×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

रणमैदान बन्नबाट बच्यो दशरथ रंगशाला, फाइनलको टिकट ८० लाख!

१३ कार्तिक २०८१

१३ कार्तिक , काठमाण्डौ।

हारको रनाहामा रहेको साफमा ५ पटकको च्याम्पियन भारत नेपालविरुद्धको खेलका लागि उजुरी गर्ने तयारीमा पुगेको छ । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ ।

Advertisement

खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आइतबार राती भएको खेल रेफ्रीको विवादास्पद निर्णयका कारण नेपालले खेल्न नमानेपछि करिब एक घण्टा रोकिएको थियो।

रेफ्रीको निर्णयलाई लिएर दर्शकले मैदानमा बोतलहरू प्रहार गरेका थिए। पुनः सुरु भएको खेलमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पु¥याएको थियो। त्यसपछि नेपाल टाइब्रेकरमा ४–२ गोलले विजयी भएर फाइनल पुग्यो।

खेल रोकिनुअघि भारत १–० गोलले अगाडि थियो भने नेपाल १० खेलाडीमा सीमित थियो। आइतबार दशरथ रंगशालामा नेपाल र भारतले निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेपछि फाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकर पुग्नुअघि खेल पूरै तनावपूर्ण बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२औँ मिनेटमा रेखा पौडेलले रातो कार्ड पाएपछि विवाद सुरु भएको थियो । रेखाले रातो कार्ड पाउँदा दर्शकले बोतल प्रहार गरेका थिए ।

रेफ्रीलाई नै बोतल लागेपछि खेल १५ मिनेट रोकिएको थियो । तर, रेखाको गल्ती नभएको भन्दै नेपाली समर्थकले विरोध जनाएपछि रेफ्री आफ्नो निर्णयमा अडिग रहिन् । रेखाले बल ट्याकल मात्रै गरेको देखिएपछि आक्रोशित दर्शकले मैदानमा बोतल फाल्न थालेका थिए ।

पछि पुनः सुरु भएको खेलको ७२औँ मिनेटमा भारतका लागि संगीता बास्फोरेले १–० को अग्रता दिलाएकी थिइन् । भारतीय खेलाडीले आफ्नो साइडमा सेलिब्रेसन गरिरहेका थिए । तर, रेफ्री भुटानी ओम चोकीले नेपाललाई बल चलाउन संकेत गरेकी थिइन् ।

सावित्रा भण्डारीले बढाएको बललाई प्रीति राईले पोस्टभन्दा ३५ यार्डबाट गोल गर्दैै नेपाललाई १–१ को बराबरीमा पु¥याइन् । नेपालले बराबरी गोल फर्काएपछि खेलाडीले खुसीयाली मनाए । तर, भारतीय खेलाडीले प्रीतिको गोल अस्वीकार गरेका थिए ।

रेफ्री ओम चोकीले पनि आफ्नो निर्णय फिर्ता लिइन् । जुन विश्व फुटबलका लागि नौलो थियो । त्यसपछि खेलमा तनाव सुरु भयो । ७१औँ मिनेटदेखि १३९ मिनेटसम्म खेल अवरुद्ध भयो । एक घण्टा पाँच मिनेटपछि खेल सुचारु भयो ।

खेल सुरु भएलगत्तै सावित्राले प्रीतिको थ्रु पासमा भारतीय गोलरक्षक र रक्षकलाई बिट गर्दै गोल गरेकी हुन् । उक्त बराबरी गोलपछि नै खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा नेपालका लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गरेका थिए ।

भारतबाट मनीषा र पुरुषोत्तम सिर्भोइकरले गोल गरे । कप्तान असलताको प्रहारलाई नेपालकी गोलरक्षक अञ्जना रानामगरले रोकिन् । अञ्जनाले चानु सोरोखैबामको प्रहारलाई असफल बनाइन् ।नेपालकी अमिषा कार्कीले सहजै गोल गर्दै नेपाललाई लगातार दोस्रोपटक फाइनलमा पु¥याइन् ।

नेपाल लगातार पाँच संस्करणमा भारतसँग चार फाइनल र एक सेमिफाइनलमा पराजित भएको थियो । दुई वर्षअघि दशरथ रंगशालामै भएको छैटौँ संस्करणको सेमिफाइनलमा नेपालले रश्मिकुमारी घिसिङको गोलमा भारतलाई पहिलोपटक हराएको थियो ।

जसको बदला नेपालले लिइछाड्यो । अब, फाइनलमा बंगलादेशलाई हराउँदै नेपालले गत संस्करणको बदला पनि लिने अपेक्षा गरिएको छ । तनाव र रोमाञ्चकताले भरिएको खेल जितेर फाइनल पुगेको नेपालले बुधबार बंगलादेशविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र बंगलादेश लगातार दोस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन् । अघिल्लो संस्करणमा बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि नेपाल उपाधि जित्नबाट बञ्चित भएको थियो । बंगलादेशले भने पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै जारी संस्करणको फाइनलमा स्थान पक्का गरेको थियो ।

अब नेपालले खेल्ने ऐतिहासिक उपाधि नजिकको आफ्नो फाइनल खेलमा सबैको नजर अडिएको छ । फाइनल खेलपनि भारतकै जस्तो हुने त होइन् भन्ने डर खेलप्रेमीहरुमा देखिएको छ । फुटबल मैदानमा अन्तिम निर्णय नै रेफ्रीको हुने भएकाले नै रेफरी इज रेफरी भनिन्छ ।

तर तिनै रेफ्रीका कारण विभिन्न उथलपुथलका घटनाहरु निम्तिने गरेका छन् । त्यसको एक सानो उदाहरण हो नेपाल र भारतबीचको खेल र रेफ्रीको भूमिका । रेफ्रीकै निर्णयपछि रंगशालामा पुगेका १८ हजार बढी नेपाली समर्थकको आक्रोश थेग्न नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलको तयारीमा कुनै कसर नराखिएको बताएको छ। फाइनलका लागि एन्फा आफैंले टिकट बिक्री गर्ने भएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो।

आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो। लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै बंगलादेश र नेपालबीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको थियोे।

एन्फाले जावलाखेल खेलमैदान, एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट बुधबार बिहान सामान्यतर्फ १० हजार टिकट बिक्री गर्ने जनाएको छ।

Advertisement

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top