×

NEPAL TIMES UPDATES

Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026

इमरान खानको ‘फाइनल कल’, विश्वभरबाट साथ, ४ हजार पक्राउ

१० मंसिर २०८१

१० मंसिर , एजेन्सी ।

अमेरिकामा डोनाल्ड ट्रम्प पुनः सत्तामा आएलगत्तै यसको प्रभाव विभिन्न देशहरुमा देखिन थालेको छ । ट्रम्पको पुनरागमनसंगै कतिपय देशहरुको सरकारमा उथलपुथल आएको छ । जर्मनीमा सरकार ढलेको छ भने बेलायतमा पनि सरकारमाथि खतरा उत्पन्न भइरहेको छ ।

Advertisement
Advertisement

यता पाकिस्तानी राजनीतिमा पनि परिवर्तनका संकेतहरु देखिन थालेका छन् । उसै त राष्ट्रपति पदबाट बाहिरिदै गर्दा जो बाइडेनमाथि अमेरिकी सांसदहरुले पाकिस्तानमा इमरान खानलाई जेलबाट बाहिर निकाल्न दबाब बढाएका छन् ।

यसबीच यता फेरि पाकिस्तानी सडकमा इमरानका समर्थकहरुले प्रदर्शन चर्काएका छन् । इमरान खानको रिहाइको माग गर्दै हजारौं प्रदर्शनकारीको जुलुस इस्लामाबादतर्फ अघि बढेको छ । आइतबार २४ नोभेम्बरमा इमरान खानले एक अपिल गर्दै प्रदर्शनमा उत्रन आग्रह गरेसँगै हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्नका लागि ४ हजार भन्दा धेरै इमरान समर्थकलाई गिरफ्तार गरिएको छ । जसमा ५ सांसद पनि रहेका छन् । यसैबीच, पाकिस्तानमा चलिरहेको आन्दोलनलाई विश्वभर रहेका पिटिआइ समर्थकले समर्थन गरेका छन् ।

विश्वका ६० भन्दा बढी देशमा इमरान खानको रिहाइका लागि आन्दोलन भएको छ । पिटीआइले आफ्नो सामाजिक सञ्जालको प्लेटफर्ममा क्यानडा, अमेरिका र ब्रिटेनमा भएको प्रदर्शनहरुको तस्बीर साझा गरेको छ ।

आज पाकिस्तानमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेंकोको भ्रमणलाई ध्यानमा राख्दै प्रधानमन्त्री शहबाज शरीफले शुरक्षा ब्यबस्था कडा बनाएका छन् । राजधानी इस्लामाबाद आउने मुख्य सडकहरुमा कन्टेनर राखेर २३ नोभेम्बर बाटै बाटो बन्द गरिएको छ ।

हजारौं पुलिसकर्मीहरु तैनाथ गरिएको छ । धेरै ठाउँहरुमा मोबाइल तथा इन्टरनेट बन्द गरिएको जनाइएको छ । इमरानको पार्टी पाकिस्तान तहरीक ए इंसाफ (पिटिआइ) र समर्थकहले मुख्य रुपमा ३ वटा माग राखेका छन् ।

पहिलो माग इमरान खान र पिटीआइका सबै कार्यकर्ताहरुको चाँडो रिहाइ साथै २०२४ मा भएको चुनावलाई स्विकार्नु पर्ने र पाकिस्तानी संसदमा अदालतको अधिकार कम गर्नका लागि प्रस्ताव गरिएको विधेयक फिर्ता लिनु पर्ने लगायत छन् ।

इमरान खानले खुद विरोध प्रदर्शनको अपिल गरेका छन् । उनले पिटिआइ कार्यकर्तालाई २४ नोभेम्बरको विरोध प्रदर्शनमा सहभागि हुन या पार्टी छोड्न भनेका थिए । यो सँगै हजारौं समर्थकसँगै जनताहरु समेत सडकमा देखिएका छन् ।

इमरान खानमाथि १०० भन्दा बढी मुद्दाहरु दर्ता गरिएको छ । इस्लामाबादको स्थानीय अदालतमा उनलाई ५ अगस्ट २०२३ मा तोशाखानाको मामिलामा दोषी ठहर गरिएको थियो । त्यसलगतै उनलाई इस्लामाबाद स्थित घरबाट गिरफ्तार गरेर जेल चलान गरिएको थियो, त्यसयता उनीमाथि निरन्तर मुद्दा थप्दै लगातार जेलमा राखिएको छ ।

यसवर्ष भएको आम निर्वाचनमा इमरानको पार्टीलाई आधिकारीक रुपमा चुनावमा सहभागि हुन निषेध गरिएको थियो । इमरान खानका सबै उम्मेद्वार स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनले ५ जुलाइमा एक्स अकाउन्टमार्फत ८ फेब्रुअरी को निर्वाचनलाई अवैधानिक भएको बताएका थिए ।

यस्तोमा पाकिस्तानको आर्मी र शहबाज सरकार कुनैपनि हालतमा इमरान खान जेलबाट बाहिर आएको हेर्न चाँहदैन् । पाकिस्तानमा ८ फेब्रुअरीमा भएको आम निर्वाचनमा चरम धाँधली र पार्टीलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएको थियो ।

Advertisement

उनको पार्टीको चुनाव चिन्ह समेत खोसिएको थियो । पार्टीका सबै नेता निर्दलीय रुपमा मैदानमा उठेका थिए । अनेक प्रतिबन्धका बाबजुत खानको पार्टीले ३ सय ४२ सिट मध्ये ९३ सिट जितेको थियो । यद्यपि पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी मिलेर सरकार बनाएका थिए । शहबाज शरीफ प्रधानमन्त्री बनेका थिए ।

भर्खरको समाचार

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

सम्बन्धित खबरहरु

Scroll to Top