×

NEPAL TIMES UPDATES

Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026

भारतसँग ओलीले खेले ‘चिनियाँ कार्ड’!

२९ कार्तिक २०८१

२९ कार्तिक , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन जाँदैछन् । उनको चीन भ्रमणको तयारी सवरुप नै एमालेका ईश्वर पोखरेलसहितको उच्चस्तरीय नेताहरु चीन भ्रमणमा छन् । यस्तै उनको भ्रमणलाई सफल पार्न परराष्ट्र मन्त्री डा आरजु राणा समेत चनि जाने कार्यक्रम छ ।

Advertisement
Advertisement

यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाएका छन् । भारतले ओलीलाई भ्रमणका लागि निमन्त्रणा नगरेपछि उनले चीनको भ्रमण तय गरेको टिप्पणी भइरहेका बेला भारतीय संचारमाध्याम द हिन्दूमा एक अन्तर्वार्ता दिँदै प्रचण्डले ओलीले चिनियाँ कार्ड खेलिरहेको आरोप लगाएका हुन्।

अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल–भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको समेत बताएका छन् । प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो १८ महिने सरकारको कार्यकालमा नेपाल–भारत सम्बन्धलाई ‘नयाँ उचाइ’मा पु¥याएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओली छिट्टै बेइजिङ जाँदैछन् र अधिकारीहरूले भारतले अहिलेसम्म उनलाई कुनै निमन्त्रणा नदिएको उल्लेख गरेका छन् । समस्या कहाँ छ? भन्ने द हिन्दुको प्रश्नमा प्रचण्डले यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण हो।

उनीहरूले दुवै छिमेकी देशहरूसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउनुपर्थ्यो। केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो।

हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ। यस्तो हुनुहुँदैन थियो भनेका छन् ।

प्रधानमन्त्रीले लामो समय भारत भ्रमणको प्रतिक्षा गरे । तर अहिलेसम्म उनलाई भारत भ्रमणको निम्तो आएको छैन् । भारतको भ्रमणका लागि उनले नेपाल आएका भारतीय विदेश सचिव मार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो गरे ।

त्यसलगत्तै भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री मार्फत पनि मोदीलाई निम्ता पठाए तर भारतका तर्फबाट ओलीलाई भ्रमणको ग्रिन सिगनल मिलेन । यद्यपि ओली र मोदीबीच अमेरिकामा भेटवार्ता भएको थियो ।

राष्ट्रसंघको महासभामा दुई नेताबीच भेटवार्ता भएको थियो । त्यसक्रममा पनि ओलीले मोदीका तर्फबाट भ्रमणको निम्तो पाउन सकेनन् । त्यस पश्चात नै प्रधानमन्त्रीको चीन भ्रमणको पहल सुरु भएको थियो ।

सरकारले पोखरा विमानस्थलको ऋणलाई अनुदानबाट मिलाइदिन गरेको अनुरोधमा चीनले कुनै प्रतिक्रिया नदिए पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा सकारात्मक सन्देश पाउने अपेक्षा राखिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रधानमन्त्रीको भ्रमणअघि बेइजिङ जाने तय भइसकेको छ । चिनिया पक्षसँग निरन्तर संवादमा रहेका नेपाल सरकारका उच्च अधिकारीहरूका अनुसार जनस्तरदेखि सरकारी तहबाट समेत चीनका विभिन्न तहका प्रतिनिधिसँग पोखरा विमानस्थलको बारेमा कुरा भएको छ ।

चीनले ५ वर्षअघि नै प्रतिबद्धता जनाएको तर सहयोग परिचालन नभएको करिब ३९ अर्ब अनुदान रकमबाटै ऋण मोचन गर्ने विकल्पमाथि समेत छलफल भइरहेको छ । चीनले ऋणलाई अनुदानमा परिणत गर्ने नीति नरहेका कारण नेपालको प्रस्तावलाई स्वीकार गरिसकेको छैन ।

यद्यपि यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको चीन भ्रमणका बेला समेत योसहित विभिन्न विकास आयोजनाहरूको कामका बारेमा विस्तृतमा छलफल भएको थियो ।अर्थ मन्त्रालयले चीनले अनुदान,ऋण र ठेक्कामा काम गरिरहेका विकास आयोजनाका साथै सम्भावित परियोजनाहरूको लिस्ट बनाएको छ।

परराष्ट्र मन्त्रालयले पनि दुई देशबीचका आर्थिक,व्यापारिक र कूटनीतिक कार्यसूची तयार पारेको छ । अहिले बढी चर्चा चाहिँ पोखरा विमानस्थलको चिनिया ऋणको भइरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालले चीनको एक्जिम बैंकबाट करिब २६ अर्ब रुपैयाँ लिने सम्झौता गरेको थियो ।

२०७२ साल चैतमा ऋण सम्झौता भएपछि २०७३ पुसदेखि निर्माण भई अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । नेपाल सरकारले उक्त ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई औपचारिक आग्रह नै गरिसकेको छ ।

तर भारत नेपाल बीआरआईमा नेपाल आवद्ध नहोस् भन्न् पक्षमा रहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भ्रमण अघि नै भारतका स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख अमृतमोहन प्रसाद पनि नेपाल आउने तय भएको छ।द्विवेदी चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ मा नेपाल आउन लागेका हुन्। नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेना प्रमुख जनरल द्विवेदीलाई काठमाडौँ ओर्लेको भोलिपल्ट अर्थात् मंसिर ६ मा राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जंगीअड्डाले विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै एसएसबीका प्रमुख कात्तिक ३० मा नेपाल आउनेछन्। सीमा सुरक्षासँग सम्बन्धित रहेर समन्वयात्मक बैठकका लागि उनी नेपाल आउन लागेका हुन्। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठक यो पटक काठमाडौँमा हुने भएकाले उनी नेपाल आउन लागेका हुन्।

समन्वय बैठक दुई दिनसम्म चल्नेछ। भदौ ५, ६ र ७ गते काठमाडौँमा तय गरिएको सीमा सुरक्षासम्बन्धी आठौँ समन्वय बैठक बंगलादेशको राजनीतिक घटनाक्रमलाई देखाएर भारतका तर्फबाट स्थगित गरिएको थियो।

यतिबेला भारतीय सशस्त्र सीमा बलका महानिर्देशकको समय मिलेको जानकारी आएपछि मंसिर १ र २ गते काठमाडौँमा बैठक गर्न लागिएको हो। यी दुई सुरक्षा अधिकारीको नेपाल भ्रमणलाई समेत महत्वका साथ हेरिएको छ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top