×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

टी–२० अलराउन्डरमा ऐरी दोस्रो, शीर्ष स्थानमा को छन् ?

६ मंसिर २०८१

६ मंसिर, काठमाण्डौ ।

आईसीसी टी २० क्रिकेटको विश्व वरीयतामा अलराउन्डरतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत रहेका छन् । यो सूचीको पहिलो स्थानमा भने भारतका हार्दिक पाण्ड्या रहेका छन् । आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा पाण्ड्याको २४४ अंक पुगेपछि उनी दुई अंकको अग्रता लिएर पहिलो स्थान कायम गरेका हुन् ।

Advertisement
Advertisement

यस क्रममा उनले इंग्ल्याण्डका लियाम लिविंगस्टोन र नेपालका दीपेन्द्रसिंह ऐरीलाई पनि पछाडि पारेका हुन् । यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए । पाण्ड्याले अलराउन्डरको वरीयतामा पहिलो स्थान हासिल गरेको यो दोस्रो पटक हो।

यसअघि उनले आईसीसी टी–२० विश्वकपमा भारत च्याम्पियन हुँदा यो उपलब्धि हासिल गरेका थिए। दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा उनले दोस्रो टी–२० मा कठिन परिस्थितिमा ३९ रनको इनिङ्स खेलेका थिए।

यसपछि उनले बलिङमा पनि राम्रो प्रदर्शन गरे। चौथो टी–२० मा उनले आफ्नो तीन ओभरमा मात्र आठ रन दिएर एक विकेट लिए। उनले यो स्थान हासिल गर्न नेपालका दीपेन्द्रसिंह ऐरी र इङ्ल्यान्डका लियाम लिभिङ्स्टनलाई पछि पारेका छन्।

दीपेन्द्र दोस्रो स्थानमा यथावत छन्। लियाम भने दुई स्थान तल खस्किएका हुन्। नेपालका दीपेन्द्रसिंह ऐरी २३१ अंकसहित आईसीसी टी–२० अलराउन्डरको सूचीमा दोस्रो स्थानमा छन् । अनि इङ्ल्यान्डका लियाम लिभिङ्स्टन दुई स्थान तल झर्दै २३० अंकसहित तेस्रो स्थानमा छन् ।

पाण्ड्याबाहेक तिलक र सञ्जुको वरीयतामा उल्लेख्य सुधार भएको छ। तिलकले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई शतकसहित कुल २८० रन बनाउँदै प्लेयर अफ द सिरिजको उपाधि जितेका थिए। उनले यस शृंखलाका पहिलो दुई खेलमा चौथो स्थानमा ब्याटिङ गरेका थिए।

जसमा उनले ३३ र २० रन बनाए। तर, कप्तान सूर्यकुमार यादवले उनलाई ब्याटिङ पोजिसनमा मौका दिनेबित्तिकै तिलकले लगातार दुई शतक बनाए। यो प्रदर्शनले उनी टी–२० ब्याटिङ वरीयतामा ६९ स्थान माथि उक्लिएर तेस्रोमा पुगेका छन्।

तिलक अहिले भारतका शीर्ष ब्याट्सम्यान बनेका छन्। कप्तान सूर्यकुमार एक स्थान झरेर चौथो स्थानमा पुगेका छन्। सञ्जुले पनि दक्षिण अफ्रिकाविरुद्ध दुई खेलमा शतक र दुई खेलमा शून्य रन प्रहार गरेका थिए। १७ स्थान सुधार गरेका उनी टी–२० ब्याटिङ वरीयतामा २२औं स्थानमा छन्।

टी–२० ब्याटिङ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलियाका ट्राभिस हेड रहेका छन् भने दोस्रो स्थानमा इङल्यान्डका फिल साल्ट रहेका छन् । ब्याटिङ बरीयतामा भने नेपालका दीपेन्द्र सिंह ऐरी ४८ औं स्थानमा छन् ।

वरीयतामा नेपालका कप्तान ६० औं स्थानमा छन् भने आशिफ शेख ७० औं स्थानमा छन् । भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले पनि वरीयतामा तीन स्थान सुधार गर्दै करियरको उत्कृष्ट नवौं स्थानमा पुगेका छन्।

अर्शदीपले दक्षिण अफ्रिकाविरुद्धको शृंखलामा उत्कृष्ट बलिङ गर्दै चार खेलमा आठ विकेट लिएका थिए। यसबाहेक दक्षिण अफ्रिकी ब्याट्सम्यान ट्रिस्टन स्टब्स (२३औं स्थानमा) र हेनरिक क्लासेन (५९औं स्थानमा) ले पनि आफ्नो वरीयतामा सुधार गरेका छन्।

श्रीलंकाका कुसल मेन्डिस (१२औं) र वेस्ट इन्डिजका शाई होप (२१औं) को पनि आफ्नो वरीयतामा सुधार भएको छ। बलरको वरीयतामा भने इंग्ल्यान्डका आदिल राशिद पहिलो नम्बरमा छन् । यस्तै श्रीलङ्काका वानिन्दु हसरङ्गा दोस्रो स्थानमा यथावत् छन् ।

Advertisement
Advertisement

यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top