×

NEPAL TIMES UPDATES

Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026
Playing
ट्रेड युनियन र विद्यार्थी संगठन खारेज नहुने,न्यायाशीश विभाजित|| Nepal Times
May 11, 2026
Playing
नीति तथा कार्यक्रममा के आए नयाँ विषय? पानी ब्रान्डिङ, एआईदेखि रेलसम्म || Nepal Times
May 11, 2026
Playing
बालेन एक्सन लिने अनि रवि काँध थाप्ने|| Nepal Times
May 11, 2026
Playing
सुकुम्बासी र सहकारीपीडितका लागि सरकारको नीति कस्तो ?|| Nepal Times
May 11, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-28-2083 || Nepal Times
May 11, 2026

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

२९ बैशाख २०८३

२९ वैशाख , काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा स्वयम प्रधानमन्त्री बालेन्द्र शाह बालेन नै उठेर हिँडेको विषय अहिले राष्ट्रिय वहस बनेको छ । यही विषयमा सामाजिक संजालमा विभिन्न टिप्पणी र धारणाहरु सार्वजनिक भइरहेका छन् । प्रतिपक्ष दलहरुले यसलाई औपचारिक रुपमा संसद भित्रै र विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सम्मान र प्रधानमन्त्रीको मर्यादाका विषयमा प्रश्न उठाएका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री राष्ट्रपतिले सम्बोधन गरिरहेको समयमा उठेर हिडेको विषयमा उनका राजनीतिक सल्लाहकारले स्वास्थ्यको विषयलाई जोडेर प्रष्टिकरण दिएपनि त्यो प्रष्टिकरण सामाजिक संजालबाट केही समयमा हटाएका छन् । कतिपयले भने प्रधानमन्त्री र राष्ट्रपतिबीच दूरी बढेको भ्नदै यसलाई प्रधानमन्त्रीको वाल्क आउट नभई राष्ट्रपतिको नकआउट भनी टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो ४ बजेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका थिए। सामान्यतया राष्ट्रपति सहभागी हुने बैठकमा राष्ट्रपति बाहिरिएपछि मात्र अन्य व्यक्तिलाई बाहिरिन सभामुखले आग्रह गर्छन्।

प्रधानमन्त्री शाह भने राष्ट्रपतिलाई आफैले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठकबाट उठेर हिँडेका थिए। त्यसलगत्तै साँझ ६ बजेको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री संयुक्त बैठकबाट जुरूक्क उठेर हिँडेकामा आपत्ति जनाए। उनले प्रधानमन्त्री उठेर हिँड्नुले नीति तथा कार्यक्रममा अपनत्व भए÷नभएको प्रस्ट पार्न माग गरे।

साथै, बरालले प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको विषयमा पनि प्रश्न उठाए। ’राष्ट्रिय पोसाकको परिपालन गर्नुपर्छ कि पर्दैन। सभामुखमार्फत रूलिङ माग गर्छु,’ बरालले भने, ’राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको छ। बीचमै बहिष्कार गरेर हिँडेको हामीले देख्यौं। यसले उहाँको नीति तथा कार्यक्रममाथि अपनत्व के हो बुझ्न चाहन्छु।’

बरालले अपनत्वमा प्रश्न उठाएपछि विपक्षी दलका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए। त्यस्तै, राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले अर्का मन्त्रीसँग लगातार संवाद गरेको भिडिओ रेकर्डबाट हटाउन समेत बरालले माग गरे। सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा बुझ्न सचिवालयलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको साँझ ६ बजेको बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम टेबल गरेका थिए। सम्बोधनको प्रति टेबल गर्दा प्रधानमन्त्री शाह बोलेनन्। उनले महासचिव पद्मप्रसाद पाण्डेयको सिट अगाडि लगेर सम्बोधनको प्रति राखिदिए र आफ्नो कुर्सीमा पनि नगई बैठकबाट बाहरिए।

प्रधानमन्त्री शाह बैठक कक्षबाट फटाफट बाहिरिएको देखेपछि सांसदहरूबीच हाँसो फैलिएको थियो। सांसदहरूको बीचमा हाँसो फैलिएपछि सभामुख डोलप्रसाद अर्यालले समेत बैठक अगाडि बढाएनन्। केही बेर रोकिए। यस्तै नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह बीचमै बैठक हलबाट बाहिरिएको घटनालाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमा विपरीत भएको टिप्पणी गरेको छ ।

कांग्रेसका प्रवक्ता देबराज चालिसेले सोमबार विज्ञप्ति नै जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिनुले अप्रिय सन्देश दिएको बताएका हुन् । विज्ञप्तिमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठक राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय तथा संवेदनशील कार्यक्रम भएको उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री अन्त्यसम्म उपस्थित नरहनु उपयुक्त नभएको जनाइएको छ ।

कांग्रेसले प्रधानमन्त्रीले देखाएको व्यवहारलाई अस्वाभाविक शैलीका रूपमा टिप्पणी गर्दै यसले संसदीय संस्कार र संवैधानिक मर्यादामाथि प्रश्न उठाएको उल्लेख गरेको छ । त्यसैगरी प्रधानमन्त्रीको पोसाकबारे संसद्भित्रै टिप्पणी भएको विषयलाई पनि कांग्रेसले उठाएको छ।  राष्ट्रिय पोसाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस र एमाले बाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री शाहको व्यवहारलाई केटाकेटी पाराको संज्ञा दिएका छन् । यस्तै नेकपाका मुख्य सचेतक युवराज दुलालले यो घटनालाई अशोभनियका रुपमा टीप्पणी गरेका छन् ।

यता प्रधानमन्त्री बालेन शाह राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला स्वास्थ्यमा असहजता आएपछि विश्रामका लागि बाहिरिएको उनका सल्लाहकारले जानकारी दिएका छन् । उनका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्रामका लागि निस्किएको सामाजिक सञ्जालमार्फत् जनाए ।

“प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,” उनले उल्लेख गरेका थिए । तर असिमको यो स्टाटस केही समयपछि नै सामाजिक संजालबाट हटेको छ ।

प्रधानमन्त्री नीति तथा कार्यक्रम जारी रहदा बीचमै बाहिरिएको विषयमा केही चर्चित पत्रकारहरुले पनि प्रश्न उठाएका छन् । चर्चित पत्रकार विजयकुमार पाण्डेले त यो विषयमा कि सचेत गराउनु पर्ने कि पद त्याग गर्नुपर्नेसम्मको सुझाव दिएका छन् । उनले लेखेका छन्, राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे–जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ। साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद ’स्वतन्त्र’ छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन। बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि? एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।

यस्तै अर्का पत्रकार सुधिर शर्माले भने बालेन बाहिरिदै गरेको तस्विरसहित प्रश्न सोधेका छन्, एजयतय या तजभ मबथ शीर्षकमा उनले लेखेका छन्, राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचैमा हिडेको घट्ना तपाईंलाई कस्तो लाग्यो ? यस्तै पश्न अर्का पत्रकार जीवराम भण्डारीले पनि चर्चाका अनेकन र संभावनासहितका प्रश्नसहित जनमत मागेका छन्, उनले लेखेका छन्, राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बाहिरिएको विषय चर्चामा छ ।राष्ट्रिय पोसाक प्रधानमन्त्रीले किन नलगाएको ?आलोचनाको अर्को विषय पनि यससँगै उठेको छ। संसदमा राष्ट्रपतिले वाचन गरिरहेको बेला प्रधानमन्त्रीले निकटतम पार्टीका मन्त्रीसंग ’ साइड टक ’ गरेर संसद र राष्ट्रपतिको अपमान गरेको भन्ने पनि छ । अब भन्नुस् रामचन्द्र पौडेल सम्मानयोग्य त्यो लायकको नभएकोले यस्तो निर्णयमा प्रधानमन्त्री बालेन्द्र साह पुगेका हुन? जेनजी विद्रोह र परिवर्तनको प्रतीक राष्ट्रप्रमुख हुन नसकेका कारण नयाँ राष्ट्रप्रमुखको खोजीमा परिवर्तनको पक्षधर शक्ति लागि परेको हो ? रामचन्द्र पौडेलले के बुझे होलान् ? राष्ट्रिय सहमति र सत्तापक्ष – प्रतिपक्ष बीचको सम्बन्ध आउने दिनमा कस्तो रहला ? प्रधानमन्त्री थप लोकप्रिय हुन्छन् ? फेरि पुराना दल कांग्रेस – कम्युनिस्ट मिलेर प्रहार गर्ने र सफल हुने सम्भावना कति रहला? यसको जवाफ तपाईहरुकै समक्ष छाडे ?

यो विषयमा पूर्वपत्रकार समेत रहेका राप्रपा नेता सुरेश आचार्यले भने प्रधानमन्त्री बालेन र राष्ट्रपतिबीचको सम्बन्धमा गतिरोध उत्पन्न भएको टिप्पणी गरेका छन् । उनी लेख्छन्, प्रधानमंत्री बालेन्द्र शाहको पहिरन अस्वभाविक थिएन। उनले कालो डबल ब्रेष्ट ब्लेजर सहितको सूट लगाएका थिए! फेसन अनुसारको पोशाकलाई पूरातन सोंच राख्नेहरूले मन नपराउनु पनि गलत होइन! दुवै पक्ष आआफ्ना अडानमा सही छन्! तर राष्ट्रपतिले आफ्नै सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहेको बेला बीचमै किन उनी उठेर हिडे, यो घटना नेपालको संसदमा नभएकोले धेरैलाई रिङ्गाएको हुनुपर्छ !

उनी लेख्छन् शायद, हाम्रा युवा प्रधानमंत्रीले आफूले प्रमाणिककरणका लागि पेश गरेका ८ वटा अध्यादेशका बारे हालैमात्र राष्ट्रपतिले किचलो झिकेका कारणले राष्ट्रपतिप्रति प्रधानमंत्रीले आक्रोस प्रकट गर्ने आफ्नै शालिन शैली अपनाएको पनि हुनसक्छ। उनले प्रधानमन्त्रीको सपथपछि दुई जनाबीच पहिलो पटक देखादेख भएको समेत बताएका छन् ।

उनले राष्ट्रपतिका वैधानिक सल्लाहकार प्रधानमंत्री हुने भए भेट नभएको तथा अध्यादेशका बारे राष्ट्रपति र प्रधानमंत्री बीच असमझदारी बढेको बेलामा राष्ट्रपति कार्यालयले प्रधानमंत्री बाहेकका संविधानले नचिनेका व्यक्तिहरूलाई विवादित अध्यादेशहरूका सम्बन्धमा राष्ट्रपतिसँग भेटघाट र परामर्श क्रम चलाएर राष्ट्रपतिका वैधानिक सल्लाहकारलाई बाइपास गर्ने कार्यको “नतिजा“ आज संसदमा देखिएको दाबी गरेका छन् ।

उनले यतिका दिनसम्म किन राष्ट्रपतिले देशको समसामयिक अवस्था र सरकारका कामकारबाही बारे “ब्रिफिङ“ गर्न प्रधानमंत्री बालेनलाई समय नदिएका हुन् भन्ने प्रश्नपनि गरेका छन् । उनले अब संविधानतः आफ्नै प्रधानमंत्रीसँग द्वन्द्व गरेर पदमा रहिरहनुभन्दा राष्ट्रपतिले सम्मानजनक रूपमा “राजीनामा दिनु“ वा प्रधानमंत्रीसँग “सम्बन्ध सुधार गर्नु“ बाहेक अर्को विकल्प नरहेको समेत लेखेका छन् ।

Advertisement

यो विषयमा चर्चित अधिवक्ता स्वागत नेपालले भने प्रधानमन्त्रीले राष्ट्रपतिलाई बहिष्कार गरेको टिप्पणी गरेका छन्, नेपालले सामाजिक संजालमा भिडियो पोष्टसहित भनेका छन्, संसदमा बालेनको ध्बपियगत होइन रामचन्द्रको प्लयअपयगत हो, अब संसदमा बालेनले रामचन्द्रको मुख हेर्नुहुन्न । असभ्य होइन, अभ्यास हो संसदमा । राष्ट्रपतिप्रति प्रधानमन्त्रीको असहमति प्रकट गर्न मिल्छ ।

Advertisement

भर्खरको समाचार

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top