NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

भारतविरुद्धको सेमिफाइनल किन तनावग्रस्त बन्यो?रेफ्रीको भूमिकामा प्रश्न

सोमवार कार्तिक १२ , २०८१
Reading Time: 1 min read
A A
भारतविरुद्धको सेमिफाइनल किन तनावग्रस्त बन्यो?रेफ्रीको भूमिकामा प्रश्न
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ कार्तिक , काठमाण्डौ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । नेपाल र बंगलादेशले आइतबार सेमिफाइनल जित्दै फाइनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा काठमाडौं मै भएको साफको उपाधिका लागि पनि यी दुई टोली भिडेका थिए ।

जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो । सातौं संस्करणको च्याम्पियनसिपको आइतबारको पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेशले भुटानलाई ७–१ ले हराएर फाइनलमा स्थान बनाएको छ ।

घरेलु टोली नेपालले भने तनावग्रस्थ सेमिफाइनलमा पाँच पटकको विजेता भारतलाई पेनाल्टीसुटआउटमा ४–२ ले पराजित गर्दै फाइनल पुगेको छ । अब फाइनल खेल बुधबार हुनेछ । नेपाल समग्रमा छैटौं पटक र बंगलादेश तेस्रो पटक फाइनल पुगेको हो ।

लगातार तेस्रो पटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप खेलिरहेको नेपाली टोली यस पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । फाइनलको ढोका खोल्नुअघिको सेमिफाइनलमा भने हिजो भारतसंगको नेपालको खेल निकै तनावग्रस्थ बन्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदासम्म स्थिति सामान्य नै थियो । तर, ५२औँ मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्डपछि रातो कार्डसहित मैदान छोडेपछि खेलले बेग्लै रुप लियो ।

भारतीय डिफेन्स लाइनमा विपक्षी डिफेन्डरमाथि हवाई जम्प गर्दा उनलाई भुटानी फिफा रेफ्री ओम चोकीले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड देखाउन हिचकिचाहट देखाइनन् । त्यसअघि उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो पहेलो कार्डको सामना गरेकी थिइन् ।

रेखा बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको थियो । रेखाले पाएको कार्डप्रति असन्तुष्ट बनेका दर्शकले ५२औँ मिनेटदेखि नै मैदानमा पानी र कोल्ड ड्रिक्सका बोतल प्रहार गरेका थिए । जसका कारण खेल करिब १५ मिनेट रोकिएको थियो ।

खेल पुनः सुरु हुँदा नेपालले १० खेलाडीमा खेलेको थियो । ६२औँ मिनेटमा भारतकी संगीता बासफोरेले गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखेकी थिइन् । गोलपछि सेलिब्रेसन गर्न भारतका सबै खेलाडी मैदान छोडेर बाहिर आए ।

यही स्थितिमा नेपालले रेफ्रीको अनुमतिमा खेल सुरु गर्दै भारतीय खेलाडी नहुँदाको अवसर सदुपयोग गरेर गोल गरेको थियो । नेपालकी प्रीति राईले गोल गर्दै टिमलाई बराबरीमा फर्काएकी थिइन् । तर, रेफ्रीकै प्ले अनमा खेल सुरु भए पनि नेपालको गोललाई भने उनले मान्यता दिइनन् ।

यसपछि उब्जिएको तनावले खेल पुनः ५ मिनेटभन्दा धेरै समयका लागि रोकियो । रेफ्री गोललाई मान्यता नदिने निर्णयमा अडिग रहिन् । नेपालले पुनः मध्यबाट खेल सुरु गर्यो । तर, खेल सुरु भएको केही सेकेन्डमै दर्शकबाट पुनः बोतल र कोल्ड ड्रिंक्सका बोतल फ्याक्न थालेपछि खेल फेरि रोकिएको थियो ।

यसपछि भने नेपाली खेलाडीले पनि खेललाई निरन्तरता दिने मनसाय देखाएनन् । दर्शकबाट बनेको तनावग्रस्त वातावरण र नेपाली खेलाडी पनि रुष्ट बन्दा खेल १ घण्टा १५ मिनेटसम्म सुरु हुन सकेन ।

रंगशालामा उपस्थित भएकाहरूका निम्ति यो कुनै आश्चर्यभन्दा कम थिएन । यस अवधिमा नेपालकी सावित्रा भण्डारी मैदान नै छोडेर चेन्जिंग जाने आउने गरिरहेकी थिइन् । “रेफ्रीले गोल नदिनुमा दुई कारण देखाइन् । पहिले विपक्षी टिमका प्रशिक्षक मैदानभित्र रहेको र दोस्रो अर्को टिमको गोलकिपर आफ्नो पोजिसनमा नभएको ।

यी दुवै कारण नियमअनुसार थिएनन् । यसैकारण नेपाली खेलाडी खेल अघि नबढाउने मनसायमा पुगे,” मैदानमा भएको घटनाबारे स्पष्टीकरण दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने १ घण्टा १५ मिनेट रोकिएपछि खेल पुनः सुरु भयो ।

भुटानी रेफ्रीले ६३औँ मिनेटबाट खेल पुनः सुचारु गरेका थिए । “हाम्रा खेलाडी खेललाई निरन्तरता दिन मानिरहेका थिएनन् । तर, आयोजक साफबाट खेलको नतिजा भारतको पक्षमा जाने र आगामी प्रतियोगितामा निलम्बितसमेत हुनसक्ने भन्दै तर्साएपछि भने हामीले नेपालको एफएको इज्जतको लागि भए पनि खेललाई निरन्तरता दिने निर्णयमा पुग्यौँ,”।

खेल सुरु भएको अर्को मिनेटमा नै १० खेलाडीमा खेलिरहेको नेपालले बराबरी गोल फर्कायो । प्रीति राईले मध्यक्षेत्रबाट निकालेको थ्रो बललाई साम्बाले नियन्त्रण लिँदै सुन्दर काउन्टर गोल गर्दा नेपाल खेलमा फर्किएको थियो ।

गोलको खुसियाली मनाउने क्रममा उनले अविश्वसनीय रूप पनि देखाइन । यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल भएन । अनि नतिजाका लागि पेनाल्टीतर्फ धकेलिएको थियो ।

अन्ततः साबित्रा भण्डारी साम्बाको एग्रेसन र गोल अनि पेनाल्टी सुटआउटमा अन्जनाको बचाउमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर लगातार दोस्रोपटक साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।

नेपालले साफमा भारतलाई लगातार दोस्रोपटक हराएको हो भने समग्रमा छैटौंपटक साफको फाइनलमा पुगेको हो । यसबीच भारतीय प्रशिक्षक सन्तोष कश्यपले नेपाली टिम जितको हकदार भएको बताउदै नेपाली टिमलाई शुभकामना पनि दिए ।

खेलमाथि आफ्नो टिमको पकड रहेर पनि त्यसलाई गुमाउनुपरेको उनले स्वीकार गरे । हिजोको खेलमा दर्शकको उत्साह पनि अथाह देखियो । सेमिफाइनल खेल हेर्न दशरथ रंगशालाको फुटबल मैदानमा १८ हजारभन्दा बढी उपस्थित भएका थिए ।

जबकी दशरथ रंगशालाको क्षमता भने १५ हजार हो । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो । सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए भने बस्ने ठाउँ नपाएर उभिएका थिए ।

Tags: #दर्शकको उत्साह र साम्बाको जोश#भारतविरुद्धको सेमिफाइनल#साफ वुमन्स च्याम्पियनसिप २०२४#सेमिफाइनल

लोकप्रीय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

विचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने
अन्तर्राष्ट्रिय

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान
अपराध

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.