NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

बागलुङमा पिकअप दुर्घटनाःचालकसहित ५को मृत्यु,बोलेरोमा २० यात्रु

सोमवार कार्तिक २६ , २०८१
Reading Time: 1 min read
A A
ग्रिसमा मृत्यु भएका एक नेपालीको पहिचान खुल्यो, तीन जनाको सनाखत हुन बाँकी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ कार्तिक, काठमाण्डौ।

केही दिनयता दिनहुँ यात्रुवाहक सवारीसाधन दुर्घटनामा परिरहेका छन् । जसमा परि कयौंले ज्यान गुमाएका छन् । आज पनि विहानै बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

हिजो आइबार र त्यसअघि शनिबार पनि सवारी दुर्घटनामा परि दर्जनबढीको ज्यान गएको छ । आज विहानै बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो ।

LS Auto

मृत्यु हुनेहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् ।

दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा गम्भीर घाइते भएका एक जनाको जीवितै उद्धार गरिएको छ ।

उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए । यता गएराति रौतहटमा कार र धानझार्ने थ्रेसर मेसिन बोकेको ट्याक्टर आपसमा ठोकिँदा एक मजदुरको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोकिँदा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले दिएको जानकारी अनुसार पौराइको गाउँमा धान झारेर पूर्वपश्चि राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार ठोकिँदा दुर्घटना भएको हो ।

‘दुवै चालकको असावधानीको कारण दुर्घटना भएको देखिन्छ,’ डीएसपी रायले भने,‘दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका– २ घर भएका कार चालक दल्लु बनसललाई पक्राउ गरेका छौँ।’ मृतक गिरी बिग्रिएको थ्रेसर मेसिन बनाउन गएको बेला घटना भएको रायले बताए ।

धान झार्ने क्रममा बिग्रिएको थ्रेसर बनाएर सोही ट्याक्टरमा चढेर डेरा फर्किंदै गर्दा दुर्घटना भएको हो । मृतक गिरीको शव पोस्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ । हिजो पनि सुर्खेतस्थित कालीकोटमा क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

६ जनाको घटनास्थलमै र एकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १३ जना घाइते छन । पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो दुर्घटना भएको हो । दुई वर्षअघि ट्र्याक खुलेको सडकमा उकालो चढ्न नसक्दा बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो ।

उक्त बोलेरो खिनबाट पलाता जाँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कर्णाली १ज५६ नम्बरको उक्त बोलेरो ५ यात्रु सिट पास भए पनि चालकसहित २० जना सवार थिए ।

कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाता–६ की दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावतको मृत्यु भएको छ ।

घाइते भएका पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायालाई सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक जना यात्रु सामान्य घाइते भएका छन । नेपाली सेनाका महासेनानी दीपध्वज खड्काको टोलीले घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल पु¥याएको थियो । घाइते यात्रुका अनुसार ओभरलोड बोलेरो साँघुरो सडकमा उकालो चढ्न नसकी ‘ब्याक’ भएर तल खसेको हो ।

बोलेरोभित्र १० जना र पछाडि १० जना यात्रु सवार रहेको घाइते भूपेन्द्र रोकायाले बताए । उनका अनुसार दुर्गम गाउँमा अन्य सवारीसाधन नचल्ने हुँदा कोचाकोच गरेर एउटै गाडीमा चढ्नुपर्ने बाध्यता छ ।

शनिबार मात्रै दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । शनिबार मात्र सुर्खेतमै चार वटा सवारीसाधन दुर्घटना भएका थिए । सुर्खेत प्रहरी प्रमुख एसपी रूपेश खड्काले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि कारबाही सुरु गरेको बताएका छन् ।

Tags: #कार र ट्याक्टर ठोकिएपछि....#पिकअप दुर्घटना

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.