किम र पुटिनले अमेरिकालाई घुँडा टेकाए,चीनसँग बिन्ती गर्नुपर्यो

Share this
739shares

१६ कार्तिक , विराटनगर।

Advertisement

उत्तर कोरियाले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गरेको निष्कर्षमा अमेरिकासहित युक्रेन पुगेपछि यसले युद्धमैदानको अवस्था परिवर्तन गरिदिएको छ । रुसले कोरियाली सेनाको प्रत्यक्ष सहयोगमा लगातार युक्रेनविरुद्ध विजय हासिल गर्न थालेको छ ।

यसले युक्रेनलाई रुसविरुद्ध जुनसुकै प्रकारको सहयोग गरिरहेको अमेरिकाको वेचैनी बढेको छ । हालैको एक रिपोर्टले युद्धमा उत्तर कोरियाली सेनाको संलग्नताले रसियालाई युक्रेनी क्षेत्रहरू द्रुत रूपमा कब्जा गर्न सहज बनाएको दाबी गरेको छ।

Advertisement

किम जोङ उनको यो कदमले अमेरिका र उसका सहयोगीहरूलाई किनारमा पारेको छ। यसैकारण अमेरिकाले अहिले उत्तर कोरियालाई रोक्नका लागि चीनसँग बिन्ती गरिरहेको छ। वास्तवमा किम जोङले युक्रेनविरुद्ध रुसलाई हतियार मात्र हस्तान्तरण गरेका छैनन् उनले युद्धभूमिमा लड्न उत्तर कोरियाली सेना पनि पठाएका छन् ।

युक्रेनविरुद्धको युद्धमा सहयोग गर्न उत्तर कोरियाले रुसलाई सेना पठाएपछि अमेरिका र दक्षिण कोरियाले चीनसँग सम्पर्क गरेका छन्। अमेरिकाले चीनलाई रुस र उत्तर कोरियामा आफ्नो प्रभाव प्रयोग गरी तनाव बढ्नबाट रोक्न आग्रह गरेको छ।उत्तर कोरियाबाट रुसमा सेना पठाउने विषयमा चीन अहिलेसम्म मौन रहेको छ।

Advertisement

यस हप्ताको सुरुमा, तीन शीर्ष अमेरिकी कूटनीतिज्ञहरूले संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूतसँग भेट गरेर अमेरिकी चिन्तालाई जोड दिँदै उत्तर कोरिया र रसियाबीचको सहयोगलाई कमजोर पार्न आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेको विदेश विभागका अधिकारीलाई उधृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेका छन् ।

अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टनी ब्लिन्केनले बिहीबार भनेका छन् कि दुई पक्षले यस हप्ता ठोस वार्ता गरेका थिए र चीनलाई अमेरिकाका अपेक्षाहरू थाहा छ कि उनीहरूले यी गतिविधिहरू रोक्नको लागि आफ्नो प्रभाव प्रयोग गर्नेछन्।

रक्षा मन्त्री लोयड अस्टिन र उनका दक्षिण कोरियाली समकक्षीहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै ब्लिन्केनले आफूहरुले उठाएको यो माग अमेरिकाको मात्रै नभएर विश्वका अन्य देशहरुको समेत रहेको बताएका छन् ।

“युक्रेन सङ्कटमा चीनको स्थिति तार्किक र स्पष्ट छ“, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्ग्युले एक विज्ञप्तिमा भनेका छन्, उनले युक्रेन सङ्कटको राजनीतिक समाधान र शान्ति वार्ताका लागि चीनले काम गरिरहेको बताएका छन् ।

चीनले यस दिशामा रचनात्मक भूमिका निर्वाह गर्नेछ अमेरिकी आग्रह पछि उनले प्रतिक्रिया दिएका छन् । यता संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबिचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ ।

“उत्तर कोरिया र रूस दुई स्वतन्त्र सार्वभौम राष्ट्र हुन् । उनीहरूले द्विपक्षीय सम्बन्ध कसरी विकास गर्छन् भन्ने कुरा उनीहरूको आफ्नै विषय हो,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन् । युक्रेनमाथिको आक्रमणको फाइदा उठाउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाबाट सैनिक र सैन्य सामग्री स्वीकार गरेका छन् ।

एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक रुसले आफ्नो भूमिमा विदेशी सेनालाई आमन्त्रण गरेको हो । अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसमा रहेका १० हजार उत्तर कोरियाली सैनिकमध्ये करिब आठ हजार कुस्र्क सीमा क्षेत्रमा पुगेको बताएका छन् ।

उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाली सेनामाथि आफ्ना सहयोगीले गरेको अकर्मण्यताको निन्दा गर्दै चीनको ‘मौनता’बाट आफू आश्चर्यचकित भएको बताएका छन् । जवाफमा बेइजिङले शुक्रबार उत्तर कोरिया र रूसबीच द्विपक्षीय आदानप्रदान र सहयोगको विशिष्ट अवस्थाबारे आफूलाई थाहा नभएको बताएको छ ।

लिनले भनेका छन् , “विभिन्न पक्षले स्थितिलाई सहज बनाउने र युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि काम गर्ने आशा गर्ने चीनको अडान परिवर्तन भएको छैन ।” अमेरिकाले युक्रेनसँगको सीमा नजिकै ८ हजार उत्तर कोरियाली सेना रुसमा रहेको र आगामी दिनमा क्रेमलिनलाई युक्रेनी सेनाविरुद्ध लड्न सहयोग गर्ने तयारी गरिरहेको बताएको छ।

हालैका वर्षहरूमा चीनले रुससँग धेरै मोर्चाहरूमा साझेदारी स्थापित गरेको छ। चीन उत्तर कोरियाको प्रमुख सहयोगी पनि रहिआएको छ। यद्यपि, विज्ञहरू विश्वास गर्छन् कि बेइजिङले सम्भवतः रुस र उत्तर कोरियाबिचको घनिष्ठ सैन्य साझेदारीलाई स्वीकार गर्दैन, किनकि यसले यस क्षेत्रमा अस्थिरता निम्त्याइरहेको छ।

चीन–रसिया साझेदारीले कुनै पनि सीमा नाघेको छ । यो उत्तर कोरियाको प्रमुख सहयोगी पनि भएको भए पनि विज्ञहरू भन्छन् कि बेइजिङले रुस र उत्तर कोरियाबिचको घनिष्ठ सैन्य साझेदारीलाई स्वीकार गर्न सक्दैन किनकि यसले यस क्षेत्रलाई अस्थिर बनाएको देखिन्छ।

चीनको रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ सि यिनहोङले समाचार संस्था एपीसँग भनेका छन्, रुस–उत्तर कोरियाको साझेदारी बेइजिङको शान्तिपूर्ण कोरियाली प्रायद्वीपको लक्ष्यको विरुद्धमा छ ।

जर्जटाउन युनिभर्सिटीका युएस–चाइना डायलग इनिसिएटिभ अन ग्लोबल इश्यूजका वरिष्ठ फेलो डेनिस विल्डरले उत्तर कोरियाको कदममा बेइजिङको “मौनता“ लाई “स्तब्ध“ भनेका छन्। उनले भनेका छन् कि चीनले रुसलाई समर्थन गर्ने र पश्चिमलाई क्रोधित नगर्ने बीचको सन्तुलन कायम गर्नुपर्छ।

यद्यपि, उनी भन्छन् कि चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो फाइदाको लागि यो सम्पूर्ण कुरालाई बेवास्ता गर्न सक्छन्। वाइल्डरले चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यक्तिगत सम्बन्ध बनाएको र उनले पुटिन असफल भएको देख्न नसक्ने पनि बताएका छन् ।

“चीनको अर्थतन्त्र सङ्घर्ष गरिरहेको समयमा सीले युरोपेली र अमेरिकीहरूलाई अपमान गर्न सक्दैनन्। र सायद यही कारणले उनले यस विषयमा सार्वजनिक रूपमा केही बोलेका छैनन्। रुस युक्रेन युद्धमा उत्तर कोरियाली सेनाको सहभागिताबाट रुसी सैन्य कारबाहीको गति बढेको अनुमान गरिएको छ ।

रूसी मिडिया ग्रुप एजेन्ट्सभोले युक्रेनी ओपन सोर्स नक्साको विश्लेषण गर्दै रुसले अक्टोबर २० देखि २७ को बीचमा एक हप्तामा १९६ दशमलव १ वर्ग किलोमिटर युक्रेनी क्षेत्र कब्जा गरेको छ। रुसी विज्ञका अनुसार रुस र युक्रेनबिचको ३२ महिनादेखिको युद्ध अहिले सबैभन्दा खतरनाक चरणमा पुगेको छ ।

मस्कोको सेना द्रुत गतिमा अघि बढिरहेको छ र उत्तर कोरियाले उनीहरूलाई सहयोग गर्न सेना पठाउँदै छ भने युक्रेनका सहयोगीहरूले युद्ध अन्त्य गर्न जोड दिइरहेका छन्। रुसले करिब २० हजार जनसङ्ख्या भएको सेलीदोभ सहर आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ।

रुसी सेनाले त्याहा गत हप्तामा आक्रमण बढाएको बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा रुसी सेनालाई युक्रेनमा आक्रमण गर्न आदेश दिएका थिए । त्यसयता रूसी सेनाले सेप्टेम्बरमा २०२२ पछि युक्रेनी क्षेत्रहरू कब्जा गर्न सबैभन्दा छिटो कदम चालेको छ।

रुसी सेनाले पछिलले एक हप्तामा युक्रेनको १९६ दशलमव १ वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको छ । यसैले युद्ध मैदानमा हारको नतिजा र पूर्वआकलनले थप युक्रेनी भूमि रुसको कब्जामा पर्न नदिन अमेरिकासहित दक्षिण कोरियाले चीनसँग गुहार लगाएका छन् ।

तर यसमा चीनले दुई स्वतन्त्र देशको आन्तरिक विषयमा आफूहरुको कुनै सरोकार नरहेको प्रतिक्रिया दिएपछि अब अमेरिका, युक्रेनसहित उसका सहयोगीहरुको कदम के हुन्छ भन्ने चासो बढेको छ । यसका बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top