रुस–युक्रेन युद्ध मोदीले रोक्न सक्ने जेलेन्स्कीलाई विश्वास

१२ कार्तिक , एजेन्सी ।

Advertisement

रुस र युक्रेनबीचको युद्ध कहिले अन्त्य हुन्छ, यो कसैलाई पनि थाहा छैन । तर यो ३ वर्ष पुग्न लागेको युद्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोक्न सक्छन् भन्ने विश्वास स्वयं युक्रेनी राष्ट्रपतिले गरेका छन् ।

जेलेन्स्कीले भनेका छन्, मोदीले नै रुस–युक्रेन युद्धलाई किनारा लगाउँन सक्छन् । योमात्रै होइन कुनै पनि युद्धलाई मोदी वा भारतले शान्तिमा परिणत गर्नसक्ने उनले बताएका छन् ।

Advertisement

खासमा मोदीमात्र एक यस्ता नेता हुन् जसले यो युद्धकाबीचमा दुवै देशको भ्रमण गरे, दुवै राष्ट्रपतिसंग अंकमाल गरे र युद्ध वार्ताद्वारा अन्त्य गर्न सुझाए । हुनतः चीन, टर्किएजस्ता देशले पनि युद्धका दौरान कयौं पटक मध्यस्तताका निम्ती प्रयास गरे ।

तर उनीहरुले युद्धको समर्थन नगरेपनि रुसको पक्षमा खुलेको भान गराए । यी देशहरुले अमेरिकासहितका मुलुकहरुले युद्धलाई थप चर्काएको र त्यो काम रोक्नेवित्तिकै युद्ध अन्त्य हुने दाबीसमेत गरे । जसरी पुटिनको उनीहरुले मन जिते, जेलेन्स्कीको मन भने जित्न सकेनन् ।

Advertisement

मोदीले भने एकै महिनाभित्र दुवै राष्ट्रपतिसंग मस्को र किभमा वार्ता अटेन्ड गरे । संख्याको हिसाबले पुटिनसंगको मोदीको भेट बढी भयो तर उनले जेलेन्स्कीलाई पनि ढाडस दिए। उनले शान्तिका लागि भारत तटस्थ रहेको विश्वास दिलाए ।

उनले भारत सधैं शान्तिको वकालत गर्ने र वार्ताका माध्यमबाट युद्ध अन्त्य गर्ने कुरामा अडिक रहेको जनाए । यसैबीच टाइम्स अफ इंडियालाई दिएको एक अन्तर्वार्तामा यूक्रेनी राष्ट्रपतिले मोदीले नै रुस र युक्रेनबीचमा वार्ता गराउन सक्ने बताएका छन् ।

यो भारतमा नै हुनेमा कुनै शंका छैन । उनले अगाडि भनेका छन् । तर मलाई लाग्छ कि हामी आफै पनि तयार रहनुपर्छ र त्यो पनि आफ्नो हिसाबले । किनभने युद्ध हाम्रो भूमिमा भइरहेको छ । हामीसंग एक मञ्च छ र त्यो हो शान्ति शिखर सम्मेलन ।

खासमा पछिल्लो केही समयदेखि जेलेन्स्कीले दबाब महसुस गरिरहेका छन् । अमेरिकी चुनावलाई लिएर पनि यूक्रेनले आगामी दिनमा सैन्य सपोर्ट जारी रहनेमा संशय गरेको छ । अमेरिका नै उसको सबैभन्दा ठूलो सैन्य स्रोत हो ।

यदि अमेरिकामा सरकार बदलियो भने यूक्रेनमाथि त्यसको ठूला असर पर्नेछ । डोनाल्ड ट्रम्प आएभने निश्चय नै अहिलेको अवस्था फेरिने छ । त्यसैले जेलेन्स्की त्यसअघि नै कुनै निचोडमा पुग्न चाहान्छन् ।

यद्यपि, भारत यूक्रेनमा शांति ल्याउनका लागि काम गर्न तयार छ भन्ने मोदीको बयानले मात्रै नपुग्ने बरु यसलाई कार्यान्वयनमा ल्याउन पनि युक्रेनी राष्ट्रपतिले सुझाएका छन् । उनले भनेका छन्, मोदी वास्तवमा एक ठूलो देशका प्रधानमन्त्री हुन् ।

यस्तो देशले केबल हामी युद्धको समाप्तिमा रुची राख्छौं भन्नमात्रै हुँदैन । प्रधानमन्त्री मोदीले युद्धको अन्त्यका लागि निकै ठूलो प्रभाव पार्न सक्छन् । रूसी अर्थव्यवस्थालाई अवरुद्ध पार्नु, सस्तो ऊर्जा संसाधनलाई अवरुद्ध गर्नु, रूसका रक्षा–औद्योगिक परिसरलाई अवरुद्ध गर्ने हो भने हामीविरुद्ध युद्ध छेड्ने मस्कोको क्षमतामा कमी आउने छ।

जेलेन्स्कीले दिएका यी सुझावहरु भने भारतले मानिहाल्ने देखिदैन । किन भने अहिले भारतले रुससँग कीर्तिमानी व्यापार गरिरहेको छ । पश्चिमा कम्पनीले रुसी बजार छाडेपछि उनीहरुको स्थान भारतीयहरुले लिएका छन् ।

यस्तै भारतले सस्तो मूल्यमा रुसी इन्धन खरिद गरेर तेस्रो मुलुकलाई बेचिरहेको छ । यद्यपि भारतले शान्तिवार्ताका लागि भने मध्यस्तता गर्न सक्ने देखिन्छ । किनभने मोदीलाई विश्व नेताको उपाधि पनि रहर छ ।

यस्तोमा स्वयं युद्धरत देशहरु रुस र युक्रेनले नै यो युद्ध अन्त्यका लागि भारतको महत्वपूर्ण भूमिका रहने स्वीकारेका पनि छन् । यसबीच रूसले भने पछिल्लो समय यूक्रेनमा आक्रमण झनै तिब्र पारेको छ ।

आइतबार जेलेन्स्कीले रूसले गत साता यूक्रेनमा ११०० भन्दा धेरै निर्देशित हवाई बम हानेको दाबी गरेका छन् । यसका साथै ५६० भन्दा धेरै स्ट्राइक ड्रोन र विभिन्न प्रकारका लगभग २० मिसाइलहरु पनि हानेको बताएका छन् ।

युक्रेनी राष्ट्रपतिले एक्समा पोस्ट गर्दै भनेका छन्, रुसले युक्रेनमा आफ्नो सैन्य कारबाही बन्द गरेको छैन । उसले दैनिक विभिन्न प्रकारका हतियारहरुको प्रयोग गरेर हाम्रा मानिसहरु, शहरहरु र गाउँहरुविरुद्ध आक्रामकता शुरू गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top