विराटनगर, असोज ९
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा रहेका विद्यालयभित्र रहेका भद्रगोल चिर्न आफू सक्रिय रहेको बताएका छन् । पुर्वाअञ्चल विश्वविधालयको दुई दिने वर्कशपको विराटनगरमा मंगलबार उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यमान अबस्थामा विश्वविधालयको अबस्था भद्रगोल भएकाले आफु त्यसको अन्त्यका लागि क्रियाशिल रहेको जानकारी दिए ।
उनले मुलुकका सबै विश्वविद्यालयको सुधार र पुनर्गठन प्रक्रियामा आफुरहेको भन्दै विश्यविधालय सुधारका लागि विश्वविधालयका पदाधिकारी, प्राध्यापकहरूको महत्वपूर्ण सहयोगको अपेक्षा समेत राखे ।
कार्यक्रममा पुर्वाअञ्चल विश्वविधालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासले सबैको सामुहिक प्रयासबाट यस विश्वविधालयलाई गौरव गर्न लायक विश्वविधालय बनाउन आग्रह गरे । मन्त्री पोखरेलले त्यसअघि शैक्षिक भवन,प्राशासनिक भावन र सरस्वती मन्दिरको उद्घाटन गरेका थिए ।
दुई दिनसम्म चल्ने सो वर्कशपमा व्यवस्थापन संकाय,विज्ञान तथा प्रविधि संकायकला, शिक्षाशास्त्र, चिकित्साशास्त्र संकाय अन्तर्गतका क्याम्पस÷कलेजहरुका लागि शिक्षण संस्थाहरुको प्रभावकारी गुणस्तर सुधारका लागि आवश्य रणनीति तयार पारिने बताइएको छ ।