NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

रणमैदान बन्नबाट बच्यो दशरथ रंगशाला, फाइनलको टिकट ८० लाख!

मङ्लबार कार्तिक १३ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
भारतविरुद्धको सेमिफाइनल किन तनावग्रस्त बन्यो?रेफ्रीको भूमिकामा प्रश्न
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ कार्तिक , काठमाण्डौ।

हारको रनाहामा रहेको साफमा ५ पटकको च्याम्पियन भारत नेपालविरुद्धको खेलका लागि उजुरी गर्ने तयारीमा पुगेको छ । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ ।

खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आइतबार राती भएको खेल रेफ्रीको विवादास्पद निर्णयका कारण नेपालले खेल्न नमानेपछि करिब एक घण्टा रोकिएको थियो।

रेफ्रीको निर्णयलाई लिएर दर्शकले मैदानमा बोतलहरू प्रहार गरेका थिए। पुनः सुरु भएको खेलमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पु¥याएको थियो। त्यसपछि नेपाल टाइब्रेकरमा ४–२ गोलले विजयी भएर फाइनल पुग्यो।

खेल रोकिनुअघि भारत १–० गोलले अगाडि थियो भने नेपाल १० खेलाडीमा सीमित थियो। आइतबार दशरथ रंगशालामा नेपाल र भारतले निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेपछि फाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकर पुग्नुअघि खेल पूरै तनावपूर्ण बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२औँ मिनेटमा रेखा पौडेलले रातो कार्ड पाएपछि विवाद सुरु भएको थियो । रेखाले रातो कार्ड पाउँदा दर्शकले बोतल प्रहार गरेका थिए ।

रेफ्रीलाई नै बोतल लागेपछि खेल १५ मिनेट रोकिएको थियो । तर, रेखाको गल्ती नभएको भन्दै नेपाली समर्थकले विरोध जनाएपछि रेफ्री आफ्नो निर्णयमा अडिग रहिन् । रेखाले बल ट्याकल मात्रै गरेको देखिएपछि आक्रोशित दर्शकले मैदानमा बोतल फाल्न थालेका थिए ।

पछि पुनः सुरु भएको खेलको ७२औँ मिनेटमा भारतका लागि संगीता बास्फोरेले १–० को अग्रता दिलाएकी थिइन् । भारतीय खेलाडीले आफ्नो साइडमा सेलिब्रेसन गरिरहेका थिए । तर, रेफ्री भुटानी ओम चोकीले नेपाललाई बल चलाउन संकेत गरेकी थिइन् ।

सावित्रा भण्डारीले बढाएको बललाई प्रीति राईले पोस्टभन्दा ३५ यार्डबाट गोल गर्दैै नेपाललाई १–१ को बराबरीमा पु¥याइन् । नेपालले बराबरी गोल फर्काएपछि खेलाडीले खुसीयाली मनाए । तर, भारतीय खेलाडीले प्रीतिको गोल अस्वीकार गरेका थिए ।

रेफ्री ओम चोकीले पनि आफ्नो निर्णय फिर्ता लिइन् । जुन विश्व फुटबलका लागि नौलो थियो । त्यसपछि खेलमा तनाव सुरु भयो । ७१औँ मिनेटदेखि १३९ मिनेटसम्म खेल अवरुद्ध भयो । एक घण्टा पाँच मिनेटपछि खेल सुचारु भयो ।

खेल सुरु भएलगत्तै सावित्राले प्रीतिको थ्रु पासमा भारतीय गोलरक्षक र रक्षकलाई बिट गर्दै गोल गरेकी हुन् । उक्त बराबरी गोलपछि नै खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा नेपालका लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गरेका थिए ।

भारतबाट मनीषा र पुरुषोत्तम सिर्भोइकरले गोल गरे । कप्तान असलताको प्रहारलाई नेपालकी गोलरक्षक अञ्जना रानामगरले रोकिन् । अञ्जनाले चानु सोरोखैबामको प्रहारलाई असफल बनाइन् ।नेपालकी अमिषा कार्कीले सहजै गोल गर्दै नेपाललाई लगातार दोस्रोपटक फाइनलमा पु¥याइन् ।

नेपाल लगातार पाँच संस्करणमा भारतसँग चार फाइनल र एक सेमिफाइनलमा पराजित भएको थियो । दुई वर्षअघि दशरथ रंगशालामै भएको छैटौँ संस्करणको सेमिफाइनलमा नेपालले रश्मिकुमारी घिसिङको गोलमा भारतलाई पहिलोपटक हराएको थियो ।

जसको बदला नेपालले लिइछाड्यो । अब, फाइनलमा बंगलादेशलाई हराउँदै नेपालले गत संस्करणको बदला पनि लिने अपेक्षा गरिएको छ । तनाव र रोमाञ्चकताले भरिएको खेल जितेर फाइनल पुगेको नेपालले बुधबार बंगलादेशविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र बंगलादेश लगातार दोस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन् । अघिल्लो संस्करणमा बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि नेपाल उपाधि जित्नबाट बञ्चित भएको थियो । बंगलादेशले भने पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै जारी संस्करणको फाइनलमा स्थान पक्का गरेको थियो ।

अब नेपालले खेल्ने ऐतिहासिक उपाधि नजिकको आफ्नो फाइनल खेलमा सबैको नजर अडिएको छ । फाइनल खेलपनि भारतकै जस्तो हुने त होइन् भन्ने डर खेलप्रेमीहरुमा देखिएको छ । फुटबल मैदानमा अन्तिम निर्णय नै रेफ्रीको हुने भएकाले नै रेफरी इज रेफरी भनिन्छ ।

तर तिनै रेफ्रीका कारण विभिन्न उथलपुथलका घटनाहरु निम्तिने गरेका छन् । त्यसको एक सानो उदाहरण हो नेपाल र भारतबीचको खेल र रेफ्रीको भूमिका । रेफ्रीकै निर्णयपछि रंगशालामा पुगेका १८ हजार बढी नेपाली समर्थकको आक्रोश थेग्न नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलको तयारीमा कुनै कसर नराखिएको बताएको छ। फाइनलका लागि एन्फा आफैंले टिकट बिक्री गर्ने भएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो।

आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो। लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै बंगलादेश र नेपालबीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको थियोे।

एन्फाले जावलाखेल खेलमैदान, एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट बुधबार बिहान सामान्यतर्फ १० हजार टिकट बिक्री गर्ने जनाएको छ।

Tags: #भारतले  साफमा उजुरी गर्ने

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.