×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

बालेन, हर्क, गोपाल,सागर र मुकुल मिलेर पार्टी गठन गर्ने

१० मंसिर २०८१

१० मंसिर , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सहकारी प्रकरणमा प्रहरी हिरासतमा पुगेपछि मौन देखिएका रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले वैकल्पिक शक्ति जोगाउन अपिल गरेका छन् । उनले यसअघि आफू मात्रै वास्तविक रास्वपाको कार्यकर्ता रहेको अरु सबै रवि क्लबका सदस्यहरु रहेको टिप्पणी गर्ने मुकुलले अब भने आफू रास्वपामा नफिर्किने जनाउ दिएका छन् ।

Advertisement
Advertisement

रवि कात्तिक २ गते पक्राउ परेपछि मुकुलले कात्तिक ५ गते सामाजिक संजालबाट रविलाई भीडको नेताको संज्ञा दिएका थिए । रवि पक्राउ परेपछि राजधानी काठमाडौं, पोखरा र चितवनका सडकमा देखिएको भीडमा रवि लामिछानेको किचेन क्याबिनेट र रवि क्लबका सदस्यहरुको मात्रै सहभागिता रहेको उनले बताएका थिए ।

उनले विरोध कार्यक्रममा रास्वपा कार्यकर्ता नभएर ‘रवि लामिछाने क्लब’का सदस्यहरु पुगेका उल्लेख गरेका थिए । अहिले विवेकशील, नयाँ शक्ति, साझासहितका पार्टी हुँदै रास्वपामा आएर शक्ति आर्जन गरेको वैकल्पिक शक्ति व्यक्तिवादका कारण धरापमा परेको भन्दै उनले नयाँ सिराबाट समझदारीको आह्वान गरेका छन् ।

मुकुलले देखेको नयाँ पार्टी अर्थात नयाँ वैकल्पिक शक्तिमा रास्वपा केन्द्रीय समितिका पदाधिकारी र सदस्यसहित, बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल हुँदै डडेल्धुरामा स्वतन्त्र चुनाव लडेको सागर ढकालसहितलाई उनले आह्वान गरेका छन् । आफूले नयाँ सिराबाट अघि बढ्न वैकल्पिक शक्तिको खाका बनाएको भन्दै त्यसको विकमर्शमार्फत अघि बढ्न प्रस्ताव गरेका छन् ।

“विवेकशील, नयाँ शक्ति, साझालगायत दलको नाम दिएर होस् या विभिन्न स्वरूपमा तीनै तहका निर्वाचनमा भाग लिएर वा विभिन्न अभियान चलाएर किन नहोस्, वैकल्पिक राजनीतिका लागि देशविदेशमा रहेका सचेत नेपालीको साथमा थुप्रै प्रयास भए,” मुकुलले लेखेका छन्, “विधिको शासन, सुसंस्कृत राजनीति, सहभागितामूलक लोकतन्त्र, पारदर्शी, जवाफदेही र लोककल्याणकारी राज्यजस्ता २१औँ शताब्दीका राजनीतिक सिद्धान्तमा आधारित रहेर वैकल्पिक राजनीतिक दलहरूको उदय भयो । तर, मुख्यतः आफ्नै गल्ती र परिस्थिति अनुकूल नहुँदा ती दल तथा अभियान स्थापित हुन सकेनन् ।”

उनले ती असफलताका अभ्यासमा रास्वपाले छोटो सफलता हासिल गरे पनि गल्ती दोहोरिँदा त्यही गतिमा यसको पनि क्षयीकरण भएको उनले बताएका छन् । “यही सन्दर्भमा २०७९ साल असारमा नयाँ दल जन्मियो – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।  वैकल्पिक राजनीतिको अभियानलाई निरन्तरता दिने र मुलुकमा व्याप्त निराशालाई चिर्ने मुख्य ध्येय राखेर जन्मिएको रास्वपा त्यही वर्ष मंसिरको संसदीय निर्वाचनमा सफल भयो, राष्ट्रिय राजनीतिको बलियो शक्तिका रूपमा उदय भयो,” मुकुलले भनेका छन्, “हामीले जे उद्देश्य राखेर छोटो समयमा आफूलाई स्थापित गरायौँ, हाल त्यही गतिमा हाम्रो यो पार्टीको पतन हुँदै जाने त होइन भन्ने आशंका गर्न थालिएको छ ।”

उनले यसबाट शिक्षा लिँदै सुधारका निम्ति प्रतिबद्ध हुनुपर्ने बताएका छन् । “हामीबाट गम्भीर राजनीतिक भुल भयो । त्यसको पहिलो कारण हो– हामीले संस्थागत राजनीतिभन्दा व्यक्तिवादी राजनीतिलाई प्राथमिकता दिनू,” मुकुलले गल्ती स्वीकार्दै भनेका छन्, “स्थापनाको केही समयमा नै हामीले जनतासँग सम्बन्धित मुद्दाहरूभन्दा सत्तालाई केन्द्रमा राखेर पुराना राजनीतिक दलहरूजस्तै आपसमा लड्न पुग्यौँ ।”

पुराना दलहरूले पटकपटक गल्ती गरे तर, सुधारको प्रयास नै गरेनन् भनेर नारा लगाएर आएको शक्ति त्यही बाटोमा हिँडेर गल्ती भएको उनको स्वीकारोक्ति छ “..हामीसँग अवसर छ– सुधार गरे सुध्रिन सकिन्छ । त्यसका लागि हामीले सबैभन्दा पहिले आफ्ना गल्ती सुधार गर्दै त्यसबाट सिक्दै व्यक्तिगत लोभ र मोह, इगो र आकांक्षा त्याग्न सक्नुपर्छ, देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्छ,” ढकालले भनेका छन्, “यो सबै गर्न सक्ने हो भने नेपालमा वैकल्पिक राजनीतिको आधार बलियो हुँदै जान्छ, त्यसले सुन्दर राजनीतिक अवस्था सिर्जना गर्दै जान्छ ।” उनले थप भनेका छन्, “अहिलेको यक्ष प्रश्न अब रास्वपा जोगिन्छ कि जोगिँदैन भन्ने होइन, वैकल्पिक राजनीतिको बाटो के हुन्छ भन्ने हो ।”

यसअघि पनि धरानका मेयर हर्कले समेत वैकल्पिक शक्तिमा रुपमा नयाँ पार्टी गठन हुन् सक्ने संकेत पटक पटक गरिसकेका छन् । हर्कले बालेनसँगको भेटपछि नयाँ पार्टीको संभावना बारे अभिब्यक्ति दिने गरेका छन् । तर अहिलेसम्म बालेन, गोपाल र सागरले भने नयाँ शक्तिका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

बालेन, हर्क, गोपाल गएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं, धरान र धनगढीबाट निर्वाचित भएका स्वतन्त्र मेयर हुन् भने सागर ढकाल डढेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा काग्रेस सभापति शेरबहादुरदेउवाविरुद्ध उम्मेदवारी दिएर सम्मानजनक मतले पराजित भएका उम्मेदवार हुन् । ढकालले पटक पटक पौढ नेतृत्वले राजनीतिबाट विश्राम लिनुपर्ने भन्दै राजनीतिक पुस्तान्तरणको वकालत गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top