×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

काठमाडौंमा प्लास्टिकका माला बेचे कारबाही, फूल बेच्न तोकिए ४६ स्थान

१३ कार्तिक २०८१

१३ कार्तिक , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाले लाखौं रुपैयाँ बराबरको प्लास्टिकका पुष्पगुच्छा, फूलमाला जफत गरेको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले तिहारमा प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएका छन् ।

Advertisement
Advertisement

उनले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको बताएका छन् । यो वर्षको दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा ४६ स्थानमा स्वदेशमा उत्पादित फूलको बिक्री–वितरणको व्यवस्था गरिएको महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी गराएका छन् ।

कसैले लुकीछिपी प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गरेको पाइए कारबाही गरिने महानगरले चेतावनी दिएको छ । महानगरले स्वदेशी फूलको बिक्री–वितरणका लागि यी स्थान समेत तोकिदिएको छ ।
१. आरती पार्टी प्यालेस, माछापोखरी

२. बुद्धमहल, माछापोखरी

३. बालाजु भाटभटेनी, माछापोखरी

४. भ्याली कोल्ड स्टोर, बालाजु

५. सामुदायिक भवन, बालाजु

६. धर्मचक्र पार्क, स्वयम्भू

७. स्वयम्भू मार्ट

८. भाटभटेनी, कलंकी

९. कलंकी ट्रेड सेन्टर, कलंकी

१०. एसएनएस, कलंकी

११. एनबीटीसी, कलंकी

१२. नेपा ब्यांक्वेट, खुसिँबु

१३. बिग मार्ट, कालधारा, पकनाजोल

१४. साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी

१५. काठमाडौं मल, सुन्धारा

१६. सिभिल मल, सुन्धारा

१७. सीटीसी मल, सुन्धारा

१८. रञ्जना मल, नयाँ सडक

१९. बिग मार्ट कम्प्लेक्स, अनामनगर

२०. एटी कम्प्लेक्स, न्यु प्लाजा

२१. भाटभटेनी, अनामनगर

२२. आईटी प्लाजा, कमलादी

२३. संकटा चोक, टेवहाल

२४. केएल टावर, चाबहिल

२५. बी एन्ड एसएम, बौद्ध

२६. भर्गो जापान, शंखमूल

२७. आइप्लेक्स, बानेश्वर

२८. एनबी सेन्टर, नयाँ बानेश्वर

२९. फोनिक्स टावर, बत्तीसपुतली

३०. चाबहिल फुटबल चौर, चाबहिल गणेशस्थान

३१. बिगमार्ट, शंखमूल

३२. बीबीएसएम, कोटेश्वर

३३. सिफल चौर, सिफल

३४. केटीएम पार्टी प्यालेस

३५. निराकल कम्प्लेक्स, शंखमूल

३६. एसी कम्प्लेक्स, चाबहिल

३७. भाटभटेनी, कोटेश्वर

३८. भाटभटेनी, नक्साल

३९. बिग मार्ग, बालुवाटार

४०. सेल्सबेरी, महाराजगन्ज

४१. भाटभटेनी, महाराजगन्ज

४२. कोइराला मार्ट, सामाखुसी

४३. बिग मार्ट, सामाखुसी

४४) सिटी सेन्टर, कमलपोखरी

४५. ल्होत्से मल, बालाजु

४६. सासा ब्यांक्वेट, सोह्रखुट्टे

महानगरको प्रहरीको टोलीले सोमबार मात्रै थोक बिक्री हुने महाबौद्धको विभिन्न होलसेल पसलमा छापा मारी सयौं माला, पुष्पगुच्छा र लक्ष्मीपूजामा प्रयोग हुने विभिन्न प्रकारका प्लास्टिकका प्रतिबन्धित सामग्री बरामद गरेको थियो ।

महानगर वातावरण व्यवस्थापन विभागले आइतबार प्रतिबन्धित प्लास्टिकजन्य सामग्री र फूलमाला जफत गर्ने सूचना जारी गरेको थियो । सो सूचनाको अटेर गरेपछि कामपा प्रहरीले छापा मारेको हो ।

कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार बजारमा जताततै प्लास्टिकको फूलमाला बिक्रीमा राखेको जानकारी पाएपछि जफत गरेको हो । विभागको सूचनाको आधारमा कामपा प्रहरी टोलीले राजधानीको थोक बिक्री हुने महाबौद्ध र कालिमाटी, ताहाचल, बानेश्वरलगायत दर्जन बढी पसल छापा मारेर प्लास्टिकको फूलमाला र पुष्पगुच्छा बरामद गरेको हो ।

कामपा प्रहरी बल प्रमुख पाण्डेले सोमबारबाट सबै वडाका प्लास्टिकको माला बिक्री गर्ने पसलमा प्रहरी परिचालन गरेको जानकारी दिएका छन् । कामपाले सोमबार फूलमाला जफत गर्न दर्जनौं प्रहरी परिचालन गरेको थियो ।

कामपा विभागले एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला बिक्रीवितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा पूर्णरूपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, बिक्रीवितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको उल्लेख गरेको थियो।

सरकारले २०७२ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाको ४ किल्ला तोकेर प्लास्टिकका झोला प्रयोग निषेध गरेको थियो। वैशाख १ देखि लागू हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला आयात, भण्डारण, बिक्रीवितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

त्यसको निरन्तरता दिँदै ६ वर्ष अघि २०७५ फागुनमा सूचना जारी गरी उपत्यकामा ४० र उपत्यका बाहिर ३० माइक्रोनभन्दा पातलो झोलामा प्रतिबन्ध लगाएको थियो । झोलासँगै अवैध रूपमा ४० माइक्रोनभन्दा कमको प्लास्टिकको फूलमाला बिक्री भइरहेको छ।

यस्तै, २०७८ माघ १७ गते प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेको थियो। पुनः १ साउन २०७९ मा देशभरि प्लास्टिकका फूल गुच्छा उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो।

Advertisement

सरकारले प्लास्टिकको फूलमाला बिक्रीमा रोक लगाएको सूचना जारी गरेपनि काठमाडौं महानगरबाहेक अन्य स्थानीय तहमा धमाधम बिक्री भइरहेको छ। महानगरले प्लास्टिकको माला बिक्री गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने समेत जनाएको छ।a

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top