×

NEPAL TIMES UPDATES

Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026

अमेरिकाको राजनीति हल्लाउने ४ महिला, ह्यारिसको संभावना कति ?

२० कार्तिक २०८१

२० कार्तिक , एजेन्सी ।

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ ।

Advertisement
Advertisement

विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन् ।

तर सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन् । जसका कारण दुईमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ । अमेरिकामा महिला राष्ट्रपति लामो समयदेखि चर्चा र बहसको विषय बनेको छ।

महिलाहरूको नेतृत्वले अमेरिकी इतिहासमा निर्णायक मोड ल्याएको भए पनि राष्ट्रपतिमा महिला निर्वाचित हुन सकेका छैनन् । रुढीवादी सोच, पितृसत्तात्मक संरचना, र लैङ्गिक विभेदका कारण अमेरिकामा महिला राष्ट्रपतिको संभावना चुनौतीपूर्ण रहेको विश्लेषण गरिन्छ ।

तर इतिहासलाई हेर्ने हो भने, महिलाहरूले नेतृत्वका महत्वपूर्ण अवसरहरू प्राप्त गर्दै अमेरिकाको राजनीतिक परिदृश्यलाई परिवर्तन गरिसकेका छन्। अब यो देख्न बाँकी छ कि अमेरिकी समाजले पहिलोपटक महिला राष्ट्रपतिलाई चयन गर्न तयार छ कि छैन।

अमेरिकी महिलाहरूले सन् १९२० मा मतदान अधिकार प्राप्त गरेपछि अमेरिकी राजनीतिको मुलधारमा समावेश हुन थालेका थिए । शर्ली चिशोल्म अमेरिकामा प्रथम अश्वेत महिला थिइन् जसले १९७२ मा राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरिन्।

उनले लैङ्गिक र जातीय पूर्वाग्रहलाई तोड्दै राजनीतिक यात्रा तय गरेकी थिइन् । यद्यपि, उनी राष्ट्रपति बन्न असफल भइन् । उनले नै भविष्यमा अन्य महिलाहरूलाई नेतृत्वमा आउन प्रेरित गरेकी थिइन् । यस्तै जेराल्डिन फेरारो जो सन् १९८४ मा पहिलो पटक कुनै ठूलो पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बन्न सफल भइन्।

डेमोक्रेटिक पार्टीको तर्फबाट उनले वाल्टर मण्डेलसँग उपराष्ट्रपति पदको लागि उम्मेदवारी दिएकी थिइन्। यद्यपि उनी विजयी हुन सकिनन्, फेरारोको साहसिक कदमले महिलाहरूलाई उच्चस्तरीय राजनीतिमा स्थान दिन सक्छ भन्ने सन्देश दिएको थियो ।

त्यसपछि अमेरिकी राजनीतिको मुलधारमा देखिइन् , हिलारी क्लिन्टन । उनी अमेरिकामा राष्ट्रपतिको लागि निकै नजिक पुग्ने महिला उम्मेदवार हुन् । उनले २००८ र २०१६ मा राष्ट्रपति पदको उम्मेदवारी दिउकी थिइन् ।

२०१६ मा, उनले डेमोक्रेटिक पार्टीको तर्फबाट औपचारिक रूपमा राष्ट्रपतिको टिकट प्राप्त गरिन् र अमेरिकी इतिहासमा प्रमुख पार्टीको राष्ट्रपतिको महिला उम्मेदवार बनिन्। यद्यपि उनले पराजय भोग्नुप¥यो । उनले महिलाको सशक्तिकरणका लागि अमेरिकी राजनीतिमा ऐतिहासिक उदाहरण स्थापित गरिन्।

अर्की महिलामा पर्दछिन् कमला ह्यारिस । कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला, पहिलो अश्वेत महिला, र पहिलो दक्षिण एशियाली अमेरिकी महिला हुन् । जो बाइडनको उपराष्ट्रपति बनेपछि, ह्यारिसले अमेरिकी राजनीतिमा महिला नेतृत्वको सम्भावनालाई थप सशक्त बनाएकी छिन्।

उनले राजनीतिमा महिला सहभागिताको सम्भावनालाई उजागर मात्र गरेकी छैनन्, बरु भावी महिलाहरूलाई राष्ट्रपतिको पदमा पुग्न प्रेरणा पनि दिएकी छिन्। यसैले उनी अहिले राष्ट्रपतिको चुनावी मैदानमा छिन् । यद्यपि अमेरिकी समाज पनि अझै धेरै हदसम्म रुढीवादी मान्यतामा आधारित छ ।

पितृसत्तात्मक समाजले महिलाको नेतृत्व क्षमतामा शंका गर्दछ र उनीहरूको निर्णय क्षमतामा प्रश्न खडा गर्दछ। धेरै महिलाहरूलाई अझै पनि विभेदकारी व्यवहार र पूर्वाग्रहको सामना गर्नुपर्छ। महिला उम्मेदवारहरूलाई शारीरिक र भावनात्मक रुपमा कमजोर देखाउने प्रवृत्ति समाजमा अझै विद्यमान छ।

यद्यपि समयसँगै महिला नेतृत्वप्रतिको धारणा परिवर्तन हुँदै गइरहेको छ। महिलाहरूले नेतृत्व भूमिकामा प्रवेश गरिरहेका छन्, र अमेरिकी समाजले पनि यो तथ्यलाई स्वीकार्न थालेको छ। नयाँ पुस्ताले महिला नेतृत्वको महत्त्वलाई अझ बढी महत्त्व दिइरहेको छ, र महिला राष्ट्रपतिको सम्भावनामा नयाँ आशा देखा परेको छ।

अन्ततः, अमेरिकी समाजले महिलालाई राष्ट्रपतिको रूपमा स्वीकार्न तयार छ कि छैन भन्ने प्रश्नमा धेरै उत्तर लुकेको छ। यसका लागि अब केही घण्टाको मात्रै प्रतिक्षा गर्नुपर्ने हुन्छ । यस वर्षको चुनावमा करिब २४ करोड मतदाता छन् । ७ करोड ८० लाखले ‘प्रि–भोटिङ’ गरिसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

१८ देखि २७ वर्षसम्मका ४ करोड ८ लाख युवा मतदातामध्ये ८३ लाखले पहिलो पटक मताधिकार प्रयोग गर्दै छन् । त्यस्तै अनुमानित ४ करोड ७९ लाख अश्वेत अमेरिकी छन्  । ल्याटिन अमेरिकी मूलका कम्तीमा ६ करोड २० लाख छन्  । भारतीय–अमेरिकी मतदाताको संख्या ५२ लाख छ ।

एनबीसीको सर्वेक्षणअनुसार ह्यारिसलाई ५७ प्रतिशत महिलाले मत दिने देखिएको छ भने ४१ प्रतिशत महिला मतदाता ट्रम्पको पक्षमा छन् । ट्रम्पको पक्षमा ५८ र ह्यारिसको पक्षमा ४० प्रतिशत मतदाता छन् । दुई प्रतिशतले मतदानबारे निर्णय नलिएको देखिन्छ ।

‘ब्याटलग्राउन्ड स्टेट’ मा मात्र ४ लाखभन्दा बढी दक्षिण एसियाली मतदाता रहेको बताइएको छ । त्यसमा बहुसंख्यक भारतीय छन् । बहुमत ल्याटिन अमेरिकी मतदाता ह्यारिसको पक्ष छन् । ५४ प्रतिशत ल्याटिन अमेरिकी मतदाताले ह्यारिस र ४० प्रतिशतले ट्रम्पलाई मत दिने बताएका छन् ।

अश्वेत मतदाता भने निकै कम मात्र ट्रम्पको पक्षमा छन् । ट्रम्पलाई १२ र ह्यारिसलाई ८२ प्रतिशत अश्वेतले मत दिने जनाएका छन्  । ६ प्रतिशत अनिर्णीत छन् । नेपाली समयअनुसार आज रातिदेखि हुने मतदानबाट चार वर्षका लागि चयन हुने उम्मेदवारले सन् २०२५ को जनवरी २० देखि कार्यभार सम्हाल्नेछन्  ।

साधारणतया चुनाव सकिएकै रात विजेताको घोषणा हुने गरेको छ । तर हुलाकमार्फत गरिएको मतदानले नतिजा निर्धारित गर्ने अवस्थामा भने नतिजा आउन केही दिन लाग्न सक्छ । चुनावमा बहालवाला राष्ट्रपतिभन्दा अर्को उम्मेदवार निर्वाचित भएको अवस्थामा पद बहाली नगर्दासम्मको अवस्थालाई संक्रमणकाल भनिन्छ ।

उक्त समयमा नवनिर्वाचित राष्ट्रपतिले मन्त्रीहरू चयन र कार्यकालको योजना बनाउने गर्छन । राष्ट्रपतिको चुनावबारे धेरै चर्चा हुने गरे पनि अमेरिकी मतदाताले अरू पदमा पनि मत दिँदै छन् । आजकै चुनावबाट संघीय संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) का सबै ४ सय ३५ सदस्य र सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ पदका निर्वाचन पनि हुँदै छन् ।

Advertisement

प्रतिनिधिसभामा हाल रिपब्लिकनका २२० र डेमोक्रेटिकका २१२ सदस्य छन् । सरकारका प्रमुख नियुक्तिहरूमा मतदान गर्ने सिनेट भने डेमोक्रेटको नियन्त्रणमा छ ।

Advertisement

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top