुनै दिन इजरायलले ठूलो आक्रमण गर्ने इरानले बुझेकै थियो । त्यसैले यसअघि इरानले इजरायललाई पटक पटक संकेत पनि दिएको थियो कि उ इजरायलसंग पूर्ण युद्ध चाहादैन । तेहरानीहरुले सोचेका थिए कि उनीहरुसंग पूर्ण युद्धभन्दा राम्रो उपाय छ ।

त्यो हो तथाकथित सहयोगीहरु र प्रोक्सीको प्रयोग । यमनमा हूथीहरुले लाल सागरमा शिपिंगलाई अवरुद्ध र नष्ट गरे । लेबनानबाट हिज्बुल्लाहले रकेट फायर गरेर कमसेकम ६० हजार इजरायलीहरुलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारे ।

तर के भयो, युद्धको ६ महिनापछि इजरायलको जवाफी हमलाले दक्षिणमा शायद दुई गुणाभन्दा धेरै लेबनानीहरुले आफ्नो घर छाड्नु पर्यो । यद्यपि, इजरायलले योभन्दा धेरै ठूलो नोक्सानी पुर्याउने तयारी गरेको थियो ।

उसले चेतावनी दिएको थियो कि यदी हिजबुल्लाहले इजरायलमा आफ्ना गोलाबारी नरोके र सीमाबाट पछाडी नहटे ठूलो कारबाहीमा पर्नेछ । यसबीच इजराइलले इरानको पूर्ण युद्ध लड्ने अनिच्छालाई कमजोरीको रूपमा हेर्यो र इरान र उसका सहयोगीहरुमाथि दबाव बढाइरह्यो ।

१ अप्रिलमा इजरायलको हवाई हमलाले सिरियाको राजधानी दमास्कशमा इरानको कुटनीतिक परिसरको एक भागलाई नै नष्ट गरिदियो । यसमा इरानका शीर्ष कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रजा जाहेदीका साथै इरानको इस्लामिक रिवोल्यूशनरी गार्ड कर्प्सका अन्य वरिष्ठ अधिकारीहरु पनि मारिए ।

१३ अप्रिलमा इरानले ड्रोन, क्रूज र ब्यालिस्टिक मिसाइलहरुले हमला गर्यो । तर अधिकांशलाई इजरायलले नष्ट पार्यो । अहिले फेरि सटिक हमलालाई सफलतापूर्वक सम्पन्न गरेको दाबी गरिरहेको छ । यस्तोमा युद्धरत देशहरुलाई जब लाग्दछ कि यदी उसले जवाफ दिएन भने उसलाई कमजोर र हतोत्साहित मानिनेछ ।

अनि यस्तो मनस्थितिमा थप जवाबी हमलाको निरन्तरको क्रम जारी रहनेछ जसलाई रोक्न मुश्किल पर्छ । युद्ध नियंत्रणबाहिर पुग्छ । अहिले इरानले पनि यस्तै सोचिरहेको छ । यस्तोमा अब प्रश्न उठ्छ, के इरान युद्धको यो चरणमा कमसेकम इजरायललाई अंतिम शब्द भन्नका लागि तयार छ ? एक पटक फेरि, मध्य पूर्व निर्णय पर्खिरहेको छ ।

यसबीच इरानको सबैभन्दा मूल्यवान सम्पत्तिहरु अर्थात, तेल र परमाणु साइटहरुमा आक्रमण नगर्ने इजरायलको निर्णयले शायद तेहरानलाई आफ्नो प्रतिक्रिया टार्ने अवसर दिनसक्छ । गत महिना संयुक्त राष्ट्र महासभामा,इरानीहरुले सुझाव दिएका थिए कि उनीहरु परमाणु वार्ताका लागि एक नयाँ चरणका लागि तयार छन् ।

यस्ता कुराहरुले मध्यपूर्व बाहिरको दुनियाका लागि निकै महत्वपूर्ण अर्थ राख्छ। इरानले सधै नै उसले परमाणु बम चाहेको कुरालाई नकार्दै आएको छ । तर उसको परमाणु विशेषज्ञता र यूरेनियमको संवर्धनले यसमा उसको पहुँच रहेको मानिन्छ ।

इरानी नेता आफ्ना दुश्मनहरुलाई रोक्नका लागि एक नयाँ तरिका खोजिरहेका छन् । आफ्नो ब्यालिस्टिक मिसाइलहरुका लागि परमाणु हतियार विकसित गर्नु उनीहरुको एजेन्डामा हुनसक्छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #इरानमा इजरायली हमला#नेपाल टाइम्स् ट्रेडिंग#मध्य पूर्वमा युद्ध

लोकप्रीय

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.