×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

भारतविरुद्धको सेमिफाइनल किन तनावग्रस्त बन्यो?रेफ्रीको भूमिकामा प्रश्न

१२ कार्तिक २०८१

१२ कार्तिक , काठमाण्डौ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । नेपाल र बंगलादेशले आइतबार सेमिफाइनल जित्दै फाइनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा काठमाडौं मै भएको साफको उपाधिका लागि पनि यी दुई टोली भिडेका थिए ।

Advertisement
Advertisement

जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो । सातौं संस्करणको च्याम्पियनसिपको आइतबारको पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेशले भुटानलाई ७–१ ले हराएर फाइनलमा स्थान बनाएको छ ।

घरेलु टोली नेपालले भने तनावग्रस्थ सेमिफाइनलमा पाँच पटकको विजेता भारतलाई पेनाल्टीसुटआउटमा ४–२ ले पराजित गर्दै फाइनल पुगेको छ । अब फाइनल खेल बुधबार हुनेछ । नेपाल समग्रमा छैटौं पटक र बंगलादेश तेस्रो पटक फाइनल पुगेको हो ।

लगातार तेस्रो पटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप खेलिरहेको नेपाली टोली यस पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । फाइनलको ढोका खोल्नुअघिको सेमिफाइनलमा भने हिजो भारतसंगको नेपालको खेल निकै तनावग्रस्थ बन्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदासम्म स्थिति सामान्य नै थियो । तर, ५२औँ मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्डपछि रातो कार्डसहित मैदान छोडेपछि खेलले बेग्लै रुप लियो ।

भारतीय डिफेन्स लाइनमा विपक्षी डिफेन्डरमाथि हवाई जम्प गर्दा उनलाई भुटानी फिफा रेफ्री ओम चोकीले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड देखाउन हिचकिचाहट देखाइनन् । त्यसअघि उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो पहेलो कार्डको सामना गरेकी थिइन् ।

रेखा बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको थियो । रेखाले पाएको कार्डप्रति असन्तुष्ट बनेका दर्शकले ५२औँ मिनेटदेखि नै मैदानमा पानी र कोल्ड ड्रिक्सका बोतल प्रहार गरेका थिए । जसका कारण खेल करिब १५ मिनेट रोकिएको थियो ।

खेल पुनः सुरु हुँदा नेपालले १० खेलाडीमा खेलेको थियो । ६२औँ मिनेटमा भारतकी संगीता बासफोरेले गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखेकी थिइन् । गोलपछि सेलिब्रेसन गर्न भारतका सबै खेलाडी मैदान छोडेर बाहिर आए ।

यही स्थितिमा नेपालले रेफ्रीको अनुमतिमा खेल सुरु गर्दै भारतीय खेलाडी नहुँदाको अवसर सदुपयोग गरेर गोल गरेको थियो । नेपालकी प्रीति राईले गोल गर्दै टिमलाई बराबरीमा फर्काएकी थिइन् । तर, रेफ्रीकै प्ले अनमा खेल सुरु भए पनि नेपालको गोललाई भने उनले मान्यता दिइनन् ।

यसपछि उब्जिएको तनावले खेल पुनः ५ मिनेटभन्दा धेरै समयका लागि रोकियो । रेफ्री गोललाई मान्यता नदिने निर्णयमा अडिग रहिन् । नेपालले पुनः मध्यबाट खेल सुरु गर्यो । तर, खेल सुरु भएको केही सेकेन्डमै दर्शकबाट पुनः बोतल र कोल्ड ड्रिंक्सका बोतल फ्याक्न थालेपछि खेल फेरि रोकिएको थियो ।

यसपछि भने नेपाली खेलाडीले पनि खेललाई निरन्तरता दिने मनसाय देखाएनन् । दर्शकबाट बनेको तनावग्रस्त वातावरण र नेपाली खेलाडी पनि रुष्ट बन्दा खेल १ घण्टा १५ मिनेटसम्म सुरु हुन सकेन ।

रंगशालामा उपस्थित भएकाहरूका निम्ति यो कुनै आश्चर्यभन्दा कम थिएन । यस अवधिमा नेपालकी सावित्रा भण्डारी मैदान नै छोडेर चेन्जिंग जाने आउने गरिरहेकी थिइन् । “रेफ्रीले गोल नदिनुमा दुई कारण देखाइन् । पहिले विपक्षी टिमका प्रशिक्षक मैदानभित्र रहेको र दोस्रो अर्को टिमको गोलकिपर आफ्नो पोजिसनमा नभएको ।

यी दुवै कारण नियमअनुसार थिएनन् । यसैकारण नेपाली खेलाडी खेल अघि नबढाउने मनसायमा पुगे,” मैदानमा भएको घटनाबारे स्पष्टीकरण दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने १ घण्टा १५ मिनेट रोकिएपछि खेल पुनः सुरु भयो ।

भुटानी रेफ्रीले ६३औँ मिनेटबाट खेल पुनः सुचारु गरेका थिए । “हाम्रा खेलाडी खेललाई निरन्तरता दिन मानिरहेका थिएनन् । तर, आयोजक साफबाट खेलको नतिजा भारतको पक्षमा जाने र आगामी प्रतियोगितामा निलम्बितसमेत हुनसक्ने भन्दै तर्साएपछि भने हामीले नेपालको एफएको इज्जतको लागि भए पनि खेललाई निरन्तरता दिने निर्णयमा पुग्यौँ,”।

खेल सुरु भएको अर्को मिनेटमा नै १० खेलाडीमा खेलिरहेको नेपालले बराबरी गोल फर्कायो । प्रीति राईले मध्यक्षेत्रबाट निकालेको थ्रो बललाई साम्बाले नियन्त्रण लिँदै सुन्दर काउन्टर गोल गर्दा नेपाल खेलमा फर्किएको थियो ।

गोलको खुसियाली मनाउने क्रममा उनले अविश्वसनीय रूप पनि देखाइन । यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल भएन । अनि नतिजाका लागि पेनाल्टीतर्फ धकेलिएको थियो ।

अन्ततः साबित्रा भण्डारी साम्बाको एग्रेसन र गोल अनि पेनाल्टी सुटआउटमा अन्जनाको बचाउमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर लगातार दोस्रोपटक साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।

नेपालले साफमा भारतलाई लगातार दोस्रोपटक हराएको हो भने समग्रमा छैटौंपटक साफको फाइनलमा पुगेको हो । यसबीच भारतीय प्रशिक्षक सन्तोष कश्यपले नेपाली टिम जितको हकदार भएको बताउदै नेपाली टिमलाई शुभकामना पनि दिए ।

खेलमाथि आफ्नो टिमको पकड रहेर पनि त्यसलाई गुमाउनुपरेको उनले स्वीकार गरे । हिजोको खेलमा दर्शकको उत्साह पनि अथाह देखियो । सेमिफाइनल खेल हेर्न दशरथ रंगशालाको फुटबल मैदानमा १८ हजारभन्दा बढी उपस्थित भएका थिए ।

जबकी दशरथ रंगशालाको क्षमता भने १५ हजार हो । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो । सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए भने बस्ने ठाउँ नपाएर उभिएका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top