×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाराग्वेसँग पनि टिक्न सकेन अर्जेन्टिना,ब्राजिल बराबरीमा

३० कार्तिक २०८१

३० कार्तिक , काठमाण्डौ ।

विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा स्तब्ध बनेको छ । शुक्रबार पाराग्वेको हातबाट २–१ ले पराजित भएको छ । हारका बाबजुत अर्जेन्टिना अंक तालिकाको शीर्षमै छ। खेलमा सुरुआती अग्रता लिएको भए पनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना पराजित भयो ।

Advertisement
Advertisement

अर्जेन्टिनाले लउतारो मार्टिनेजको गोलले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि १९औं मिनेटमा पाराग्वेका एन्टोनियो सानाब्रियाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको थियो ।

पछि ओमनर एलडेरेटले थप गोल गरे । दोस्रो हाफको ४७औं मिनेटमा ओमारले गोल गर्दै पाराग्वेलाई खेलमा अगाडि ल्याए । त्यसपछि थप गोल हुन नसक्दा पाराग्वे २–१ ले विजयी हुँदै ३ अंक जोड्न सफल भयो । खेलमा अर्जेन्टिनाले ७७ प्रतिशत नियन्त्रण कायम राखेको थियो ।

तर, २३ प्रतिशत मात्र नियन्त्रण कायम गरेको पराग्वेसँग पराजित हुन पुगेको हो । अर्जेन्टिनाको २२ अंक छ भने पाराग्वेको १६ अंक भएको छ र छैटौं स्थानमा छ । यसअघि ब्राजिलले भेनेजुएलासँग १–१ को बराबरी खेलेको थियो ।

भेनेजुएलाले टेलास्को सेगोभियाको गोलको मद्दतले दोस्रो हाफको सुरुमै अग्रता लिएको थियो । ब्राजिललका लागि ६२ औं मिनेटमा भिनिसियस जुनियनरले बराबरी गोल फर्काए । रियल म्याड्रिड खेलाडीले पेनाल्टीबाट गोल गरेका हुन् ।

यो नतिजापछि ब्राजिल १७ अंकमा तेस्रो स्थानमा उक्लेको छ र उसको विश्वकप छनोट यात्रा लयमा फर्केको छ । यसअघि लगातार खराव प्रदर्शनका कारण ब्राजिलको विश्वकप छनोट सम्भावना कमजोर बनेको थियो ।

यस्तै इक्वेडरले बोलिभियालाई ४–० ले स्तब्ध पारेको छ। ११ खेलमा २२ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा रहँदा १० खेल खेलेको कोलम्बिया १९ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै ब्राजिल तेस्रो, उरुग्वे चौथो र इक्वेडर पाँचौँ स्थानमा छन् ।

अर्जेन्टिनाले हार र ब्राजिल बराबरीमा रोकिदा सबैको नजरमा परे अर्जेन्टिनाका कप्तान लिओनल मेसी र विंगर ब्राजिलका भिनिसियस जुनियर । यी दुवैले दक्षिण अमेरिकी विश्वकप छनोटमा निराशाजनक रात बिताएका छन्। मेसीले पाराग्वेसँग २–१ को हार टार्न सकेनन्।

यता, भिनिसियसले दोस्रो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिलले भेनेजुएलासँग १–१ को बराबरी खेल्नुप¥यो। अर्जेन्टिनाले पाराग्वेमा खेलेको थियो र आयोजकले स्थानीय समर्थकलाई मेसीका कुनै पनि जर्सी लगाउन प्रतिबन्ध लगाएको थियो।

असुन्सिओनमा भएको खेलको ‘टिभी फुटेज’मा घरेलु समर्थकको ठूलो हिस्साले पाराग्वेको रातो र सेतो रङ लगाएका थिए। प्रत्यक्ष प्रसारणमा मेसीको जर्सी लगाइएको कुनै ‘फुटेज’ देखाइएको थिएन। मेसीले पहिलो हाफमा बल छुने थोरै मात्रै अवसर प्राप्त गरे।

तर, ११औं मिनेटमा लाउटारो मार्टिनेजले क्रस सटमार्फत गोल गर्दै अर्जेन्टिना अग्रता दिलाए। ‘भिडियो रिभ्यु’ पछि उनले गरेको गोललाई मान्यता दिइएको हो। १९ औं मिनेटमा एन्टोनियो सानाब्रियाको पासमा पाराग्वेका डिफेन्डर गुस्ताभो गोमेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

घरेलु टोलीले त्यसपछि दबाब जारी राखे र अर्जेन्टिनी स्टारलाई चल्न दिएनन्। खेलको ४७ औं मिनेटमा ओमार अल्डेरेटले गोल गर्दै पाराग्वेलाई जित दिलाउन सफल भए। अल्डेरेटलाई आक्रामक ट्याकलका लागि कार्ड नदिएको भन्दै मेसी ब्राजिलियन रेफ्री एन्डरसन डारोन्कोसँग रुष्ट भएका थिए।

‘टोलीले निकै संघर्ष ग¥ये। यो खेलमा हामीले गरेका धेरै गल्तीलाई सच्याउनुपर्छ। तर, सामान्यतया भन्नुपर्दा हामी राम्रो खेलिरहेका छौं। हामी अझै पनि शीर्ष स्थानमा छौं। तर, हामीले योभन्दा अगाडि हेर्नुपर्छ,’ मार्टिनेजले भने।

उता भिनिसियस विश्वकप छनोटका ६ खेलमा गोलविहीन छन्। उनले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर प्राप्त गरेका थिए। यो गोलले नै ब्राजिललाई तीन अंक दिलाउने लगभग पक्का थियो। तर, उनको ‘लो स्पट किक’ लाई गोलकिपर राफेल रोमोले बचाए।

४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर, भेनेजुएलाका २१ वर्षीय तेलास्को सेगोभियाले ४६ औं मिनेटमा डिबक्सको किनाराबाट सशक्त प्रहारलाई गोलमा परिणत गर्दै भेनेजुएलाले बराबरी गोलमा फर्काए।

८९औं मिनेटमा ग्याब्रियल मार्टिनेलीको अनुहारमा कुइनोले प्रहार गरेपछि एलेक्जेन्डर गोन्जालेजलाई भेनेजुएलाले गुमाउन पुगेको थियो। त्यसपछि भेनेजुएला १० खेलाडीमा सीमित भयो। राफिन्हाले यो नतिजाले आफू निराश रहेको प्रतिक्रिया दिए।

‘हामी यो जितको हकदार थियौं। तर, यो खेल गुमाउन पुग्यौं। त्यसैले म निराश छु,’ उनले खेलपछि भने, ‘तर, यो एक महत्वपूर्ण बिन्दु हो। हामी घरेलु मैदानमा अर्को एक खेल जित्न कडा मिहिनत गरिरहेका छौं।’

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top