NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री सोमवार कार्तिक १० , २०८२
आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ? सोमवार कार्तिक १० , २०८२
आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै सोमवार कार्तिक १० , २०८२
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

पाराग्वेसँग पनि टिक्न सकेन अर्जेन्टिना,ब्राजिल बराबरीमा

शुक्रबार कार्तिक ३० , २०८१
Reading Time: 1 min read
A A
पाराग्वेसँग पनि टिक्न सकेन अर्जेन्टिना,ब्राजिल बराबरीमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० कार्तिक , काठमाण्डौ ।

विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा स्तब्ध बनेको छ । शुक्रबार पाराग्वेको हातबाट २–१ ले पराजित भएको छ । हारका बाबजुत अर्जेन्टिना अंक तालिकाको शीर्षमै छ। खेलमा सुरुआती अग्रता लिएको भए पनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना पराजित भयो ।

अर्जेन्टिनाले लउतारो मार्टिनेजको गोलले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि १९औं मिनेटमा पाराग्वेका एन्टोनियो सानाब्रियाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको थियो ।

पछि ओमनर एलडेरेटले थप गोल गरे । दोस्रो हाफको ४७औं मिनेटमा ओमारले गोल गर्दै पाराग्वेलाई खेलमा अगाडि ल्याए । त्यसपछि थप गोल हुन नसक्दा पाराग्वे २–१ ले विजयी हुँदै ३ अंक जोड्न सफल भयो । खेलमा अर्जेन्टिनाले ७७ प्रतिशत नियन्त्रण कायम राखेको थियो ।

तर, २३ प्रतिशत मात्र नियन्त्रण कायम गरेको पराग्वेसँग पराजित हुन पुगेको हो । अर्जेन्टिनाको २२ अंक छ भने पाराग्वेको १६ अंक भएको छ र छैटौं स्थानमा छ । यसअघि ब्राजिलले भेनेजुएलासँग १–१ को बराबरी खेलेको थियो ।

भेनेजुएलाले टेलास्को सेगोभियाको गोलको मद्दतले दोस्रो हाफको सुरुमै अग्रता लिएको थियो । ब्राजिललका लागि ६२ औं मिनेटमा भिनिसियस जुनियनरले बराबरी गोल फर्काए । रियल म्याड्रिड खेलाडीले पेनाल्टीबाट गोल गरेका हुन् ।

यो नतिजापछि ब्राजिल १७ अंकमा तेस्रो स्थानमा उक्लेको छ र उसको विश्वकप छनोट यात्रा लयमा फर्केको छ । यसअघि लगातार खराव प्रदर्शनका कारण ब्राजिलको विश्वकप छनोट सम्भावना कमजोर बनेको थियो ।

यस्तै इक्वेडरले बोलिभियालाई ४–० ले स्तब्ध पारेको छ। ११ खेलमा २२ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा रहँदा १० खेल खेलेको कोलम्बिया १९ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै ब्राजिल तेस्रो, उरुग्वे चौथो र इक्वेडर पाँचौँ स्थानमा छन् ।

अर्जेन्टिनाले हार र ब्राजिल बराबरीमा रोकिदा सबैको नजरमा परे अर्जेन्टिनाका कप्तान लिओनल मेसी र विंगर ब्राजिलका भिनिसियस जुनियर । यी दुवैले दक्षिण अमेरिकी विश्वकप छनोटमा निराशाजनक रात बिताएका छन्। मेसीले पाराग्वेसँग २–१ को हार टार्न सकेनन्।

यता, भिनिसियसले दोस्रो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिलले भेनेजुएलासँग १–१ को बराबरी खेल्नुप¥यो। अर्जेन्टिनाले पाराग्वेमा खेलेको थियो र आयोजकले स्थानीय समर्थकलाई मेसीका कुनै पनि जर्सी लगाउन प्रतिबन्ध लगाएको थियो।

असुन्सिओनमा भएको खेलको ‘टिभी फुटेज’मा घरेलु समर्थकको ठूलो हिस्साले पाराग्वेको रातो र सेतो रङ लगाएका थिए। प्रत्यक्ष प्रसारणमा मेसीको जर्सी लगाइएको कुनै ‘फुटेज’ देखाइएको थिएन। मेसीले पहिलो हाफमा बल छुने थोरै मात्रै अवसर प्राप्त गरे।

तर, ११औं मिनेटमा लाउटारो मार्टिनेजले क्रस सटमार्फत गोल गर्दै अर्जेन्टिना अग्रता दिलाए। ‘भिडियो रिभ्यु’ पछि उनले गरेको गोललाई मान्यता दिइएको हो। १९ औं मिनेटमा एन्टोनियो सानाब्रियाको पासमा पाराग्वेका डिफेन्डर गुस्ताभो गोमेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

घरेलु टोलीले त्यसपछि दबाब जारी राखे र अर्जेन्टिनी स्टारलाई चल्न दिएनन्। खेलको ४७ औं मिनेटमा ओमार अल्डेरेटले गोल गर्दै पाराग्वेलाई जित दिलाउन सफल भए। अल्डेरेटलाई आक्रामक ट्याकलका लागि कार्ड नदिएको भन्दै मेसी ब्राजिलियन रेफ्री एन्डरसन डारोन्कोसँग रुष्ट भएका थिए।

‘टोलीले निकै संघर्ष ग¥ये। यो खेलमा हामीले गरेका धेरै गल्तीलाई सच्याउनुपर्छ। तर, सामान्यतया भन्नुपर्दा हामी राम्रो खेलिरहेका छौं। हामी अझै पनि शीर्ष स्थानमा छौं। तर, हामीले योभन्दा अगाडि हेर्नुपर्छ,’ मार्टिनेजले भने।

उता भिनिसियस विश्वकप छनोटका ६ खेलमा गोलविहीन छन्। उनले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर प्राप्त गरेका थिए। यो गोलले नै ब्राजिललाई तीन अंक दिलाउने लगभग पक्का थियो। तर, उनको ‘लो स्पट किक’ लाई गोलकिपर राफेल रोमोले बचाए।

४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर, भेनेजुएलाका २१ वर्षीय तेलास्को सेगोभियाले ४६ औं मिनेटमा डिबक्सको किनाराबाट सशक्त प्रहारलाई गोलमा परिणत गर्दै भेनेजुएलाले बराबरी गोलमा फर्काए।

८९औं मिनेटमा ग्याब्रियल मार्टिनेलीको अनुहारमा कुइनोले प्रहार गरेपछि एलेक्जेन्डर गोन्जालेजलाई भेनेजुएलाले गुमाउन पुगेको थियो। त्यसपछि भेनेजुएला १० खेलाडीमा सीमित भयो। राफिन्हाले यो नतिजाले आफू निराश रहेको प्रतिक्रिया दिए।

‘हामी यो जितको हकदार थियौं। तर, यो खेल गुमाउन पुग्यौं। त्यसैले म निराश छु,’ उनले खेलपछि भने, ‘तर, यो एक महत्वपूर्ण बिन्दु हो। हामी घरेलु मैदानमा अर्को एक खेल जित्न कडा मिहिनत गरिरहेका छौं।’

Tags: #अर्जेन्टिना विश्वकप छनोट#ब्राजिल बराबरीमा#मेसीको जर्सी लगाउन प्रतिबन्ध#विश्व च्याम्पियन

लोकप्रीय

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२

विचार

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२

थप समाचार

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए
ताजा समाचार

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.