NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

पाइरेसी गरे के सजाय हुन्छ ? प्रतिलिपि अधिकारको कानूनमा के छ ?

मङ्लबार कार्तिक २० , २०८१
Reading Time: 1 min read
A A
Advertisement
पाइरेसी गरे के सजाय हुन्छ ? प्रतिलिपि अधिकारको कानूनमा के छ ?

Asian mother and daughter watching movie in cinema. Family time concept.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० कार्तिक , काठमाण्डौ।

पछिल्ला वर्षहरूमा नेपालमा बौद्धिक सम्पत्तिहरुको पाइरेसी (चोरी)को समस्या अत्यन्तै जटिल बन्दै गएको छ। मोबाइल र इन्टरनेटको सहज पहुँचसँगै पाइरेसीले कानूनी तथा आर्थिक समस्याहरू निम्त्याएको छ ।

विशेषगरी नेपाली सिनेमा, संगीत, सफ्टवेयर, पुस्तक र अन्य सिर्जनशील बौद्धिक सम्पत्तिहरू पाइरेसीको चपेटामा परेका छन्। यसले सिर्जनाकर्ता, निर्माता, लेखक र कलाकारहरूको मेहनत र लगानीलाई जोखिममा पार्ने मात्र होइन, उद्योगको दिगोपनामा समेत गम्भीर प्रश्न खडा गरेको छ।

Advertisement

यसैले लामो समयदेखि पाइरेसीको मारमा परेका सर्जकहरुले प्रतिलिपि अधिकार सम्बन्धी कडा कानूनको वकालत गरिरहेका छन् । नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धी कानून नै नभएको पक्कै होइन् तर कानूनको फितलो कार्यान्वयनले पनि सर्जकहरु मारमा परेका छन् ।

पछिल्लो समय लाखौं, करोडौं लगानीमा बनेका चलचित्रहरु सिनेमाहलहरुबाटै प्रर्दशनकै केही दिनमै सामाजिक संजालमा छ्यापछ्याप्ती हुन् थालेपछि प्रहरीले समेत यसको नियमनमा कडाइ गरेको छ ।

यसका लागि नेपाल प्रहरीले प्रतिलिपि अधिकारको उलंघन गरेमा कडा कानूनी कारबाही गरिने भन्दै सचेत रहन आग्रह गरेको छ ।प्रतिलिपि अधिकार ऐन २०५९ ले बौद्धिक सम्पत्तिको संरक्षणको अधिकार प्रदान गरेको छ ।

जसको उल्लंघन गरेमा २ वर्षसम्म जेल सजाय र २ लाख रुपैयामा सम्म जरिवानाको ब्यवस्था गरेको छ । ऐनको धारा २७ मा संरक्षित अधिकारको उलंघन गरेमा दण्ड सजायको व्यवस्था छ । जसमा उल्लघंन गर्ने ब्यक्तिलाई कसुरको मात्रा अनुशार दश हजार रुपैयाँ देखि १ लाख रुपैयासम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ र दोस्रो टककदेखि पटकैपिच्छे बीस हजार रुपैयाँ देखि दुई लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दवै सजाय हुनेछ ।

यस्तै ऐनले उलंघन गर्ने व्यत्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपुर्ति समेत भराइदिनु पर्ने ब्यवस्था गरेको छ । सिनेमा, संगीत, वा पुस्तकमा लगानी गर्ने प्रत्येक व्यक्तिले यसबाट उचित प्रतिफल पाउने आशा राखेको हुन्छ।

तर, पाइरेसीको कारणले गर्दा उनीहरूको प्रतिफल जोखिममा पर्छ। दर्शक तथा पाठकले कुनै पनि सामग्री निःशुल्क रूपमा पाइरेसी माध्यमबाट सजिलैसँग प्राप्त गर्न सकेपछि, त्यसको मूल स्रोतमा लगानी गर्ने मान्छेहरू निरुत्साहित हुन्छन्।

यो प्रवृत्तिले सिर्जनशील उद्योगलाई मात्रै होइन, देशको अर्थतन्त्रलाई नै दीर्घकालीन हानी पु¥याउँछ। नेपालको प्रतिलिपि अधिकार ऐनलाई यथाशीघ्र परिमार्जन गर्दै कडा नियम र दण्ड सजायको व्यवस्था गर्न सरोकारवालाहरुले माग गर्दै आएका छन् आजको युगमा पाइरेसी एक गम्भीर चुनौती बनेको छ।

यसलाई समाधान गर्न सरकारले मात्र होइन, हामी सबैले सचेतनाका साथ भूमिका निभाउनु पर्दछ। यदि हामी पाइरेसीलाई रोक्न कठोर कदम चाल्न असफल भयौं भने, यसले सिर्जनशील क्षेत्रलाई निराशा र असफलताको गहिरो खाडलमा पु¥याउनेछ।

गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र पुष्पाको अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडिओ क्लिप बनाउने क्रम बढेको अनुमान गरिनछ । भारतीय चलचित्र आरआरआर र केजीएफ च्याप्टर २ को टिकटकमा भेटिएका दृश्यहरू जोड्ने हो भने झण्डै चलचित्र नै बन्छ।

नेपाली चलचित्र ए मेरो हजुर ४, कबड्डी ४ को पनि अन्तिम दृश्य टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो। सामाजिक सञ्जालबाट फिल्म पाइरेसी गरेको भन्दै ‘जारी’का निर्माताले पाइरेसी गर्ने ३२ वटा अकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

पछिल्लो समय मात्रै निश्चल बस्नेत निर्देशित चलचित्र बेहुली फर्म मेघौलीको समेत पाइरेसी भएपछि यसलाई रोक्न उनले पनि प्रहरीसँग गुहार मागेका थिए ।

Tags: #पाइरेसी#पाइरेसी गरे के सजाय हुन्छ ?#बौद्धिक सम्पत्तिहरुको पाइरेसी (चोरी)

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.