×

NEPAL TIMES UPDATES

Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

निर्मला पन्तको बलात्कारका प्रत्यक्षदर्शीे,जसले चिन्छन् कुकृत्यकारी

२७ कार्तिक २०८१

२७ कार्तिक ,विराटनगर।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बितिसकेपनि अहिलेसम्म रहस्यमय नै रहेको यो घटनामा एक प्रत्यक्षदर्शीले घटनामा आफू सम्पूर्ण घटनाको साक्षी रहेको भन्दै बलात्कारमा सम्लग्नहरुको नाम नै सार्वजनिक गरिदिने घोषणा गरेका छन् ।

सिंहदरबारमा रहेर विभिन्न मन्त्रालयका १६ जना मन्त्रीको सचिवालयमा रहेर गाडी चलाएका सवारी चालक नवराज अर्यालले आफ्नो ज्यानको सुरक्षा गरिदिने हो भने निर्मला पन्तको बलात्कारमा संलग्नहरुको नाम नै सार्वजनिक गरिदिने घोषणा गरेका हुन् ।

प्राइम टिभीबाट प्रसारण भएको कार्यक्रममा अर्यालले आफू उक्त घट्नाको प्रत्यक्षदर्शी भएको समेत दाबी गरेका छन् । आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको सवारी चालक रहेको र सोही सिलसिलामा कन्चनपुर गएको अवस्थामा आफूले सो घटना हुँदै गरेको देखेको उनले बताएका छन् ।

उनले भनेका छन्,‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु ।’

उनले निर्मला साइकलमा गएको , घटनास्थलमा जम्मा ४ जना रहेको, बाटो छेउमा रहेको उखुबारीमा उक्त घटना भएको र आफूले प्रत्यक्ष देखेको बताएका छन् । आफूले यसका विषयमा सोधीखोजी गर्दा यहा यस्तै हो भन्ने जवाफ आएको समेत उनले बताएका छन् ।

यद्यपि यस घटनाका बारेमा उनले पटक पटक विभिन्न मन्त्रीहरुलाई जानकारी दिने प्रयास गरेपनि आफुले समय नपाएको समेत उनले बताएका छन् । कुराकानीका क्रममा पटक पटक आँशु खसालेका अर्यालले कंचनपुरबाट फर्किएपछि घटनामा सम्लग्नहरुलाई सिंहदरबारको खाजा घरमा देखेको र बलात्कार र हत्याराका बाबुहरु भनेपछि आफ्नो खराब समय सुरु भएको समेत बताएका छन् ।

यो घटनाको प्रत्यक्षदर्शी भएकै कारण आफूमाथि पटक पटक सांघातिक आक्रमण भएको स्मरण गर्दै उनले आफ्नो सुरक्षा हुने नेपाल सरकारले ग्यारेन्टी गरे घटनाका सम्लग्नहरुको नाम सार्वजनिक गरिदिने बताएका छन् ।

उनले तत्कालीन समयमा आफूले लामो समय गाडी चलाएका अहिलेका गृहमन्त्री रमेश लेखक, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई यो घटनाका बारेमा जानकारी दिन गएपनि समय नपाएको दुखेसो पोखेका छन्।

राज्यबाट नै आफू पीडित भएको भन्दै उनले यातायातमा सूचीकृत भएको आफ्नो सवारी लाइसेन्सलाई नै यातायात व्यवस्था कार्यालयका प्रमुखले नै नक्कली भएको बताएको गुनासो गरेका छन् ।

उपचारकै क्रममा आफ्नो जायजेथा गुमाएका २ छोरीका बाबु अर्यालले प्रकाशमानको सचिवालयमा रहदा उनकै काममा दुर्घटनामा परेर २८ दिनसम्म अस्पतालमा उपचाररत रहदा पनि राज्यले कुनै पनि सहयोग नगरेको बताएका छन् ।

यो बीचको ६ वर्षमा ६ जना प्रहरी प्रमुख फेरिए, अनुशन्धानका लागि ६ वटा उच्चस्तरीय आयोग पनि बने, सधै अस्थिरता रहने राजनीतिक अवस्थाले ५ जना गृह मन्त्री बने तर अहिले सम्म निर्मलाको बलात्कार र हत्या काण्ड रहस्यको गर्भमा नै रहेको छ।

सबैले कुनै न कुनै रुपमा आफ्नै कार्यकालमा निर्मलाका हत्यारा पत्ता लगाई छाड्ने बताउदै आएपनि अहिलेसम्म कसैले पनि माखो मार्न सकेका छैनन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी पन्तको हत्याको विषयलाई लिएर देश विदेशमा विरोध प्रदर्शन भए।

हत्यारालाई कारबाहीको दायरामा ल्याउन हरेक सरकार असफल भएको भन्दै जुन पार्टी सरकारमा गए पनि त्यही पार्टी उछितो काड्ने काम अहिले पनि जारी छ। २०७५ साल साउन १० गते घरबाट साथी कहाँ जान्छु भनेर निस्केकी निर्मला कहिल्यै घर फर्किनन् ।

निर्मलाको हत्या भएदेखि अहिलेसम्म रामबहादुर थापा , बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने फेरि दोहोरिए भने अहिले रमेश लेखक गृहमन्त्री भएका छन् ।

उनीहरूले निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएर छाड्ने बताउँदै आएका छन् तर परिणाम शून्यको अवस्थामा छ। निर्मलाको हत्या हुंदा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल प्रहरी प्रमुख थिए।

उनले पनि हत्यारा पत्ता लगाउन उच्च स्तरीय अनुसन्धान टोली पटक पटक घटना स्थलमा पठाए तर त्यसले पनि केही उपलब्धि हासिल गर्न सकेन । खनालको कार्यकाल निर्मला हत्या प्रकरणमा रुमलिएर बित्यो ।

उनीपछि ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हाल वसन्त कुँवर आइजीका रूपमा कार्यरत छन् । उनीहरू पनि हत्यारा पत्ता लगाएर छोड्ने बताउँदै आएका छन् । तर सबैका प्रतिवद्धता मात्रै आश्वासन बनेका छन् ।

अहिले सम्म यो घटनामा १ सय २५ जनाको डिएनए परीक्षण गरिएको छ भने ६ सय ७० जना भन्दा बढीसँग अनुसन्धान टोलीले सोधपुछ गरेको छ । तर अपराधीसँग प्रहरी अझै पुग्न सकेको छैन् ।अब निर्मलाको हत्यामा संलग्न रहेका व्यक्तिलाई सार्वजनिक गर्नु पर्ने भन्दै आन्दोलनको अगुवाइ गरेका रमेश लेखक अहिले गृहमन्त्री छन् ।

सरकारी पक्षबाट हत्याको प्रमाण मेटाउने काम भएको भन्दै आन्दोलनको अगुवाइ गरेका लेखकको काँध माथि नै अब प्रत्यक्षदर्शीकै बयानका आधारमा ती प्रमाणहरु खोजी अपराधीलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी आएको छ।

अब आशा गरौं अब निर्मलापन्तका बलात्कार र हत्यामा सम्लग्नहरु पक्राउ पर्नेछन् । अनि निर्मला र उनका परिवारलाई न्याय मिल्नेछ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top