×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बागलुङमा पिकअप दुर्घटनाःचालकसहित ५को मृत्यु,बोलेरोमा २० यात्रु

२६ कार्तिक २०८१

२६ कार्तिक, काठमाण्डौ।

केही दिनयता दिनहुँ यात्रुवाहक सवारीसाधन दुर्घटनामा परिरहेका छन् । जसमा परि कयौंले ज्यान गुमाएका छन् । आज पनि विहानै बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

हिजो आइबार र त्यसअघि शनिबार पनि सवारी दुर्घटनामा परि दर्जनबढीको ज्यान गएको छ । आज विहानै बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् ।

दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा गम्भीर घाइते भएका एक जनाको जीवितै उद्धार गरिएको छ ।

उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए । यता गएराति रौतहटमा कार र धानझार्ने थ्रेसर मेसिन बोकेको ट्याक्टर आपसमा ठोकिँदा एक मजदुरको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोकिँदा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले दिएको जानकारी अनुसार पौराइको गाउँमा धान झारेर पूर्वपश्चि राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार ठोकिँदा दुर्घटना भएको हो ।

‘दुवै चालकको असावधानीको कारण दुर्घटना भएको देखिन्छ,’ डीएसपी रायले भने,‘दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका– २ घर भएका कार चालक दल्लु बनसललाई पक्राउ गरेका छौँ।’ मृतक गिरी बिग्रिएको थ्रेसर मेसिन बनाउन गएको बेला घटना भएको रायले बताए ।

धान झार्ने क्रममा बिग्रिएको थ्रेसर बनाएर सोही ट्याक्टरमा चढेर डेरा फर्किंदै गर्दा दुर्घटना भएको हो । मृतक गिरीको शव पोस्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ । हिजो पनि सुर्खेतस्थित कालीकोटमा क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

६ जनाको घटनास्थलमै र एकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १३ जना घाइते छन । पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो दुर्घटना भएको हो । दुई वर्षअघि ट्र्याक खुलेको सडकमा उकालो चढ्न नसक्दा बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो ।

उक्त बोलेरो खिनबाट पलाता जाँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कर्णाली १ज५६ नम्बरको उक्त बोलेरो ५ यात्रु सिट पास भए पनि चालकसहित २० जना सवार थिए ।

कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाता–६ की दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावतको मृत्यु भएको छ ।

घाइते भएका पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायालाई सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक जना यात्रु सामान्य घाइते भएका छन । नेपाली सेनाका महासेनानी दीपध्वज खड्काको टोलीले घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल पु¥याएको थियो । घाइते यात्रुका अनुसार ओभरलोड बोलेरो साँघुरो सडकमा उकालो चढ्न नसकी ‘ब्याक’ भएर तल खसेको हो ।

बोलेरोभित्र १० जना र पछाडि १० जना यात्रु सवार रहेको घाइते भूपेन्द्र रोकायाले बताए । उनका अनुसार दुर्गम गाउँमा अन्य सवारीसाधन नचल्ने हुँदा कोचाकोच गरेर एउटै गाडीमा चढ्नुपर्ने बाध्यता छ ।

Advertisement

शनिबार मात्रै दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । शनिबार मात्र सुर्खेतमै चार वटा सवारीसाधन दुर्घटना भएका थिए । सुर्खेत प्रहरी प्रमुख एसपी रूपेश खड्काले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि कारबाही सुरु गरेको बताएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top