×

NEPAL TIMES UPDATES

Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026

राज्य सत्ता धरमराएको छ, मक्किएको छ

२७ कार्तिक २०८१

२७ कार्तिक , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्ष दोहो¥याएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका लामिछाने र अन्य शीर्ष नेताहरूबीच भएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले तयार पारेको सन्देशमा उक्त दाबी गरिएको छ ।

Advertisement
Advertisement

राज्यसत्ताको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर कसैलाई बुझाइराख्नु नपर्ने गरी छर्लङ्ग देखिएको, अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको सन्देशमा उल्लेख छ । देश अब त्रासको ताप र छहारीमुनि बाँच्न सक्नेहरूका लागि मात्र हो भन्ने आभास पनि रास्वपाले गरेको छ ।

यद्यपि रास्वपा सभापति हतास नभएको बरु आफ्नो मनोबल उच्च राख्दै सबैको हौसला बढाइरहेका रास्वपाले सन्देशमार्फत भनेको छ । सभापति लामिछाने अडिग, अटल र अविचलित भएर आफूविरुद्ध भएको अन्यायविरुद्धको कानुनी लडाइँमा लड्ने प्रस्ट पारेको छ ।

मंगलबार हिरासतमा लामिछानेसँग गरिएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले सन्देश जारी गर्दै रास्वपाले यस्तो बताएको हो । ‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन ।

तर सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन,’ रास्वपाले भनेको छ । लामिछानेले हिरासतभित्रबाट आफूमाथि शुभेच्छा राख्ने सबैमाथि आभार सुनाइदिन पनि आग्रह गरेको रास्वपाले बताएको छ ।

सरकार र पुराना दलहरूका कारण नेपालमै केही गरौँ भन्ने सोच भएका नेपालीहरूमा पनि निराशा बढ्दै गएको रास्वपाले बताएको छ । त्यस्तै, सभापति लामिछानेले आफू कानुनी लडाइँ लड्न सक्षम भएको पनि भेट्न पुगेका नेताहरूलाई बताएको रास्वपाले बताएको छ ।

‘इतिहास साक्षी छ, देश होस् या व्यक्ति लडेरै माथि उठ्छ । अनि झुटा कुराको आयु जति नै लामो होस्, त्यसलाई सत्यले नै बदल्छ। यही विश्वासको जगमा टेकेर राज्य व्यवस्थाको शक्ति पृथकीकरणमा अझै पनि विश्वास गर्दै यो अन्यायविरुद्धको कानुनी लडाइँमा हाम्रा सभापति अटल, अडिग र अविचलित भएर लड्नुहुनेछ,’ रास्वपाले भनेको छ ।

अन्यायको सन्देश प्रवाह गर्दै उनले अवसर गुम्ला भन्ने डर नराखी बोलिरहेको रास्वपाले उल्लेख गरेको छ । देशको अवस्था बेहाल रहेको, जनता निराश हुँदै गएका तर कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोप रास्वपाको छ ।

कुनै एजेन्डा र आँट नभएको दुई तिहाइको सरकार बरु दल फुटाउने र नेताहरू तर्साउने तिकडमतिर केन्द्रित रहेको रास्वपा सन्देशमार्फत उल्लेख गरेको छ । यस्तै सन्देशमा भनिएको छ, अहिलेको सरकार हाम्रा सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्र डराएको छैन ।

हातमा मोबाइल बोकेर सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग सरकार डराएको छ । वैकल्पिक मिडियाको उपयोग गर्दै बेथिति विरुद्ध आवाज उठाउन थालेपछि राज्य सत्ता धरमराएको छ, मक्किएको छ। रास्वपाले अन्त्यमा भनेको अब जागौं,उठौं । नेपाललाई समुन्नत बनाउन अभूतपूर्व जनजागरणको खाँचो छ । विचार मिल्ने व्यक्ति र समूहहरु गोलबद्ध भएर एउटा वृहत् अभियान अघि बढाऔं।

” यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता–कार्यकर्ताले रुपन्देहीको भैरहवामा प्रदर्शन गर्दै राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । प्रदर्शनकारीले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेपनि लामिछानेमाथि अन्याय भएको भन्दै सरकारको विरोधमा लगातार नारावाजी गरिरहेका छन् ।

बिहानैदेखि विमानस्थल अघि जम्मा भएर प्रदर्शनमा उत्रिएका उनीहरुले भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयको उत्तरपट्टीको भित्री सडक र बजारमा प्रदर्शन गरेका छन् । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरमा अनुसन्धान रहेको सभापति लामिछानेको समर्थनमा पार्टीको तर्फबाट प्रदर्शन गरेको भन्दै आलोचना भएपछि भैरहवामा भने पार्टीको झण्डा प्रयोग भएको छैन तर आन्दोलनको नेतृत्व पार्टीकै नेताहरुले गरिरहेका छन् ।

रास्वपा कार्यकर्ताले भैरहवाको बुद्धचोकमा भेला भएर सभापतिको रिहाई माग गर्नुका साथै पक्राउको विरोध गरेपछि नाराबाजीसहित विरोध गर्दै सरकारी वकिल कार्यालय नजिक पुगेका छन् । रास्वपाले सरकारमाथि प्रतिशोध साधेको आरोपसहित आन्दोलन जारी राख्दा उता उसका नेताहरुविरुद्ध अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न सर्वोच्चले आदेश गरेको छ ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएको छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top