×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली रुपैयाँ हालसम्म कै कमजोर

२७ कार्तिक २०८१

२७ कार्तिक ,काठमाण्डौ।

आज मंगलबार पनि नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा पुग्दै डलर हालसम्मकै महँगो बनेको हो।

Advertisement
Advertisement

यो सँगै नेपाली रुपैयाँ सबैभन्दा कमजोर बनेको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । आज १ डलर पाउनको लागि १३५ रुपैयाँ ३४ पैसा नेपाली रकम खर्च गर्नु पर्छ ।

अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ । यसलाई अर्को भाषामा भन्दा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ। राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १३४ रुपैयाँ ७४ पैसा तोकेको छ ।

यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो । यस अघि हिजो सोमबार डलरको बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा र खरिद दर १३४ रुपैयाँ ७१ पैसा रहँदै डलर हालसम्म कै उच्च बनेको थियो। सो रेकर्ड आज तोडिएर डलरले फेरी नयाँ उचाई कायम गरेको हो ।

अमेरिकामा डोनाल्ड ट्रंपले राष्ट्रपतिको चुनाव जितेसंगै त्यसको प्रभावको कारण डलर थप मजबुत हुँदै डलरको मूल्य बढेको हो । डलरको मूल्य बढेर हालसम्म कै उच्च हुँदा नेपाली रुपैयाँ हालअसम्मा कै कमजोर बनेको छ।

डलरको मूल्य महँगो हुँदा कसलाई फाईदा हुन्छ भने कसैलाई घाटा हुन्छ। सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। डलरको मूल्य महँगो हुँदा नेपाल आउने रेमिट्यान्स बढ्छ ।

डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ, डलरको भाउ महँगो हुँदा डलर साट्दा पाइने नेपाली रकम धेरै हुने हो । त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ ।

यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ । त्यस्तै डलर महँगो हुँदा नेपालले निर्यातबाट धेरै लाभ लिन सक्छ । नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ ।

यसले केही हदसम्म भएपछि ब्यापार घटाउन मद्दत गर्नसक्छ । तर नेपालले निर्यात भन्दा आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ ।

साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top