NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

रास्वपाले आन्दोलनको भारी बिसायो,रविका लागि सडकमा नउत्रने

बिहिबार मंसिर ६ , २०८१
Reading Time: 1 min read
A A
रविको भिडियो खिच्न पनि कडाई, बोल्नै नदिने रणनीति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ मंसिर, काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीे सभापति रवि लामिछाने पक्राउ परेयता जारी राखेको सडक आन्दोलनको प्रारुप परिवर्तन गरेको छ । स्थानीयतहको उपनिर्वाचन नजिकिरहेको अवस्थामा रास्वपाले पहिलो प्राथमितामा उपनिर्वाचनलाई राखेको छ ।

कात्तिक २ मा रवि पक्राउ परेयता राजनीतिक प्रतिशोधपूर्वक पक्राउ गरिएको विरोधमा पोखरा, रुपन्देही र काठमाडौंमा प्रर्दशन गर्दै आएको रास्वपाले उपनिर्वाचन नजिकै आएकोले सडक आन्दोलनलाई चुनावी अभियानमा बिसाउने निर्णय गरेको छ ।

LS Auto

बुधबार बसेको केन्द्रीय समिति वैठकले पार्टीका केन्द्रीय नेताहरु चुनावी अभियानमा केन्द्रित हुने र त्यसलाई आन्दोलनको रुप दिने निर्णय गरेको केन्द्रीय सदस्य गणेश पराजुलीले बताएका छन्। उनले भनेका छन् , ‘उपनिर्वाचन आउन १० दिनमात्रै बाँकी भएकाले अबको हाम्रो आन्दोलन चुनावी अभियानमा केन्द्रित हुनेछ । केन्द्रीय सदस्यहरुले पार्टीले चुनाव लड्ने २७ वटै स्थानमा खटाउने निर्णय भएको छ । अहिले गरिएको आएको जस्तो सडक आन्दोलन हुँदैन ।’

पार्टी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले पनि स्थानीय निकायको उपनिर्वाचन हुँदै गर्दा उम्मेदवारी दिएका सबै निकाय तह र वडामा पुगेर आफ्नो उपस्थिति जनाउने बताए । उनले भने, ‘हामी कुन राजनीतिक परिस्थितिमा छौं, सबै कुराको जानकारी गराउँदै आन्दोलनलाई त्यो प्रारुपमा लान्छौं ।’

बैठकमा आन्दोलन चर्काउने र यसलाई अहिले बिसाउनुपर्ने दुईथरि धारणा आएका थिए । अहिलेको तरिकाको आन्दोलन परिणाममुखी नहुने र उपनिर्वाचनलाई समेत असर गर्नेमा सबै सहमत भएपछि सर्वसम्मतिले निर्णय लिइएको हो ।

यसअघि आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए । केन्द्रीय समिति बैठकमा भने प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने माग उठेपछि फरक निर्णय भएको हो ।

म्याद थपका दिन प्रदर्शन गर्दा न्यायालयलाई प्रभाव पार्नका लागि पार्टी अगाडि बढेको हो कि भन्ने सन्देश पनि जनतामा गएकाले सचेत बन्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो । एकातिर केन्द्रीय समिति बैठक नबसी दोस्रो चरणको आन्दोलनको घोषणा भएको र अर्कोतिर स्थानीय तह उपनिर्वाचनका लागि प्रचारप्रसारलगायत काम नभएको भन्ने विषय पनि बुधबारको केन्द्रीय समितिमा उठेको थियो ।

रास्वपा उपसभापति अर्यालको अध्यक्षतामा मंगलबार केन्द्रीय समिति बैठक बोलाइएको थियो । बैठकमा आगामी शनिबारका लागि घोषणा गरिएको विरोध प्रदर्शनको तयारीबारे छलफल गर्ने भनिएको थियो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई हिरासतबाहिर निकाल्ने नारा लिएर सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने र त्यसो गर्दा नकारात्मक सन्देश जाने धारणा राखेका थिए ।

केन्द्रीय समितिमा विरोध प्रदर्शनको प्रस्तावमाथि नै प्रश्न उठेपछि उपसभापति अर्याल सभापति लामिछानेलाई भेट्न पोखरा गएका थिए । लामिछानेलाई पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि भेटेका थिए । बुधबार लामिछानेलाई भेटेर पोखराबाट अर्याल र परियार फर्किएपछि अपराह्न ४ बजेतिर केन्द्रीय समिति बैठक बसेको थियो  ।

बैठकमा सडकमा विरोध प्रदर्शन गर्नुभन्दा पनि स्थानीय तह उपनिर्वाचन, संगठन निर्माण, जिल्ला अधिवेशनलगायत काममा लाग्नुपर्ने र राज्यबाट लामिछानेमाथि प्रतिशोध कसरी साँधिएको हो भन्ने जनतालाई बुझाउन घरदैलोलगायत रचनात्मक विरोधको विकल्पमा जानुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेका थिए ।

सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यले सडकमा विरोध प्रदर्शनको महत्त्व कम हुने बताएका थिए । केन्द्रीय सदस्य गणेश कार्कीले पनि सडक प्रदर्शनको पक्षमा आफू नरहेको भन्दै सामाजिक सञ्जाललगायतबाट आवाज उठाउनुपर्ने प्रस्ताव राखेका थिए ।

उनले यसअघि सामाजिक सञ्जालबाटै लामिछानेको पक्राउको विरोधमा पोखरामा पार्टीले गरेको विरोध प्रदर्शन कमजोरी भएको लेखेका थिए । सांसद तोसिमा कार्कीलगायतले जिल्लाजिल्लामा पार्टी निर्माणमा लाग्नुपर्ने र त्यसै क्रममा सहकारी ठगीको वास्तविकता जनतालाई बुझाउनुपर्ने धारणा राखेका थिए ।

लामिछानेले नै राज्यका निकायले गर्ने अनुसन्धान र न्याय प्रणालीलाई स्वीकार गरेर जान्छु भनेपछि सडकमा विरोध प्रदर्शन गर्न नहुने विषय पनि केन्द्रीय समिति बैठकमा उठेको थियो । रास्वपा प्रमुख सचेतक परियारले अब स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सबै नेताहरू गएर सहकारी ठगी र सभापति लामिछानेको पक्राउका विषयमा जनतालाई आफ्ना कुरा स्पष्ट पार्ने निर्णय भएको बताए ।

बैठकपछि रास्वपाले दोस्रो चरणको आन्दोलन कस्तो बन्ने भन्नेबारे कुनै उल्लेख नगरी विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभिन्न राष्ट्रिय मुद्दाहरूलाई स्थानीयकरण गर्नेतर्फ लाग्नुपर्ने उल्लेख छ । रास्वपा सभापति रवि भने कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई पछिल्लो पटक थपिएको १३ दिनको समय ८ गते सकिदैछ । उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले बयानका लागि काठमाडौं लगिनेछ । यस्तै हिजो मात्रै रविसहित अन्य १० जनविरुद्ध चितवनमा पनि उजुरी परेको छ । यद्यपि चितवनबाट भने पक्राउ पुर्जी जारी भइसकेको छैन् ।

Tags: #पहिला चुनाव अनि रवि#राष्ट्रिय स्वतन्त्र पार्टी#रास्वपाले आन्दोलन बिसायो

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.