×

NEPAL TIMES UPDATES

Playing
भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?|| Nepal Times
Mar 31, 2026
Playing
यसरी मिचिएको थियो हाम्रो भूभाग,काँगडादेखि Lipulekhसम्मको नालीबेली || Nepal Times
Mar 31, 2026
Playing
नेपालमा अब ३२.२ डिग्री तापक्रममाथि काममा लगाउन नपाइने || Nepal Times
Mar 31, 2026
Playing
Top 15 Afternoon News || Mar-31-2026 || Nepal Times
Mar 31, 2026
Playing
मा ओ वादी वि द्रोह माथि भारतले विजय हासिल गर्यो || Nepal Times
Mar 31, 2026
Playing
Iran Americaका बीच परमाणु यु द्ध हुन्छ ? Iranले बनाउन र चलाउन सक्ने || Nepal Times
Mar 31, 2026
Playing
विचार राख्दा बला *त्का *रको धम्की दिने हाम्रो समाज कस्तो ? || Nepal Times
Mar 31, 2026
Playing
Iranमा परमाणु अप्रसार सन्धिबाट बाहिरिनुपर्ने माग बढ्दै, के हुन्छ यसको प्रभाव ? || Nepal Times
Mar 31, 2026
Playing
ओलीलाई डिस्चार्ज गर्न सकिने, प्रहरीले कहाँ राख्ला ? एमाले के गर्दैछ ? || Nepal Times
Mar 31, 2026
Playing
भारत आउने जहाज अमेरिकी आक्र मणमा ध्वस्त|| Nepal Times
Mar 31, 2026

मन्त्री फेरबदल हल्ला, एकै पटक प्रधानमन्त्री फेर्ने

६ मंसिर २०८१

६ मंसिर, काठमाण्डौ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार सुदूरपश्चिमको डोटीमा आयोजित पार्टी कार्यक्रममा भने ‘केपी ओलीले अब कति वर्ष चलाइराख्न पाए भने यो देश बन्छ होला त, तपाईको सुखको दिन आउँछन् होला त, हाम्रा युवाहरुले यही देशभित्र गरिखाने वातावरण बन्छ होला त ?,

Advertisement

शेरबहादुर देउवालाई छैटौं–सातौं कति पटक प्रधानमन्त्री बनाइदिए यो देश बन्ला ? वा प्रचण्डलाई फेरि फर्काइदिए बन्छ होला’, ‘कांग्रेस, एमाले र माओवादीको परपरसम्म हेर्नुस्, यीनीहरुका कुन चाहिँ मान्छेलाई प्रधानमन्त्री बनायो भने यो देश बन्छ होला ?’, उनले भने , ‘थाकेको बेइमान र भ्रष्ट नेतृत्व बोकेर तपाईले आफ्नो सुखी जीवन देख्न पाउनुहुन्न ।’

हिन्दु राष्ट्र र राजासंस्थाको वकालत गरिरहेको राप्रपाका अध्यक्ष लिङ्देनको यो अभिब्यक्ति यस्तो समयमा आएको छ । जतिबेला वर्तमान सरकारका मन्त्रीहरु फेरबदल गर्ने चर्चा चलिरहेको छ।

७दलीय गठबन्धन सरकार गठन गर्ने समझदारी गर्दा देखिने नै प्रधानमन्त्री समेत आलोपालो गर्ने सझदारी गरेका प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वले पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री चुनेका छन् भने दोस्रो कार्यकालमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छ ।

सहमति अनुशार २ वर्षका लागि प्रधानमन्त्री बनेका ओलीको दिनगन्ती सुरु भइसकेको छ । र यो गन्ती अरु कसैले नभएर सरकारकै गृहमन्त्री रमेश लेखकले गरेका छन् । आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले २०८४ सम्म यो गठबन्धन कायम रहने दाबी गर्दै अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।

मन्त्रीहरुको फेरबदल हुने चर्चाका बीच गृहमन्त्री लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताए । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरे। गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।

उनले भने– दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन। प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चाररकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई ठूलो बनाएर बेकारको हल्ला चलाएको दाबी गरे।

उनले भने– एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ। नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे।

उनले भने– प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ। गृहमन्त्रीले बीआरआइबीको विषयमा खटपट रहेको विषयको बचाउ गरेपनि हिजो पत्रकार सम्मेलन नै गरेका एमाले नेताले कांग्रेस तर्फ लक्षित गर्दै सहमति भइसकेको बीआरआईलाई गिजोलेको टिप्पणी गरेका छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेसप्रति लक्षित गर्दैै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा पहिले हस्ताक्षर गरेको भए पनि अहिले गिजोल्न थालेको आरोप लगाएका हुन्।

बुधबार ज्ञवालीले भने, ‘उहाँहरुले नै हस्ताक्षर गर्नुभयो, पछि गिजोल्न लाग्नुभयो।’ सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार हुँदा नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री रहेका प्रकाशशरण महतले बीआरआई सम्झौतामा हस्ताक्षर गरेका थिए।

ज्ञवालीले उक्त सम्झौतापछि ९ परियोजना नेपालले छानिसकेको भन्दै त्यसमा लगानीको ढाँचा भने अझैं टुंगिन बाँकी रहेको बताए। उनले भने, ‘बीआरआईमा ९ परियोजना छानेका छौँ, तर फन्डिङ मोडालिटीमा प्रवेश नै गरेका छैनौँ।

यही बीआरआईमा सहमति नजुटेपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजनको जिम्मा पाएकी परराष्ट्र मन्त्री आरजु राणाको चीन भ्रमण समेत अन्योलमा परेको छ ।

Advertisement

भर्खरको समाचार

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सयौँ अमेरिकी सैनिक मध्यपूर्वमा तैनाथ,इरानी टापु र तेल कब्जाको तयारी

Army paratroopers with the 4th Infantry Brigade Combat Team (Airborne), 25th Infantry Division, U.S. Army Alaska, board multiple Air Force C-130J Hercules and C-17 Globemaster III aircraft while conducting an airborne assault during exercise Arctic Anvil 19-01 at Joint Base Elmendorf-Richardson, Alaska, Oct. 9, 2018. Arctic Anvil 19-01 is a joint, multi-national, force-on-force training exercise designed to provide the 1st Stryker Brigade Combat Team a tough, realistic training event that validates their ability to fight and win as a combined arms team in preparation for their rotation at the Army’s National Training Center in California early next year. Over 400 Spartan paratroopers were transported by multiple Air Force C-130J Super Hercules aircraft out of Little Rock Air Force Base, Ark., and Yokota Air Base, Japan, in addition to multiple C-17 Globemaster III’s from JBER and Joint Base Pearl Harbor-Hickam, Hawaii. (U.S. Air Force photo by Alejandro Peña)

गृहमन्त्री सुदन गुरुङ भारतीय नायक फिल्मको झल्को दिँदै

661435228_941319531821398_5068854568926476504_n

सुदन गुरुङकै अघि आईजीपी रोएपछि, नेपाल प्रहरी अब आधुनिक बन्ने

661556016_941319611821390_4122561234531548651_n

इरानी हमलामा भारतीयको मृत्यु, अब्राहम युद्धपोतमा हान्ने तेहरानको चेतावनी

7cd341a2-b195-4bc2-9c45-77a273e22399

चौथौ दिनमा बालेन सरकार, अहिलेसम्म के के गरे ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

दलाई लामाको निर्वासित सरकारपछि बालेनलाई बलुच नेताको बधाई

Screenshot 2026-03-30 135533

ओली–लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ

oli lekhak

सम्बन्धित खबरहरु

Scroll to Top