NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

ओलीकोपछि हात धोएरै लागे दुर्गा प्रसाईं,डकुमेन्ट फेक ?पक्राउ गर्न माग

मङ्लबार मंसिर ४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
ओलीकोपछि हात धोएरै लागे दुर्गा प्रसाईं,डकुमेन्ट फेक ?पक्राउ गर्न माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ कार्तिक , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशी कम्पनीमा अर्बाै लगानी रहेको भन्दै व्यवसायी दुर्गा प्रसाईंले त्यसको प्रमाण समेत रहेको दावी गरेका छन् । लामो समयदेखि प्रधानमन्त्रीविरुद्ध विभिन्न प्रश्न उठाउदै आएका प्रसाईंले कम्बोडियाको संचार कम्पनीमा ओलीको लगानी रहेको भन्दै त्यसको प्रमाण समेत रहेको दाबी गर्दै भिडियो समेत सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ल हेर्नुहोस केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र । म मर्न तयार छु यस्ता तस्कर संग झुक्न तयार छैन । मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछी मेरो जिन्दगि माथि खतरा थपिएको छ । मलाई यसैकारण मार्न पनि सक्छन् भन्ने पनी मलाई थाहा छ। तर मर्न त एक दिन मैले मर्नै पर्छं , म मरेता पनि मेरा नेपाली दाजुभाईलाई यी तस्करको यथार्थता देखाउँदै यस्ता फटाहालाई नंगाएर मात्र मर्न तयार छु । दुर्गा प्रसाई मर्न सक्छ, दुर्गाको बिचार मर्दैन, किनकी दुर्गा भनेको बिचार हो , घरघरमा जन्मिसके दुर्गाहरु ! यो सुरुवात मात्र हो, यस्ता प्रमाणहरु अन्य दलका नेताहरुका पनि आईरहने छन्, खाँचो छ , त तपाइँ आम नागरिकहरुको साथको । धन्यबाद !!!

LS Auto

तर प्रसाईंको यो दाबीको एमालेका नेताहरुले अखण्डन गरेका छन् । उनीहरुले प्रसाईंलाई पक्राउ गर्न पनि माग गरेका छन् । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विष वृक्ष भएको पोखरेलले प्रष्ट पारेका छन् । ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन् ।

प्रसाईंले भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनताविरुद्धको षडयन्त्र भएको उल्लेख गरेका छन् । यस्तै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रसाईं विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित भएकाले नियन्त्रणमा लिनुपर्ने उनको माग छ। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोप पुष्टि गर्न लगाउन पनि उनले माग गरेका छन् ।

बैंकहरूको अरबौँ रुपैँया ऋण लिएर नतिरी बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारणलाई भ्रममा पारेर वित्तीय अपराध गरिरहेका प्रसाईंले किर्ते कागजको अपराध सुरु गरेको थापाको भनाई छ।

‘बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अरबौँ रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेछ, विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस्’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रसाईं मानसिक रूपमा पनि अस्वस्थ देखिएकोले स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि उनले माग गरेका छन् । ‘मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस्’, उनले लेखेका छन् । यस्तै नेकपा (एमाले) बागमती प्रचार विभागले अहिले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षडयन्त्र चिर्न त्यसका विरुद्धको प्रचारमा जुट्नुपर्ने निष्कर्ष निकालेको छ ।

एमाले बागमती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा बसेको बैठकले पार्टी र सरकारविरुद्धको भ्रम चिर्न संगठित रूपमा प्रचारमा जुट्नुपर्ने निर्णय गरेको हो ।

पार्टीका विरुद्ध भइरहेका षडयन्त्रहरू चिर्न र मुलुकमा कानुनी शासन कायम राख्न प्रचार विभागका सदस्यहरूको ठूलो भूमिका रहेको निष्कर्ष निकाल्दै बैठकले अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्ने तत्वका विरुद्ध लाग्न निर्देशन दिएको छ ।

भिडियोमा प्रमाण भन्दै प्रसाईंले केही कागजातहरू देखाइएका छन् । १४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता खड्गप्रसाद ओली उल्लेख छ । ओलीको हस्ताक्षर समेत देखाइएको अर्काे कागज पनि प्रमाणका रूपमा देखाइएको छ जहाँ उनको नाम लेखिएको छ तर दुवै नाममा स्पेलिङ फरक छन् ।

ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया विजनेस फोरममा सहभागी हुन कम्बोडिया गएको बेला सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको दावी प्रसाईंले गरेका छन् । प्रसाईं कुनै समय प्रचण्ड र केपी ओलीसँग पालौपालो निकट थिए । उनले दुवै नेतासँग खाएको मार्सी चामलको भात कुनै समय चर्चित विषय बनेको थियो ।

Tags: #कम्बोडियाको कम्पनीमा ओलीको लगानी ?#दुर्गा प्रसाईं#दुर्गा प्रसाईं पक्राउ

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.