×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026

रविसँग आजपनि लिखित बयान,हरेक प्रश्नको इन्कारी बयान

२९ कार्तिक २०८१

२९ कार्तिक , काठमाण्डौ ।

सहकारी  ठगी प्रकरणमा ४ सातादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान लिइँदै छ ।

Advertisement
Advertisement

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा कास्कीबाट बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेको बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिन सुरु गरिएको छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बिहान कार्यालय खुलेसँगै बयान सुरु भएको बताएका छन् । बयान सकिए लामिछानेलाई आजै कास्की पठाइने रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले बताएका छन् ।

मङ्गलवार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मङ्गलवारदेखि नै नियमित बयान लिइरहेको छ । लिखित बयानमा सरकारी न्यायाधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ ।

बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र लैजाने गरिएको छ ।

बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले बयानको पहिलो दिन कार्यालयबाट बाहिरिने क्रममा बाघलाई थुनेर स्याल नहुने भन्ने अभिब्यक्ति दिएपछि उनलाई संचारकर्मीहरुमाझ बोल्नै नदिने गरी प्रहरीले घेरा हाल्ने गरेको छ ।

बयानमा अनुसन्धान अधिकारीहरूले लामिछानेका नामबाट गोर्खा मिडियामा गएको ऋण, रकम जम्मा गरेको भौचर र सुप्रिमबाट अन्य विभिन्न व्यक्ति र संस्थागत रूपमा गोर्खा मिडियामा गएको रकमको विषयमा केन्द्रित रहेर प्रश्न सोधेका छन् ।

तर अधिकांश प्रश्नको जवाफमा लामिछानेले आफ्नो अनभिज्ञता प्रकट गरेका छन् । सुप्रिमबाट गोर्खा मिडियामा रकम जम्मा भएको विषय आफूलाई जानकारी नभएको र रकम जम्मा गर्ने व्यक्ति पनि आफूले नचिनेको उनको जवाफ छ ।

सबै काम जीबी राईमार्फत नै भएकाले उनी पक्राउ परेमा सबै खुल्ने उनले जवाफ दिएका छन् । लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेको आरोप अस्विकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बयानका क्रममा बताएका छन् ।

उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । प्रहरीले अहिले गरिरहेको अनुसन्धानअनुसार लामिछानेका नाममा प्रवाह गरिएको ऋणको भौचरलाई सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका थिए ।

गुल्मीको मालिका गाउँपालिका–८ घर भएका केसी अहिले फरार छन । केसीले भौचर सदर गरेपछि रोशनी गुरुङले गोर्खा मिडियाका नाममा रहेको बैंक खातामा रकम जम्मा गरेकी थिइन । बयानका क्रममा लामिछानेले गोर्खा मिडियाका पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेका नाममा सुप्रिमबाट ऋण प्रवाह भएको विषयमा पनि बचाउ गरेका थिए ।

जोशीका नाममा सुप्रिमबाट २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको अनुसन्धानमा देखिएको छ । जोशीले २०७७ माघ २९ मा उक्त ऋण लिँदा संस्थाले ५ लाख रुपैयाँ सेवा शुल्क कटाएको थियो ।

लामिछाने र जोशीका नाममा सहकारीबाट लिएको ऋण ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पनि उल्लेख छ । लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ६ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो। लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

लामिछानेलाई भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी छ । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई पनि बयान गराएर मंगलबार काठमाडौं पठाइएको छ ।

गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष जोशी, सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जीबी) राई, पूर्वसचिव दीपेश पुन, कुमार रम्तेलसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रूपन्देही अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

तीमध्ये राईलगायत अधिकांश फरार छन । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शन गर्दै आएका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नारा जुलुस गर्न बन्देज गरेको छ ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

छविलाल जोशी र लामिछानेसहित जीवी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा छन् ।

सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top