×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

शीर्ष बार्सिलोना सोसिडाडसँग हार्यो, जित्न बिर्सियो आर्सनल

२६ कार्तिक २०८१

२६ कार्तिक,एजेन्सी ।

स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना स्तब्ध भएको छ । आइतबार आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १–० ले पराजित गर्यो । सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो ।

Advertisement
Advertisement

अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो । ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो । १३ खेलमा ३३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल म्याड्रिडको २७ अंक छ । १८ अंकसहित सोसिडाड आठौं स्थानमा उक्लिएको छ ।

ला लिगामा हिजोका खेलमा जिरोनाले गेटाफेलाई, एट्लेटिको मड्रिडले मार्लोकालाई, लेगानेसले सेभिल्लालाई समान १–० ले पराजित भएको छ । भालाडोलिड र एथ्लेटिको क्लबले १–१ तथा रियल बेटिस र सेल्टा भिगोले २–२ को बराबरी खेलेका छन् ।

यता इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा नौ अंकले पछि रहेको मिकेल आर्टेटाको टोलीले लिगमा जित्न बिर्सेको चार खेल भइसकेको छ ।

एक अंकले आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । तर, जितविहीन यात्राले शीर्षस्थानमा रहेको लिभरपुलसँग भने स्पष्ट खाडल देखिन थालेको छ । चेल्सी गोलअन्तरका आधारमा आर्सनलभन्दा एक स्थान अर्थात् तेस्रो स्थानमा छ ।

स्टामफोर्ड ब्रिजमा ६०औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यसको १० मिनेटपछि पेड्रो नेटोले बराबरी गोल फर्काए । आर्सनल पछिल्लो दुई सिजन म्यानचेस्टर सिटीसँग केही अंकले पछि पर्दै उपविजेता बनेको थियो ।

फेरि डिफेन्डिङ च्याम्पियनको निकटतम प्रतिद्वन्द्वी बन्ने अपेक्षा गरिएको थियो । तर, सिटी र आर्सनलले पछिल्लो समय लय समात्न सकेका छैनन् । सिटी पनि पछिल्ला चार खेलमा पराजित भएको छ ।

तर, आर्सनलका कप्तान मार्टिन ओडेगार्डले लिग बाँकी नै रहेकाले पुनरागमन गर्ने आशा व्यक्त गरे । ‘गत सिजन को डिसेम्बरमा हामीले कठिन समय बितायौं र पुनरागमन गर्यौं। हामीसँग जित्ने मानसिकता छ र यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।

यसबीच इपस्विच टाउनले इपिएलमा २२ वर्ष पछि जित हासिल गरेको छ । ऐतिहासिक जित हात पार्ने क्रममा इपस्विचले आइतवार टोटनहमलाई २–१ ले पराजित गरेको हो । इपस्विचले इपिएलमा सन् २००२ मा पछिल्लो पटक जित हात पारेको थियो ।

टोटनहमको घरेलु मैदानमा भएको खेलमा इपस्विचलाई जित दिलाउन सामी स्जमोडिक्स र लियाम डेलापले गोल गरे । घरेलु टोलीका लागि रोड्रिगो बेन्टान्कुरले गोल गरे । खेलको ३१औं मिनेटमा स्जमोडिक्सले गोल गर्दै इपस्विचलाई सुरुवाती अग्रता दिलाए ।

४३औं मिनेटमा डेलापको गोलमा इपस्विचले अग्रता दोब्बरको बनायो । ६९औं मिनेटमा टोटनहमका बेन्टान्कुरले गोल गर्दै खेलमा फर्काउने संकेत गरेको थिए । तर, त्यसपछि कुनै गोल हुन नसक्दा इपस्विचले दुई दशकभन्दा लामो समयपछि जितको स्वाद चाख्यो ।

जितपछि रेलिगेसन जोन पार गर्दै १७औं स्थानमा उक्लिएको इपस्विचको ११ खेलबाट ८ अंक पुगेको छ । समान खेल खेलेको टोटनहम १६ अंकसहित १०औं स्थानमा छ । यसैबीच म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आइतबार लेस्टरविरुद्ध शानदार गोल गर्दै क्लबका लागि आफ्नो २५०औं खेल पूरा गरेका छन् ।

यो क्लब करियरमा उनको कीर्तिमानी खेल हो । ओल्ड ट्राफोर्डमा इङ्लिस प्रिमियर लिगको खेल सुरु हुनुअघि फ्रेम गरिएको सर्ट पाएका उनले १७ औं मिनेटमा अमाड डायलोको ब्याक हिलमा गोल गरेका थिए । उनले प्रहार गरेको लो सट लेस्टरका गोलकिपर म्याड्स हर्मनसेनले बचाउन सकेनन् ।

सन् २०२० मा स्पोर्टिङ लिस्बनबाट युनाइटेडमा आबद्ध भएयता फर्नान्डेजले सबै प्रतियोगितामा ८३ गोल गरिसकेका छन् । उनले ३८ औं मिनेटमा अर्को गोलको अवसर प्राप्त गरेका थिए । तर, लेस्टरका भिक्टर क्रिस्टियनसनलाई डिफ्लेक्ट हुँदै बलले जाली चुम्न पुग्यो ।

अन्तरिम मुख्य प्रशिक्षक रुड भान निस्टेलरोयको यो अन्तिम खेल हो । सोमबार नयाँ प्रशिक्षक रुबेन अमोरिमले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दैछन् । नस्टेलरोयले गत महिना पूर्वप्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि आफ्नो अस्थायी स्पेलको क्रममा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन खोजिरहेका थिए ।

निस्टेलरोयको प्रशिक्षणमा युनाइटेडले यसअघिका तीनमध्ये दुई खेलमा जित र एकमा बराबरी खेलेको थियो ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top